बुधबार, ०४ कात्तिक २०८३
नेपाली

लुम्बिनीका पुरातात्त्विक सम्पदाको संरक्षणमा सबै एकजुट हुनुपर्छ : उपाध्यक्ष लामा

Main News Image

मिडियाबाजी डटकम काठमाडौँ आश्विन ३० ,काठमाडौँ ।लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले लुम्बिनीसहितका सम्पूर्ण पुरातात्त्विक क्षेत्रहरूको संरक्षणमा सबै मिलेर लाग्नुपर्ने बताएका छन् ।

बुधबार इकोमस इन्टरनेसनल (द इन्टरनेसनल काउन्सिल अन मोनुमेन्ट्स एण्ड साइट्स) को ६०औं वार्षिकोत्सवका अवसरमा लुम्बिनी आएका विभिन्न देशका प्रतिनिधिलाई स्वागत गर्दै उनले सम्पदाको संरक्षण र संवर्द्धनमा साझा प्रतिबद्धता आवश्यक रहेको बताए ।

उपाध्यक्ष लामाले बुद्धको शिक्षा केवल बौद्धमार्गीका लागि नभई सम्पूर्ण मानव जगतको हितका लागि भएको उल्लेख गर्दै ध्यान र करुणाको माध्यमबाट क्लेशरहित जीवन सम्भव हुने बताए । ‘बुद्धको शिक्षा नै एक प्रकारको विज्ञान हो, जसलाई सबै मानवले अपनाउन सक्छन् ।’ उनले भने ।

त्यस अवसरमा लुम्बिनी विकास कोषका सद्भावना दूत विक्रम पाणेकाजीले लुम्बिनीको विकासका लागि ‘मायाँदेवी सुत्केरी मार्ग’ को अवधारणा अघि सारिएको जानकारी दिए । उनले बुद्ध जन्मपछि मायाँदेवीले गरेको यात्रालाई पर्यटनसँग जोड्न सकिने बताए । पाणेकाजीले नेपालको पर्यटन विकासमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।

इकोमसका विश्वभर ११७ देशमा राष्ट्रिय समिति, ३१ वैज्ञानिक समिति र १३७ देशका १२ हजार ७१५ विज्ञ सदस्य रहेको जानकारी दिइएको छ ।

mediabaaji add

सम्बन्धित खबर

हात्ती आयो हात्ती आयो फुस्सा भयो सङ्घीयता

© हरि खतिवडा

काठमाडौँ । नेपालीमा एउटा उखान छ नि “भूँइको टिप्न खोज्दा पोल्टाको खस्यो “हो त्यस्तै बाटोमा लम्किरहेका छौँ हामी ।अरु देशले आफ्नो सँस्कृतिलाई मोडिफाई गर्दै विश्वलाइ आफ्नोपन चखाउँछन् ,हाम...

रास्वपाको देश बनाउने ठूल्ठूला नारा तर बाढी पीडितलाई सहयोग गर्ने बेला दाँतबाट पसिना !

रुषा थापा____

भक्तपुर । गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । बाढीमा परेर हजारौंले ज्यान गुमाएका छन् त हजारौं सम्पर्कविहीन छन् । त्यस्तै, बाढीले घर बगाएपछि हजारौं घरपरिवार...

गाडीभाडा नबढेको सरकारको दाबी, यात्रु भन्छन्,‘अघिल्लोपटक भन्दा पाँच सय रुपैयाँसम्म बढी तिर्नुपरेको छ’

अनुसा थापा

भक्तपुर । सरकार भन्छ,‘सार्वजनिक यातायातको भाडा बढेको छैन ।’ सरकारले भनेजस्तै साँच्चै भाडा बढेको छैन त ? दशैंमा घर जान लागेका एक यात्रु सुनाउँछन्,‘एक महिनाअगाडि जाँदा १४ सय तिरेको, अहिले १८ सय ।’ चाबहिलस्थित टिकट काउण्टरबाट बाहिर न...

आमा ! छोरा मान्छेहरु कहिल्यै रुँदैनन् हो ?

एक्कासि बाबालाई आज सन्चो भएन । हिजो असारको १५ गते, खेतमा बेस्सरी भिजेर आउनु भएकोले आज बाबालाई ज्वरो आएको छ अनि खोकी पनि लागीरहेको छ । म घरको जेठो छोरा, सबै जिम्मेवारी मेरै काँधमा छ । बुबापछिको शेष मनै हुँ । ठुली दिदी ब...

नेपाल कालोसूचीमा गर्ने दिन घर्किँदै, अर्थमन्त्री वाग्ले आफ्नै पारामा !

रुषा थापा_______________

भक्तपुर ।   माघ महिना आउन आठ महिनामात्र बाँकी छ । आठ महिनाभित्र नेपाल ग्रेलिष्टबाट नहटे कालोसूचीमा पर्नेछ । वालेन्द्र शाह (वालेन) नेतृत्वको रास्वपा सरकार गठन भएको एक महिना पूरा भएको छ । यसबीचम...

एउटै सरकारको दुईटा कानुनः बैंक तथा वित्तिय संस्थालाई मनलाग्दी ब्याज उठाउँदा छुट, व्यक्तिलाई जेल !

अनुसा थापा______

भक्तपुर । सरकार एउटै, कानुन छुट्टै ! प्रसंग हो, ब्याजदरको । बैंक तथा वित्तिय संस्थालाई सरकारले आफैं ब्याजदर तोक्ने अधिकार दिएको छ । बैंक, फाइनेन्स, सहकारी, लघुवित्तले आफैं ब्याजदर तोक्छ । व्यक्तिको हकमा सरकारले...