दाङमा एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ
काठमाण्डौँ । दाङमा नेकपा एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ परेका छन् । एमालेको झण्डा जलाएको आरोपमा दाङको तलसीपुर ७, कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, दाङको टोलीले अनुसन्धानका क्रममा बस्नेतलाई पक्राउ गरेको हो ।
उनलाई हिरासतमा राखेर थप अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ। त्यस्तै, झण्डा जलाउने कार्यक्रममा संलग्न अन्य व्यक्तिको खोजि भइरहेको प्रहरीको भनाइ छ । फागुन ७ गते राति साढे ९ बजेतिर तुलसीपुर ५ स्थित वीरेन्द्र चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानको स्वागतमा उपस्थित व्यक्तिले एमालेको झण्डा जलाएका थियो । एमालेले रास्वपा कार्यकर्ताले आफ्नो झण्डा जलाएको आरोप लगाएको छ। रास्वपाले भने यसमा आफ्ना कार्यकर्ता संलग्न नभएको प्रस्टीकरण दिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
मध्यरातमा प्रहरीको ‘स्वीप अपरेसन’ : गुन्डागर्दीमा संलग्न आरोपमा १७ जना पक्राउ
काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो गुन्डागर्दी र सर्वसाधारणमाथि हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष ‘स्वीप अपरेसन’ सञ्चालन गरेको छ । काठमाडौँ अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति उपत्यकाका विभिन्न स्थानमा छापा मार्दै कम्तीमा १...
सक्रिय प्रहरी : चार दिनमा दुई सय २६ जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण का...
काठमाडौं उपत्यकामा एकै दिन दुई हजारभन्दा बढी सवारीचालक कारबाहीमा
काठमाडौँ । उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने दुई हजार ७६ जना सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरू...
बाघ गणनाको लागि राखिएका ६० क्यामेरा चोरी
काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनाका लागि जडान गरिएका ६० वटा क्यामेरा हराएका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार समस्याग्रस्त ८५ क्यामेरामध्ये ६० वटा हराएका छन् भने...
मन्दिरमा भेटिएको पेस्तोल खेलाउने क्रममा बालक घाइते
काठमाडौँ । सर्लाहीको मलङ्गवामा आज १५ वर्षीय बालक आकाश राम गोली लागेर घाइते भएका छन् । बालकको दाहिने हातको पञ्जामा चोट लागेको छ ।
घटना मलङ्गवा–४, ढाकाबोर्डर क्षेत्रमा भएको हो । प्रहरीले जानकारी दिएको अनुसार, बालक बेवारिसे पेस्तोल खेलाउने क्रम...
सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जना पक्राउ, मुख्य अभियुक्त अझै फरार
वीरगञ्ज । वीरगन्जको आदर्शनगरमा प्रहरीमाथि आक्रमण गरेको अभियोगमा पर्सा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । भन्सार छली गरी भण्डारण गरिएका सामान नियन्त्रणमा लिन गएका सुरक्षाकर्मीमाथि भौतिक आक्रमण गरेको चार जना नेपाली र दुई जना भारतीयहरूलाई ज्यान मार्न...



