तीजमा पशुपति क्षेत्रको सुरक्षामा २५ सय प्रहरी परिचालन गरिने
काठमाडौँ । प्रहरीले हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा सुरक्षा चुस्त बनाउने गरी सुरक्षा कार्ययोजना तयार गरेको छ । सोमबार पशुपतिनाथ मन्दिर तथा आसपासका क्षेत्रमा दर्शनार्थीको भीड हुने हुनाले जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षा रणनीति तयार गरेर लागु गरेको हो।
पशुपति मन्दिर क्षेत्रमा सुरक्षाका लागी दुई सिफ्टमा सोमबार २ हजार ५ सय प्रहरी परिचालन गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले रातोपाटीलाई बताए ।
मन्दिर परिसरमा सुरक्षा नेतृत्व डीएसपीले गर्नेछन्। मन्दिर क्षेत्रमा आइतबार कमान्ड पोस्ट स्थापना गरेर सुरक्षा व्यवस्थापन तथा प्रहरी परिचालनको प्रभावकारी अनुगमन, निर्देशन र समन्वयको व्यवस्था मिलाइएको एसपी थापाले बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
सिन्धुलीमा सुशीला बम्जनको हत्या प्रकरणले स्थिति तनावग्रस्त बन्दै
रामेछाप । सिन्धुलीमा सासू र नन्द मिलेर पेट्रोल छर्की बुहारी सुशीला बम्जनको हत्या गरेको घटनापछि उत्पन्न तनाव थप अनियन्त्रित बन्दै गएको छ। तनाव नियन्त्रण बाहिर गएपछि सिन्धुलीमा कफ्र्यु लगाउनु पर्ने अवस्था आएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार स...
शुक्रबारदेखि सम्पर्कविहीन पूर्वनगरप्रमुख किरण सिंह रहेनन्
कपिलवस्तु । शुक्रबार साँझ साढे ५ बजेदेखि सम्पर्कविहीन भएका कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख किरण सिंह जंगलमा मृत फेला परेका छन् । उनी हराएको स्थानदेखि ६र७ सय मिटर उत्तरतिर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्...



