अमेरिका-इरान शान्ति वार्ताको पहल : पाकिस्तान सक्रिय
इस्लामावाद । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावलाई मत्थर पार्न र सम्भावित युद्ध रोक्न पाकिस्तानले निर्णायक मध्यस्थकर्ताको भूमिका खेल्न सुरु गरेको छ । यसै प्रयास अन्तर्गत पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ साउदी अरब पुगेका छन् भने सेना प्रमुख जनरल असिम मुनिर इरानको राजधानी तेहरान पुगेका छन् ।
प्रधानमन्त्री सरिफ बुधबार साउदी अरबको जेद्दाह पुगेका हुन्। उनले त्यहाँ साउदी युवराज मोहम्मद बिन सलमानसँग विशेष भेटवार्ता गर्ने कार्यक्रम छ ।
मध्यपूर्वी क्षेत्रमा शान्ति कायम गर्न साउदी अरबको भूमिका महत्त्वपूर्ण हुने भएकाले, अमेरिका र इरानबीचको दोस्रो चरणको वार्ताका लागि क्षेत्रीय समर्थन जुटाउन यो भ्रमण केन्द्रित रहेको बताइएको छ। साउदी अरबपछि प्रधानमन्त्री सरिफ कतार र टर्कीको समेत भ्रमणमा जाने तालिका रहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
इरानमाथि सैनिक आक्रमण पुनः सुरु गर्दै अमेरिका
काठमाडौँ । मध्यपूर्वमा पुनः भयानक युद्ध सुरु हुने भएको छ । अमेरिकाले अबको केही घण्टाभित्रैमा इरानमा भिषण आक्रमणको तयारी गरेसँगै मध्यपूर्वको आकाशमा युद्धको कालोबादल मडारिन पुगेको छ ।
अमेरिका र इजरायलले अबको केही घण्टा वा आजै रातिबाट सैनिक आक्...
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
काठमाण्डौँ । संयुक्त राज्य अमेरिकाको २५०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको पहिचानमाथि नयाँ खतरा उत्पन्न भएको दाबी गर्दै कडा राजनीतिक सन्देश दिनुभएको छ । उहाँले देशभित्रैबाट ‘कट्टरपन्थी र अतिवादीहरू’ बाट चुनौती बढेको...
मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
काठमाडौँ । मलेसियाको सुलु सागरमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले उल्लेख गरेअनुसार स्थानीय समय अनुसार सोमबार बिहान १२ः५७ बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु सबाहको तटीय क्षेत्रबाट...
इरानसँगको युद्धविराम अवधि लम्बाउन ट्रम्प बाध्य
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानमा युद्धविराम अवधि लम्ब्याउन बाध्य भएका छन् । मार्च ७ मा १४ दिनका लागि भएको युद्धविराम अवधि बुधबारदेखि समाप्त हुँदै थियो । युद्धविराम अवधि समाप्त हुन केही घन्टा बाँकी हुँदा ट्रम्पले यसको अवधि अनिश्च...
जन्मेकै स्थानमा गरिनेछ खामेनकी अन्त्येष्टि
काठमाण्डौा । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि मसहदमा गरिने भएको छ । तर यसको मिति र समय निश्चित भइसकेको छैन । इरानको सरकारी समाचार एजेन्सी फार्सका अनुसार खामेनीको शव इमाम रेजाको मन्दिर नजिकै गाडिनेछ ।
खामेनीको जन्म पनि...
इरानमाथिको तेल प्रतिबन्धमा अमेरिकाको अस्थायी छुट
काठमाण्डौँ । अमेरिका र इरानबीचको दशकौँ लामो तनावपूर्ण सम्बन्धमा महत्त्वपूर्ण कूटनीतिक मोड देखिएको छ । स्विट्जरल्यान्डको बर्गेनस्टक रिसोर्टमा कतार र पाकिस्तानको मध्यस्थतामा जारी वार्तामा अमेरिकाले इरानमाथि लगाउँदै आएको कडा आर्थिक प्रतिबन्धलाई अस्था...



