“सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी” सम्पन्न
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजनामा “काठमाडौँ उपत्यकामा सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी ” २०८२ सम्पन्न भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा Nepal Automobile Importers and Manufacturers Association (NAIMA) को सहकार्यमा गोष्ठीको आयोजना गरिएको हो ।
नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माको प्रमुख आतिथ्यमा पानसमा दीप प्रज्वलन गरी उदघाटन सत्रको कार्यक्रमको सुरुवात भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि केशव कुमार शर्माले जीवनलाई सहज बनाउने र विकासको गतिलाई अगाडि बढाउने पूर्वसर्तको रुपमा यातायात रहेको भए तापनी सडक सुरक्षाको विषय निकै संवेदनशील हुँदै गइरहेको बताउनुभएको छ । सडक सुरक्षा जस्तो संवेदनशील विषयमा एक निकायमात्र सक्रिय भएर नहुने र सरोकारावाला निकायका उच्च तहका व्यक्तिको समेत सहभागितामा सबैले यस विषयमा वकालत गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।
गोष्ठीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, राष्ट्रिय सडक सुरक्षा परिषद्, सडक विभाग, वातावरण विभाग, Institute of Road Traffic Education का अध्यक्ष डाक्टर रोहित बालुजा, नेपाल प्रहरी प्रधान कार्यालयको कार्य विभाग, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ महानगरपालिका लगायतको तर्फबाट प्रस्तुतीकरण हुनुका साथै छलफल समेत भएको थियो ।
सो अवसरमा अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल र अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीले गोष्ठीमा छलफल भएका विषयहरूमा सुझाव तथा टिप्पणी दिनुभएको थियो । सडक सुरक्षा सुदृढीकरण तथा दुर्घटना न्युनीकरण लागि काठमाडौँ उपत्यकाको ट्राफिक अवस्थाको तथ्यमा आधारित विश्लेषण गर्नु, सरोकारवाला निकायबिच एकिकृत रुपमा समन्वय र सहकार्य प्रवर्द्धन गरी दिगो ट्राफिक व्यवस्थापनको आधार निर्माण गर्नु, ट्राफिक प्रहरीको क्षमता अभिवृद्धिका लागि अन्तराष्ट्रिय अनुभव, नविन अभ्यास तथा सुझाव आदान- प्रदान गर्नु, सडक प्रयोगकर्तामा सचेतना अभिवृद्धि गर्नु, सर्वसाधारण, विद्यालय/विश्वविद्यालय, विद्यार्थी र पेशागत चालकलहरूमा सडक सुरक्षा सम्बन्धी सचेतना र जिम्मेवारी प्रवर्द्धन गर्नु यस कार्यशाला गोष्ठीको मुख्य उदेश्य रहेको थियो ।
समापन सत्रका प्रमुख अतिथि, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले कार्यशाला गोष्ठीले सडक प्रयोग एवम् सवारी दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकाय तथा संस्थाहरूबीच नीतिगत र कार्यगत समन्वय, सहकार्य अनि सहजीकरणमा विशेष पहल कदमी हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले Institute of Road Traffic Education का अध्यक्ष डाक्टर रोहित बालुजालाई मायाको चिनो प्रदान गर्नुभयो । ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि तालिम संचालनमा महत्वपूर्ण योगदान पुर्याउनु हुने Nepal Automobile Impoters And Manufacture Accociaton ( NAIMA ) का प्रतिनिधिहरूलाई प्रहरी महानिरीक्षक कार्कीले कदरपत्र समेत प्रदान गर्नुभएको थियो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
प्रहरी हुँ भन्दै नक्कली रिभल्वर देखाएर रकम असुल्ने व्यक्ति पक्राउ
काठमाण्डौँ । आफूलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी हुँ भन्दै नक्कली पेस्तोल देखाएर रकम असुल्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ का ४९ वर्षीय राकेश प्रताप राणा छन् । उनी हाल ओमसतिया गाउँ...
गृह मन्त्रालयद्वारा सशस्त्र प्रहरीका १४ डीआईजीको सरुवा र पदस्थापन
काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ७ जना नायव महानिरीक्षक डीआईजीको सरुवा र अन्य ७ जना नयाँ डीआईजीको पदस्थापन गरेको छ । मन्त्रालयको निर्णयअनुसार नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा विष्णुप्रसाद भट्ट, नम्बर ५ विन्ध्यवासिनी मुख्...
सुनसरी सीमा क्षेत्रमा गोली लाग्दा एकजनाको मृत्यु, घटना स्थलमा प्रदर्शन
विराटनगर । सुनसरीको सिमाक्षेत्रमा भएको गोलीकाण्डमा कोशी गाउँपालिका १ का ४५ वर्षीय विजय साहको मृत्यु भएको छ । घटना सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकैको पुरी टोलमा भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काका अनु...
चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
काठमाण्डौँ । आउँदो प्रतिनिधि सभाको निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । घाइते सुरक्षाकर्मीको उपचार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् । बुधबार...
सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ
रौतहट । रौतहटको गढीमाई नगरपालिका वडा नं ७ पर्सास्थित मठ मन्दिर नजिकै जनतासँग गुनासो सुनुवाइ गरिरहेका प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि अपमानजनक र अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय र...
रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एकको मृत्यु, ६ कामदार घाइते
काठमाडौँ । रौतहटको कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान बोइलर इन्धन वा पानी तताउने कन्टेनर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना कामदार घाइते भएका छन् । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय कटहरियाका सई धर्मेन्...



