एनपीएल : सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले उत्कृष्ट ब्याटिङ गर्दै १६.५ ओभरमै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले कप्तानी पारी खेल्दै ३६ बलमा अविजित ५१ रनको अर्धशतक प्रहार गरे। यस्तै, इसान पाण्डेले ३१ बलमा ३७ रन र ब्रान्डन म्याकमलेनले १२ बलमा विस्फोटक २२ रनको योगदान दिए।
एक्सप्रेस
सम्बन्धित खबर
टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली पुरुष क्रिकेट टोलीको बिदाई
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने पुरुष नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ ९क्यान० ले शनिवार विशेष कार्यक्रम गरी आईसीसी टी–२० विश्वकप खेल्ने टोलीलाई बिदाई गरेको हो । आगामी फेब्रुअरी–मार्चमा श्रीलंका र भारतमा...
चेन्नईले ८ विकेटले हरायो मुम्बईलाई, प्लेअफको दौड रोमाञ्चक बन्दै
काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत शनिबार भएको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ । यस सिजनमा मुम्बईमाथि चेन्नईको यो दोस्रो जित हो । यो जितसँगै चेन्नईले प्लेअफमा पुग्ने आफ्नो सम्भावनालाई जीवितै राख...
एनपीएल क्रिकेट: चार टोली मैदानमा
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल हुँदैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा आज बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्...
मार्टिनेलीको इन्जुरी समयको गोलमा ब्राजिल विश्वकपको अन्तिम १६ मा, जापान पराजित
काठमाडौँ । अमेरिकामा जारी फिफा विश्वकप अन्तर्गत सोमबार राति भएको निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा पाँच पटकको विजेता ब्राजिलले जापानलाई २,१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको छ । निर्धारित ९० मिनेटको खेल १,१ को बराबरीमा...
एसिसी प्रिमियर कप : लगातार तेस्रो जितको खोजीमा नेपाल, आज साउदी अरेबियासँग भिड्दै
काठमाडौँ । एसियन क्रिकेट काउन्सिल एसिसी प्रिमियर कपको तेस्रो संस्करणअन्तर्गत समूह चरणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियाको सामना गर्दैछ । मलेसियाको वायुमास ओभरलमा जारी प्रतियोगितामा नेपाल र साउदीबीचको यो प्रतिस्पर्धा नेपाली समयअनुसार बि...
नेपालले इङ्गल्याण्डको खेलमा मन जित्यो, आज इटालीविरुद्ध खेल जित्न मैदानमा
काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको समूह चरणको दोस्रो खेलमा नेपालले आज इटालीसँग खेल्दैछ । खेल दिउँसो सवा ३ बजे भारतको मुम्बईस्थित वाङ्खेडेको मैदानमा हुँदैछ । यो खेलमा नेपालले...



