भोगीको दार्शनिक पथ ! भोग दर्शन !
© निर्मल पुरी 'भोगी'
मिडियाबाजी डटकम काठमाडौँ, मंसिर १३। सामान्य अर्थमा भोग दर्शन ,भोगविलास , आनन्द वा रुचिहरूको लागि बहस गर्ने दर्शन हो । यसलाई मिश्रित दार्शनिक सिद्धान्तको रूपमा बुझ्न सकिन्छ यसले जीवनमा गरेका सुख दुःख भोग अनुभवको महत्त्व र ज्ञान प्राप्त गर्ने सम्बन्धको धारणामा बढी जोड दिन्छ। तर गहिरो दार्शनिक भावमा बुझ्ने हो भने भोग दर्शन जीवन भोग , सन्तुष्टि र शान्तिसँग प्रत्यक्ष सम्बन्ध राख्ने दर्शन हो ।
यहाँ भोग दर्शनको विभिन्न पक्षहरूको संक्षिप्त व्याख्या यसरी गर्न सकिन्छ :
१.भौतिक सुख र दुःखको भोग
भोग दर्शनले एक व्यक्तिको भौतिक अनुभूतिहरू र अनुभवहरूको आनन्द लिनका लागि एक व्यक्तिको झुकाव वर्णन गर्न सक्दछ, प्राय: सौंदर्य, सान्त्वना, र विलासितासँग सम्बन्धित छ । आखिर मान्छेहरूले सुखको प्राप्तिकै लागि अनेकौं दु:ख भोग्ने गर्दछन्
२. नैतिक शिक्षा:
भोग दर्शनमा,सबै इन्द्रियहरूको सुलभता सबैभन्दा बढी राम्रो वा परम लक्ष्य हो भन्ने विश्वास गर्ने नयाँ दर्शन हो ।
यो हेडनवादसँग नजिकबाट सम्बन्धित छ, जसले मानव कार्यको लागि प्राथमिक प्रेरणाको रूपमा सबैलाई आनन्दमा जोड दिन्छ।
भोग दर्शन , एक समज्ञानिक सन्दर्भको शिक्षा हो जुन सबै ज्ञान भोगाइ अनुभवहरूबाट उत्पन्न हुन्छ र यी अनुभवहरू संसारलाई बुझ्ने आधारका लागि खास आधारहरू हुन्।
यो दृष्टिकोण तर्कसंगत भन्दा पनि मानवीय जीवनको भोग र उपभोगसँग सम्बन्धित छ, जसले तर्क र विचारहरुलाई भन्दा पनि जीवनको अध्ययन र भोगाइबाट आर्जिएको ज्ञानको स्रोतका रूपमा जोड दिन्छ। जीवनको सनसनीपूर्ण खोजसँग जोडिएको छ, जुन एक विश्वास हो कि ज्ञान पूर्ण रूपमा संवेदी र व्युत्पन्न हुन्छ। भोगवाद विश्वका मानिसहरूले गरेका कुनैपनि कार्यप्रतिको गहिरो अनुभव र त्यसबाट प्राप्त सन्तुष्टिसँगै शान्तिलाई र चरम आनन्दलाई व्याख्या गर्ने विल्कुलै नयाँ तरिकाबाट विश्लेषण गरिएको मिश्रित दर्शन हो । यो दर्शनले , विभिन्न धर्महरूको दर्शन !
जस्तै :- द्वापर युगको कृष्णको दर्शन , बुद्धको दर्शन, इसाई धर्मको प्रणेता जिसस क्राइस्टको दर्शन,ओशोको दर्शन ,कानूनका दार्शनिक जेरेमी बेन्थनको आनन्दवाद र शुक्र नीतिबाट प्रेरित चारवागको दर्शन:-
यावत् जीवेत् सुखं जीवेत्!
( जति बाँच्छौ सुखसँग बाँच)
ऋणं कृत्वा घृतम् पिवेत् !!
( ऋण गरेर घिउ पिउ )
पूर्वीय दर्शनमा आधारित घिउ शरीरलाई सबैभन्दा शक्ति दिने पोषक तत्व मानिन्छ, शैव दर्शनबाट गहिरो रुपमा प्रभावित हुँदै फरक नयाँ दर्शनको विकास हुँदैछ यसले जीवन र भोगाइसँगै आनन्दवादको वकालत गर्ने दर्शन हो । आखिरमा जीवनमा अन्तिम तीन उद्देश्य भन्नु नै भोग , सन्तुष्टि र शान्ति नै हो र सम्पूर्ण ब्राह्मण्ड भोग,उपभोग र सम्भोगको उपज मात्रै हो भनेर यो भोग दर्शनले वकालत गर्दछ हुनपनि मानिस मात्र नभइ कुनै सजीव यी तीन भोगभन्दा माथि छैनन् ।
अन्ततः मान्छे बहुमुखी हुनुपर्छ तर बहुरुपी र छद्मभेषी (ठाउँ परिस्थिति अनुसार स्वरूप बदल्ने) होइन हरेक कुराको अनुभव र दख्खल राख्ने भुक्तभोगी हुनुपर्छ तर जे पनि परिस्थितिलाई दोष दिएर भोग गर्ने सर्वभोगी होइन !
मानिस परिस्थितिले होइन मनस्थितिले बदलिन्छ
जय भोग दर्शन!!
केही छैन यो सृष्टिमा भोगभन्दा अरू!!
शरीर पनि के नै छ रोगभन्दा अरू!!
द्रष्टव्य:-यो विचारका लेखक निर्मल पुरी 'भोगी' करिब डेढ दशकदेखि कला, साहित्य, समाज, संस्कृति, पत्रकारिता र कानूनका विद्यार्थीसँगै "भोग दर्शन" का कट्टर प्रवर्तक समर्थक हुन् !
एक्सप्रेस
सम्बन्धित खबर
सबै दलको देश बनाउने नारा, देश चाँहि नरहने अवस्थामा !
रुषा थापा
भक्तपुर । सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा नेपाल परेको २० महिना भएको छ । २०८१ पmागुन ९ गते मुलुक ग्रे लिस्टमा परेको थियो । ग्रे लिस्टबाट निस्कन अब चार महिनामात्र हामीसँग छ । आउँदो माघभित्र नेपाल ग्रे लिस्टबाट हट्न नस...
रवि–बालेनः सरकारको विरोध गरेर सत्तामा पुगे, अहिले विरोधीहरुलाई जेल कोच्दै !
रुषा थापा___
भक्तपुर । भनिन्छ, मानिसलाई सबैभन्दा बढी माया जन्म दिने आमाबुवा र मातृभूमिको हुन्छ । तर, वैदेशिक रोजगारी वा शिक्षाका निम्ति विदेशिने र उतैको पीआर, ग्रिन कार्ड लिने नेपाली बढ्दो छन् । आफ्ना आमाबुबा, मातृभूमि, गाउँघर,...
लुम्बिनीका पुरातात्त्विक सम्पदाको संरक्षणमा सबै एकजुट हुनुपर्छ : उपाध्यक्ष लामा
मिडियाबाजी डटकम काठमाडौँ आश्विन ३० ,काठमाडौँ ।लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले लुम्बिनीसहितका सम्पूर्ण पुरातात्त्विक क्षेत्रहरूको संरक्...
नेपाल कालोसूचीमा गर्ने दिन घर्किँदै, अर्थमन्त्री वाग्ले आफ्नै पारामा !
रुषा थापा_______________
भक्तपुर । माघ महिना आउन आठ महिनामात्र बाँकी छ । आठ महिनाभित्र नेपाल ग्रेलिष्टबाट नहटे कालोसूचीमा पर्नेछ । वालेन्द्र शाह (वालेन) नेतृत्वको रास्वपा सरकार गठन भएको एक महिना पूरा भएको छ । यसबीचम...
राष्ट्रिय खेलाडीहरूको संघर्ष र अस्वीकारिएको योगदान
प्रस्तावना
राष्ट्रको इज्जत, पहिचान र गौरव शब्दहरू केवल इतिहासका पानामा सीमित छैनन् । ती आज पनि खेल मैदानमा पुनः–पुनः जन्मिन्छन् । जब कुनै खेलाडीले राष्ट्रको झण्डा काँधमा बोकेर मैदानमा पसिना...
सुन व्यापारीहरु बेच्ने बेला मूल्य बढ्छ भन्दै हल्ला गर्ने, किन्ने बेला पैसा छैन भन्ने !
रुषा थापा
भक्तपुर । साउन २१ गते बिहीबार सुन प्रतितोला दुई लाख ९६ हजार र चाँदी चार हजार पाँच सय ७० रुपैयाँ पुग्यो । नेपालमा सुनचाँदीको मूल्य सम्बन्धित महासंघले निर्धारण गर्दै आएको छ । सुनबाट गरगहना बनाउने ज्याला तोलाको ४५ हजार र...



