मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

पाल्पामा एआई प्रविधिबाट क्षयरोगी खोज अभियान सञ्चालन

Main News Image

काठमाडौँ । पाल्पाको पूर्वखोला गाउँपालिकामा आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० एक्सरे प्रविधिमार्फत क्षयरोगी पहिचान गर्ने अभियान सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा वीरकोट र सिलुवा स्वास्थ्य चौकीमा शिविर आयोजना गरी परीक्षण गरिएको हो । वीरकोटमा १८७ र सिलुवामा २८० जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

परीक्षणका क्रममा वीरकोटमा ३४ र सिलुवामा ४५ जना शङ्कास्पद बिरामी पहिचान भएका छन्। तीमध्ये चार जनाको तत्काल उपचार सुरु गरिएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालका अनुसार उक्त प्रविधिले फोक्सोको एक्सरे तस्बिरलाई सफ्टवेयरमार्फत विश्लेषण गरी सामान्य परीक्षणबाट नदेखिने सूक्ष्म समस्या समेत पहिचान गर्न सक्छ । यसले खकार परीक्षणअघि नै जोखिमयुक्त बिरामी छुट्याउन सहयोग पुर्‍याउने बताइएको छ।

शङ्कास्पद बिरामीलाई थप परीक्षणका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा रिफर गरिएको छ ।


mediabaaji add

सम्बन्धित खबर

वीर अस्पतालमा एमआरलाई प्रवेश निषेध

काठमाडौँ । वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै निश्चित कम्पनी वा ‘ब्रान्ड’ तोकी नलेख्न निर्देशन गरेको छ । अस्पतालका कार्यकारी निर्देशक प्राडा दिलीप शर्माले चिकित्सकले बिरामीलाई औषधि तथा सर्जिकल सामग्रीको सिफारिस गर्दा कुनै न...

चारवटा विद्यालयमा ‘साना डाक्टर कार्यक्रम’ सञ्चालन गर्दै काठमाडौं महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालबालिकाहरुमा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्धन गर्न विद्यालयहरुमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ। यसको प्रारम्भ चारवटा सामुदायिक विद्यालयहरुमा नमूना कार्यक्रममार्फत हुने महानगरपालिकाका कार्यवाहक...

नेपालमा ५२ प्रतिशत असुरक्षित गर्भपतन, ५३ प्रतिशत अनिच्छित गर्भ

काठमाडौँ । विक्रम संवत् २०७६ चैत ११ देखि २०७७ साउन ६ सम्मका कोभिड–१९ कारण ‘लकडाउन’मा मात्र १३४ सुत्केरी तथा गर्भवतीले अकालमा ज्यान गुमाएका थिए । महामारीका सुरुआती चरणमा परिवार नियोजनका साधनको मागलाई पूर्ति गर्न समस्या देखियो । कोरोना नियन्त्रणलाई...

डेङ्गी सङ्क्रमणको ग्राफ घट्यो, जोखिम घटेन

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा डेङ्गी सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्क अनुसार विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेङ्गीबाट सङ्क्रमित हुनेको सङ्ख्या सात हजार ६८३ रहेको...