मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

सर्वसाधारणले खाने चामलमा विषादी

Main News Image

काठमाडौँ । सर्वसाधारणले दैनिक उपभोग गर्ने चामलमा विषादीको अवशेष भेटिएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । विभिन्न स्थानबाट संकलित नमुनाको परीक्षणमा करिब ८३ प्रतिशत चामलमा विषादीको अवशेष फेला परेको हो । मायादेवी गाउँपालिकाका १२० व्यावसायिक किसानमा गरिएको सर्वेक्षण तथा जिल्लाका ५० जना कीटनाशक बिक्रेता र धान व्यापारीसँग गरिएको अन्तर्वार्ताबाट यस्तो नतिजा आएको हो ।

प्रतिवेदनले काठमाडौं, भक्तपुर र ललितपुरबाट संकलित चामलका नमुनामा कीटनाशक अवशेषको अवस्था पनि परीक्षण गरेको थियो। परीक्षणमा झण्डै ८३ प्रतिशत चामलमा कुनै न कुनै प्रकारको विषादीको अवशेष भेटिएको छ जसमध्ये करिब ८० प्रतिशत नमुनामा दुई वा सोभन्दा बढी प्रकारका विषादीको अवशेष भेटिएका छन् । काठमाडौंका नमुनामा अन्य जिल्लाभन्दा बढी र उच्च मात्रामा अवशेष भेटिएको उल्लेख गरिएको छ भने बासमती चामलमा यस्तो अवशेष बढी देखिएको छ । विषादीको अवशेषको मात्रा ५.०९ माइक्रोग्राम प्रतिकिलोदेखि ३१२.५४ माइक्रोग्राम प्रतिकिलोसम्म पाइएको छ भने औसत २२.१३ माइक्रोग्राम प्रतिकिलो रहेको प्रतिवेदनले जनाएको छ ।

ट्राइसाइक्लाजोल, थायामेथोक्साम र टेबुकोनाजोल सबैभन्दा बढी भेटिएका कीटनाशक हुन् भने एलुमिनियम फस्फाइड र क्लोरपाइरिफोसजस्ता प्रतिबन्धित तथा विषालु पदार्थको प्रयोगसमेत अझै भइरहेकामा प्रतिवेदनले चिन्ता व्यक्त गरेको छ। यद्यपि यस्ता अवशेष भएको चामल खानाले तत्काल स्वास्थ्यमा ठूलो जोखिम भने नदेखिएको प्रतिवेदनको निष्कर्ष छ । जोखिम मूल्यांकन गर्दा हाजार्ड कोटिएन्ट र हाजार्ड इन्डेक्स दुवै १ भन्दा कम रहेकाले हालको अवस्थामा उपभोगबाट हुने जोखिम ठूलो नरहेको जनाइएको छ ।

mediabaaji add

सम्बन्धित खबर

आज विश्व हेपाटाइटिस दिवस : बी र सी का १० मध्ये ९ बिरामी अनविज्ञ, वार्षिक १३ लाखको ज्यान जाँदै

काठमाडौँ । आज ‘विश्व हेपाटाइटिस दिवस’ विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । कलेजोलाई गम्भीर असर पुर्‍याउने हेपाटाइटिस रोगबारे विश्वभर जनचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्ष जुलाई २८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

विश्व स्वास्थ्...

सरकारले गर्‍यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा सेवा स्थगित

काठमाण्डौँ । स्वास्थ्य बिमा बोर्डले वित्तीय संकट रहेको भन्दै निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेक बिमा स्वास्थ्य सेवा स्थगित गरेको छ । बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले एक सूचना निकालेर जेठ १६ गतेदेखि लागू हुने गरी निजी स्व...

बर्खायाममा स्क्रब टाइफसको जोखिम : समयमै उपचार पाए पूर्ण रूपमा निको हुने

काठमाडौँ । कुनै पनि सरुवा रोग फैलिएपछि त्यसलाई नियन्त्रणमा लिन निकै कठिन हुने गर्छ । एक व्यक्तिबाट अर्कोमा सङ्क्रमण सरेपछि स्थिति नियन्त्रणमा ल्याउन समय लाग्ने गर्छ । सल्यानको एउटा पालिकाबाट सुरु भएको स्क्रब टाइफसको सङ्क्रमण हाल सातवटा पालिकासम्म...

उपभोक्ता अदालतमा मेडिकल सम्बन्धी उजुरी बढ्दो, ३२ उजुरीमध्ये १२ मेडिकल क्षेत्रकै

काठमाडौँ । पछिल्लो सयम उपभोक्ता अदालतमा स्वास्थ्य क्षेत्र वा मेडिकल सम्बन्धी उजुरीहरु बढ्दो क्रममा छन्। गत चैत्र २ गते गठन भई नौं महिना पुगेको उपभोक्ता अदालतमा हालसम्म ठगी सम्बन्धी कुल ३२ ओटा उजुरीहरु परेका छन् । जसमध्ये मेडिकल लापरबाहीका १२ वटा उ...