अब एटीएमबाटै पाइनेछ १०० रुपैयाँको नोट
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका एटीएमबाट एक हजार र ५०० रुपैयाँ दरका नोटसँगै १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।
राष्ट्र बैंकले एक पत्रमार्फत बैंक तथा वित्तीय संस्थाहरूलाई एटीएमबाट १०० रुपैयाँ दरका नोट वितरण गर्न अनुरोध गरेको हो। ग्राहकहरूबाट समय–समयमा एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत उपलब्ध गराउन माग हुँदै आएको र नजिकिँदै गरेको बडादशैंलाई ध्यानमा राखेर यस्तो व्यवस्था गर्न आग्रह गरिएको राष्ट्र बैंकले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सुनको मूल्यमा भारी गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन एकैदिन तोलामा पाँच हजार ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी...
स्वर्णिम वाग्लेको दिल्ली वक्तव्यमाथि कमल थापाको प्रहार : ‘सीमा र नाकाबन्दीविरुद्ध बोल्नु भारत-विरोध होइन’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ नेता एवं पूर्वपरराष्ट्रमन्त्री कमल थापाले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा व्यक्त गरेको धारणाप्रति कडा आपत्ति जनाउँदै त्यसको तीव्र विरोध गरेका छन् ।&...
शुक्रबार बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ९०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य दुई लाख...
सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल...
भेरी-बबई आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा जोडिने : १३२ केभी प्रसारण लाइन निर्माण गरिँदै
सुर्खेत। राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरु भएको छ ।
आयोजनाबाट उत्पादित विद्युत्लाई नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको कोहलपुर सुर्...
१६६ संस्थालाई १६ प्रकारका खनिज उत्खनन गर्न अनुमति
काठमाडौँ । खानी तथा भूगर्भ विभागले विभिन्न १६ प्रकारका खनिजजन्य वस्तुको उत्खननका लागि अनुमति प्रदान गरेको छ । स्वदेशमा रहेका खनिज सम्पदाको अन्वेषणमार्फत खनिजजन्य उद्योगको विकास गर्दै औद्योगिक उत्पादन र आर्थिक वृद्धिमा टेवा पुर्याउने उद्देश्यले अन...



