शनिबार, १४ कात्तिक २०८३
नेपाली

नेपालको सार्वजनिक ऋण पहिलोपटक ३० खर्ब, जीडीपीको ४५.५९ प्रतिशत पुग्यो !

Main News Image

काठमाडौँ । नेपालको कुल सार्वजनिक ऋण पहिलोपटक ३० खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३र८४ को असोज मसान्तसम्म सरकारको कुल सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको हो । यो कुल गार्हस्थ्य उत्पादन जीडीपीको ४५.५९ प्रतिशत हो ।

गत आर्थिक वर्ष २०८२र८३ को असार मसान्तसम्म सरकारको सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ थियो । त्यसयता तीन महिनामा सरकारले १ खर्ब २३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ बराबरको नयाँ ऋण प्राप्त गरेको छ । यही अवधिमा पुरानो ऋणको साँवा भुक्तानीमा ७७ अर्ब ७४ करोड ७८ लाख रुपैयाँ खर्च भएको छ ।

यस अवधिमा विदेशी विनिमय दरमा भएको परिवर्तनका कारण वैदेशिक ऋण दायित्व भने १८ अर्ब १६ करोड ४२ लाख रुपैयाँले घटेको कार्यालयले जनाएको छ । नयाँ ऋण प्राप्ति, साँवा भुक्तानी र विनिमय दरको प्रभाव समायोजन गर्दा असार मसान्तको तुलनामा सार्वजनिक ऋण २७ अर्ब ४१ करोड ३८ लाख रुपैयाँले बढेको देखिन्छ ।

कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३।१३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.८७ प्रतिशत छ । जीडीपीको अनुपातमा आन्तरिक ऋण २१.३७ प्रतिशत र वैदेशिक ऋण २४.२२ प्रतिशत रहेको छ । यसले नेपालको सार्वजनिक ऋणमा बाह्य स्रोतको हिस्सा अझै बढी रहेको देखाउँछ ।


mediabaaji add

सम्बन्धित खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डल...

सुनको मूल्यमा भारी गिरावट : एकैदिन ३८ सयले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको छ । यो गिरावटसँगै छापावाल सुनको भाउ प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ ।...

बुधबार कस्तो छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०२ पैसा कायम भएको छ । यस्तै, युरोपियन यु...

वीरगञ्ज नाकाबाट चार महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको चार महिनामा वीरगञ्ज नाका भएर रु ५४ अर्ब १२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास एलपिजी, एभिएसन टर्बाइन फ्युल एटिएफ र मट्टितेल आयातब...

आज १०.५३ अंकले घट्यो नेप्से, ४ अर्ब ७७ करोडको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १०.५३ अंकले घटेर २६२२.८८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३७ कम्पनीको १ करोड ३७ हजार ३०७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७७ करोड ४७ लाखको सेयर कारोबार भएको छ । आज  ८५ कम्पनीको सेयर मूल...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ...