लुम्बिनीका पुरातात्त्विक सम्पदाको संरक्षणमा सबै एकजुट हुनुपर्छ : उपाध्यक्ष लामा
मिडियाबाजी डटकम काठमाडौँ आश्विन ३० ,काठमाडौँ ।लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले लुम्बिनीसहितका सम्पूर्ण पुरातात्त्विक क्षेत्रहरूको संरक्षणमा सबै मिलेर लाग्नुपर्ने बताएका छन् ।
बुधबार इकोमस इन्टरनेसनल (द इन्टरनेसनल काउन्सिल अन मोनुमेन्ट्स एण्ड साइट्स) को ६०औं वार्षिकोत्सवका अवसरमा लुम्बिनी आएका विभिन्न देशका प्रतिनिधिलाई स्वागत गर्दै उनले सम्पदाको संरक्षण र संवर्द्धनमा साझा प्रतिबद्धता आवश्यक रहेको बताए ।
उपाध्यक्ष लामाले बुद्धको शिक्षा केवल बौद्धमार्गीका लागि नभई सम्पूर्ण मानव जगतको हितका लागि भएको उल्लेख गर्दै ध्यान र करुणाको माध्यमबाट क्लेशरहित जीवन सम्भव हुने बताए । ‘बुद्धको शिक्षा नै एक प्रकारको विज्ञान हो, जसलाई सबै मानवले अपनाउन सक्छन् ।’ उनले भने ।
त्यस अवसरमा लुम्बिनी विकास कोषका सद्भावना दूत विक्रम पाणेकाजीले लुम्बिनीको विकासका लागि ‘मायाँदेवी सुत्केरी मार्ग’ को अवधारणा अघि सारिएको जानकारी दिए । उनले बुद्ध जन्मपछि मायाँदेवीले गरेको यात्रालाई पर्यटनसँग जोड्न सकिने बताए । पाणेकाजीले नेपालको पर्यटन विकासमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।
इकोमसका विश्वभर ११७ देशमा राष्ट्रिय समिति, ३१ वैज्ञानिक समिति र १३७ देशका १२ हजार ७१५ विज्ञ सदस्य रहेको जानकारी दिइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
शिक्षा, खेलकुद र उद्यमशीलता : जिम्मेवार युवाबाट समृद्ध समाजको आधार
मिडियाबाजी डटकम काठमाडौँ, असोज ३०। नेपालका युवा आज इतिहासको निर्णायक मोडमा छन्। देशमा अवसरको कमी, वैदेशिक रोजगारीको आकर्षण र राजनीतिक अस्थिरताबीच पनि केही युवाहरू जिम्मेवार सोच, परिश्रम र नेतृत्वका माध्यमबाट नयाँ आशा बोके...
भोगीको दार्शनिक पथ ! भोग दर्शन !
© निर्मल पुरी 'भोगी'
मिडियाबाजी डटकम काठमाडौँ, मंसिर १३। सामान्य अर्थमा भोग दर्शन ,भोगविलास , आनन्द वा रुचिहरूको लागि बहस गर्ने दर्शन हो । यसलाई मिश्रित दार्श...
सिंहदरबार वरपर नै धमाधम मीटरब्याजमा पैसा लगानी, देख्दैनन् अर्थमन्त्री र गृहमन्त्री !
अनुसा थापा_____
भक्तपुर । सरकार भन्छः देशमा साक्षरताको दर बढेको छ । जनताको आम्दानीमा व्यापक सुधारमा आउँदा जीवनयापनमा परिवर्तन भएको छ । तर, के वास्तवमै जनता शिक्षित भएका छन् ? जनताले अक्षर चिनेका मात्रै छन् कि कानुन पनि बुझेका छन् ? नत...
सुन व्यापारीहरु बेच्ने बेला मूल्य बढ्छ भन्दै हल्ला गर्ने, किन्ने बेला पैसा छैन भन्ने !
रुषा थापा
भक्तपुर । साउन २१ गते बिहीबार सुन प्रतितोला दुई लाख ९६ हजार र चाँदी चार हजार पाँच सय ७० रुपैयाँ पुग्यो । नेपालमा सुनचाँदीको मूल्य सम्बन्धित महासंघले निर्धारण गर्दै आएको छ । सुनबाट गरगहना बनाउने ज्याला तोलाको ४५ हजार र...
जनता डुबाउन आफैं कस्सिए अर्थमन्त्री, सेयरमा लगानी गर्नुपूर्व सोचविचार गरौं !
रुषा थापा_____
भक्तपुर । कानूनअनुसार कुनै पनि वस्तु तथा सेवामा उत्पादन लागतको २० प्रतिशतभन्दा बढी नाफा लिन पाइँदैन । अर्थात् एक सय रुपैयाँमा उत्पादन भएको वस्तु बढीमा एक सय २० रुपैयाँमा बेच्न पाइन्छ । त्योभन्दा बढी नाफा लिएमा जर...
सरकारी कर्मचारी र जनप्रतिनिधिलाई खातैखात, निजीमा काम गर्नेको सँधै पुर्परोमा हात !
अनुसा थापा
भक्तपुर । सरकारले निजी क्षेत्रमा काम गर्नेको न्यूनतम तलब मासिक २१ हजार पाँच सय रुपैयाँ तोक्यो । संघसंस्था, होटल–रेष्टुरेण्ट, घरायसी काम, पसललगायत हरेक क्षेत्रमा श्रमिक लगाउँदा अनिवार्य तोकेको तलब दिनुपर्ने सरकारको नियम छ ।...



