ओलीले दोहोर्याए : जेनजी आन्दोलनका घटनाको जिम्मा लिन्न
काठमाडौँ । संसद पुनर्स्थापनाको माग गर्दै नेकपा एमाले अदालत जाने तयारीमा छ । मंगलबार च्यासलमा बसेको विघटित संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले यस्तो निर्णय सुनाएका हुन् । उनले सडक संघर्ष पनि गर्ने योजना रहेको बताए ।
जेनजी आन्दोलनका क्रममा भएका मानवीय क्षतिको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने कुरा उठाउनेलाई पार्टी र नेतृत्वविरुद्धको हमला गरेको आरोप लगाएका छन्। निवर्तमान सांसदहरूको भेलामा बोल्दै ओलीले भदौ २३ र २४ का घटनामा आफूले जिम्मा नलिने कुरा पुनः स्पष्ट गरे । प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ भनेको सुनिन्छ । जिम्मा लिनु भनेको के हो ? ओलीले भने, यो पार्टी र नेतृत्वविरुद्धको स्पष्ट हमला हो । लिडरसीपविरुद्धको हमला हो।
संसद भवनमा आगो लगाउन खोजिएपछि गोली चलाउनु परेको भनेर सेना प्रहरी लगायतका सुरक्षा अंगले भनिसकेको बताउँदै ओलीले त्यस बेला परिस्थिति नै त्यस्तो बनेको दाबी गरेका हुन् । जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो। त्यसमध्ये ४५ जनालाई अन्तरिम सरकारले सहिद घोषणा गरिसकेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
भक्तपुर–१ बाट रुकेश रन्जित विजयी, प्रेम सुवाल पराजित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका रुकेश रन्जित भक्तपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार उनले ३३,४३६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी नेक...
एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : केन्द्रीय सदस्यलाई सुझाव दिन ३ मिनेट समयसीमा
काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन बिहान नौ बजेबाट सुरु हुँदैछ । पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार भनिमण्डल स्थित रामवाग पार्टी प्यालेसमा भइरहेको बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले आफ्...
राप्रपाले टुंग्यायो समानुपातिक सांसदको नाम, धादिङकी को परिन् ?
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समानुपातिकतर्फका उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले चार सिटका लागि प्रस्तावित नाम तय गरेको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन...
जेनजी आन्दोलनलाई कुशासन र भ्रष्टाचारविरुद्धको जनआन्दोलन घोषणा गर्नुपर्छ : यादव सिंह
काठमाडौँ । जेनजी आन्दोलनलाई कुशासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर्दै आमरण अनशन बसेका छन् । मंगलबारदेखि काठमाडौं को माइतीघरमा जेनजी आन्दोलनलाई कुशासन र भ्रष्टाचारविरुद्धको जनआन्दोलन घोषणा गर, आन्दोलनमा भएको स...
निर्वाचन आउन २० दिन बाँकी, कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउने तयारी
काठमाडौँ । निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र पठाउन थालेको छ । मतपत्र छपाइ सम्पन्न भएका सो प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा ढुवानी गर्न थालेको हो । आयोगका अनुसार कर्णाली प्रदेशका सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु...
माओवादीका नेताहरूको ठगी, मिटरब्याज र अवैध लगानीले स्वर्गद्वारी सहकारी संकटमा !
बनेपा । काभ्रेपलाञ्चोकको बनेपामा रहेको स्वर्गद्वारी बचत तथा ऋण सहकारी संस्था पछिल्ला वर्षमा ठगी, मिटरब्याज र अवैध लगानीका कारण गम्भीर संकटमा परेको छ । तत्कालीन माओवादी केन्द्रका काभ्रेका संयोजक हाल नेपाली कम्युनिष्ट पा...



