एनपीएल : वर्षाले ५ ओभरमा छोट्याइएको खेलमा सुदूरपश्चिममाथि विराटनगरको रोमाञ्चक र शानदार जित
काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध शानदार जित हात पारेको छ। वर्षा र भिजेको आउटफिल्डका कारण ढिला गरी सुरु भई ५,५ ओभरमा छोट्याइएको रोमान्चक खेलमा विराटनगरले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै महत्त्वपूर्ण जित दर्ता गरेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कप्तान सन्दीप लामिछाने नेतृत्वको विराटनगर किंग्सले निर्धारित ५ ओभरमा २ विकेट गुमाउँदै १०५ रनको विशाल योगफल खडा गरेको थियो ।
विराटनगरका लागि ओपनिङमा आएका श्रीलङ्कन ब्याटर शेहान जयसूर्याले मात्र ११ बलमा २ चौका र ५ छक्काको मद्दतले ३९ रनको आक्रामक पारी खेले। सुदूरपश्चिमका लागि एनपीएल डेब्यु गरेका स्पिनर थरिन्दु रत्नायाकेको पहिलो ओभरमै जयसूर्याले ५ छक्का प्रहार गरेपछि विराटनगरले पहिलो ओभरमै ३५ रन जोड्दै विष्फोटक सुरुवात गरेको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
बक्सिङमा इतिहास रचेका मगर आज स्वदेश फर्किँदै
काठमाडौँ । आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा कास्यपदक जितेका नेपालका बक्सर चन्द्रबहादुर थापा मगर आज स्वदेश फिर्ता हुँदैछन् । चन्द्रबहादुर नेपालको बक्सिङ इतिहासमा विश्व च्याम्पियनसिपमा सेमिफाइनलमा प्रवेश गर...
नेपाल विश्वकप छनोटको होडबाट बाहिरियो
काठमाडौँ । नेपाल आईसीसी महिला टी २० विश्वकप छनोट क्रिकेटबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा स्कटल्याण्डसँग बिर्सनयोग्य ब्याटिङ गरेसँगै नेपाल विश्वकप छनोटबाट बाहिरिएको हो ।
आइसीसी टी-२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित
काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको छ । सोमबार भारत मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पक्ष्याएको नेपाल ४ रनले पराजित भएको हो ।
...
धुर्मुसलाई रंगशालाको भुक्तानी गर्न भरतपुर महानगरलाई कानुनी बाधा
चितवन । धुर्मुससुन्तली फाउन्डेसनले भरतपुरमा निर्माण सुरु गरेर बीचमै छाडेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको भुक्तानी दिन भरतपुर महानगरपालिकालाई कानुनी बाधा परेको छ । संघीय सरकारले रु १५ करोड बजेट विनियोजन गरे...
एसीसी यु-१९ प्रिमियर कपको फाइनलमा नेपाल
काठमाडौँ । एसीसी यु–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल पुगेको छ । ओपनिङ बलर नितेशकुमार पटेल र चन्दन रामको उत्कृष्ट बलिङले नेपालले शनिबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गरेको हो । टस जितेको नेपालले मल...
नेपालले भारतलाई ९२ रनले हरायो
काठमाडौँ । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो । जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटिय...



