पाल्पामा एआई प्रविधिबाट क्षयरोगी खोज अभियान सञ्चालन
काठमाडौँ । पाल्पाको पूर्वखोला गाउँपालिकामा आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० एक्सरे प्रविधिमार्फत क्षयरोगी पहिचान गर्ने अभियान सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा वीरकोट र सिलुवा स्वास्थ्य चौकीमा शिविर आयोजना गरी परीक्षण गरिएको हो । वीरकोटमा १८७ र सिलुवामा २८० जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
परीक्षणका क्रममा वीरकोटमा ३४ र सिलुवामा ४५ जना शङ्कास्पद बिरामी पहिचान भएका छन्। तीमध्ये चार जनाको तत्काल उपचार सुरु गरिएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालका अनुसार उक्त प्रविधिले फोक्सोको एक्सरे तस्बिरलाई सफ्टवेयरमार्फत विश्लेषण गरी सामान्य परीक्षणबाट नदेखिने सूक्ष्म समस्या समेत पहिचान गर्न सक्छ । यसले खकार परीक्षणअघि नै जोखिमयुक्त बिरामी छुट्याउन सहयोग पुर्याउने बताइएको छ।
शङ्कास्पद बिरामीलाई थप परीक्षणका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा रिफर गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
आज विश्व प्राथमिक उपचार दिवस
काठमाण्डौँ । विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ मनाइँदैछ । विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाइँसराइ बढ्दै गइरहेका छ । नेपालमा पनि विपद्, बाढीपहिरो तथा अन्य आकस्मिक घटना तथा अवसरहरूको खोजी...
बर्खायाममा स्क्रब टाइफसको जोखिम : समयमै उपचार पाए पूर्ण रूपमा निको हुने
काठमाडौँ । कुनै पनि सरुवा रोग फैलिएपछि त्यसलाई नियन्त्रणमा लिन निकै कठिन हुने गर्छ । एक व्यक्तिबाट अर्कोमा सङ्क्रमण सरेपछि स्थिति नियन्त्रणमा ल्याउन समय लाग्ने गर्छ । सल्यानको एउटा पालिकाबाट सुरु भएको स्क्रब टाइफसको सङ्क्रमण हाल सातवटा पालिकासम्म...
निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता
काठमाडौँ । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण नेपाल भित्रिन नदिन उच्च सतर्कता अपनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले निपाह सङ्क्रमण नेपालमा भित्रिन नदिन...
दीर्घरोगीले फ्लूबाट बच्न बढी सावधानी अपनाउनु पर्छ : डा घिमिरे
काठमाडौँ । जाडो बढेसँगै इन्फ्लुएन्जा फ्लूको जोखिम बढेको छ । फ्लू इन्फ्लुएन्जा भाइरसले गर्दा लाग्ने सङ्क्रामक रोग हो । जाडो महिनामा यो भाइरस धेरै सक्रिय हुने भएकाले सबै उमेरका व्यक्तिहरूलाई फ्लू लाग्न सक्ने हुन्छ । जनरल...
रायोको सागमा भेटियो उच्च विषादी
काठमाडौँ । कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा गरिएको नियमित विषादी परीक्षणका क्रममा भक्तपुरबाट ल्याइएको रायोको सागमा तोकिएको मापदण्डभन्दा बढी विषादी अवशेष फेला परेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागको केन्द्र...
काठमाडौंमा वायु प्रदूषण ‘धेरै अस्वस्थ’ तहमा
काठमाडौँ । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। वर्षात् भएसँगै सुधार देखिएको वायु गुणस्तर अचानक खस्किँदै ‘धेरै अस्वस्थ’ तहमा पुगेको छ । एयर क्वालिटी इन्डेक्स एक्युआईका अनुसार मङ्गलबार दिउँसो करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचका...



