नेप्से १७ अंकले बढ्यो, कारोबार ४ अर्ब ८३ करोड रुपैयाँमाथि
काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १७.१५ अंकले बढेर २ हजार ५९१.८० विन्दुमा पुगेको छ। बजार ०.६६ प्रतिशतले बढेसँगै शेयर बजारमा सकारात्मक संकेत देखिएको छ। शुक्रबारको कारोबारमा अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ। आज १८० कम्पनीको शेयर मूल्य वृद्धि हुँदा ८९ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।
शुक्रबार बजारमा कुल ४ अर्ब ८३ करोड ७७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। दिनभरमा १ करोड २९ लाख ५ हजार ९४२ कित्ता शेयर किनबेच भएका छन् । त्यसैगरी आज १३ वटै उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा बढी बैंकिङ उपसूचक १।२८ प्रतिशतले वृद्धि भएको छ। आज १९ वटै वाणिज्य बैंकको शेयरमूल्यमा वृद्धि आएको देखिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
पेट्रोलियम पदार्थको मूल्यमा घटबढ
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा घटबढ भएको छ । इन्डियन आयल कर्पोरेशनले आइतबार नयाँ मूल्य पठाएसँगै नेपाल आयल निगमले मूल्य मिलान गर्दा डिजेल र मट्टिेतेलको भाउ घटेको छ भने हवाई इन्धनको भाउ बढेको छ । डिजेल र मट्टितेल...
नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट, सुन तोलाकै ८ हजार दुई सयले घट्यो
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार साताको पहिलो कारोबार दिन नै सुनको मूल्यमा अप्रत्याशित रूपमा प्रतितोला आठ हजार दुई सय रुपैयाँको भ...
नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई ८ वर्ष ६ महिनाको कैद
काठमाडौँ । नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले ८ वर्ष ६ महिनाको कैद र १ करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिबाना गर्ने फैसला गरेको छ ।
विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल...
भारत र न्युजिल्याण्डबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता
काठमाडौँ । भारत र न्युजिल्याण्डबीचको द्विपक्षीय व्यापार सम्बन्धमा सोमबारदेखि एक नयाँ अध्याय शुरू भएको छ । दुई देशले ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै व्यापार, लगानी र रोजगारीका क्षेत्रमा आमूल परिवर्तन ल्याउने अ...
घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आज १० ग्राम सुनको मूल्य दुई लाख ५८ हजार ४९०...
रोजगार सेवा केन्द्र अब ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’मा रूपान्तरण हुने
काठमाडौँ । सरकारले देशभरका स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रहरूलाई ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’का रूपमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै नयाँ व्यवस्था कार्यान्वयन...



