बुधबार, ११ कात्तिक २०८३
नेपाली

सर्वसाधारणले खाने चामलमा विषादी

Main News Image

काठमाडौँ । सर्वसाधारणले दैनिक उपभोग गर्ने चामलमा विषादीको अवशेष भेटिएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । विभिन्न स्थानबाट संकलित नमुनाको परीक्षणमा करिब ८३ प्रतिशत चामलमा विषादीको अवशेष फेला परेको हो । मायादेवी गाउँपालिकाका १२० व्यावसायिक किसानमा गरिएको सर्वेक्षण तथा जिल्लाका ५० जना कीटनाशक बिक्रेता र धान व्यापारीसँग गरिएको अन्तर्वार्ताबाट यस्तो नतिजा आएको हो ।

प्रतिवेदनले काठमाडौं, भक्तपुर र ललितपुरबाट संकलित चामलका नमुनामा कीटनाशक अवशेषको अवस्था पनि परीक्षण गरेको थियो। परीक्षणमा झण्डै ८३ प्रतिशत चामलमा कुनै न कुनै प्रकारको विषादीको अवशेष भेटिएको छ जसमध्ये करिब ८० प्रतिशत नमुनामा दुई वा सोभन्दा बढी प्रकारका विषादीको अवशेष भेटिएका छन् । काठमाडौंका नमुनामा अन्य जिल्लाभन्दा बढी र उच्च मात्रामा अवशेष भेटिएको उल्लेख गरिएको छ भने बासमती चामलमा यस्तो अवशेष बढी देखिएको छ । विषादीको अवशेषको मात्रा ५.०९ माइक्रोग्राम प्रतिकिलोदेखि ३१२.५४ माइक्रोग्राम प्रतिकिलोसम्म पाइएको छ भने औसत २२.१३ माइक्रोग्राम प्रतिकिलो रहेको प्रतिवेदनले जनाएको छ ।

ट्राइसाइक्लाजोल, थायामेथोक्साम र टेबुकोनाजोल सबैभन्दा बढी भेटिएका कीटनाशक हुन् भने एलुमिनियम फस्फाइड र क्लोरपाइरिफोसजस्ता प्रतिबन्धित तथा विषालु पदार्थको प्रयोगसमेत अझै भइरहेकामा प्रतिवेदनले चिन्ता व्यक्त गरेको छ। यद्यपि यस्ता अवशेष भएको चामल खानाले तत्काल स्वास्थ्यमा ठूलो जोखिम भने नदेखिएको प्रतिवेदनको निष्कर्ष छ । जोखिम मूल्यांकन गर्दा हाजार्ड कोटिएन्ट र हाजार्ड इन्डेक्स दुवै १ भन्दा कम रहेकाले हालको अवस्थामा उपभोगबाट हुने जोखिम ठूलो नरहेको जनाइएको छ ।

mediabaaji add

सम्बन्धित खबर

श्रम शोषणविरुद्ध डाक्टर सडकमा

काठमाडौँ । युवा तथा प्रशिक्षार्थी चिकित्सकहरूले श्रम शोषणको अन्त्य, उचित पारिश्रमिक तथा सम्मानजनक कार्य वातावरणको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा उनीहरूले ‘युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण बन्द गरौँ’, ‘...

चिकित्सकको आन्दोलन जारी, आज पनि आकस्मिकबाहेकका सबै सेवा बन्द

काठमाण्डौँ । नेपाल चिकित्सक सङ्घले नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण र तोडफोडका दोषीलाई कारबाही गर्न सरकारले उदासीनता देखाएको भन्दै देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ । घटनाको चार दिन बितिसक्दा पनि दोषी पक्राउ नपरेको र न...

औषधि वितरण सहज बनाउन आवश्यक सवारी तत्काल व्यवस्था गर्न मन्त्री यादवको निर्देशन

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवले नेपाल औषधि लिमिटेडको अनुगमन गर्दै संस्थाको उत्पादन क्षमता, वर्तमान अवस्था तथा देखिएका समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

बबरमहलस्थित नेपाल औषधि लिमिटेडको कार्याल...

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

रौतहट । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन् । यो  रोगले चन्द्रपुर नगरपालिका–५ राजपेडा गाउँका हरि गुरोका १४ वटा बङ्गुर मरेका पशु चिकित्सक डा सुलभ चौधरीले बताएका छन् । एक साताको अन्तरालमा  १४ वटा बङ्गुर मरेका कि...

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा दोहोरिए डा. जोशी

काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा प्रमोद जोशी नियुक्त भएका छन् । शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । स्वस्थ्य अनुसन्धान, चिकित्सा सेवा तथा प्रशासनिक क्षे...

काठमाडौंमा बर्डफ्लू बढ्दै, एघार जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि

काठमाडौँ । उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लू ९एच(फाइभ एन(वान० संक्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ । पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि भइसकेको छ भने रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष स...