हात्ती आयो हात्ती आयो फुस्सा भयो सङ्घीयता
© हरि खतिवडा
काठमाडौँ । नेपालीमा एउटा उखान छ नि “भूँइको टिप्न खोज्दा पोल्टाको खस्यो “हो त्यस्तै बाटोमा लम्किरहेका छौँ हामी ।अरु देशले आफ्नो सँस्कृतिलाई मोडिफाई गर्दै विश्वलाइ आफ्नोपन चखाउँछन् ,हामीभने आफ्नोपन भुलेर अरुको नक्कल गर्न आफूलाइ महाजन ,धनाड्य महसुस् गर्छौ।हाम्रो सँस्कृतिको फरक पनलाई महशुस् गर्न बिदेशी पर्यटक मरिहत्ते गरेर नेपाल आउँछन् ,हामीभने खिस्स दाँत देखाएर लन्डन पाउडर लगाएर स्वदेशी अर्गानिक चामल ,मकैको पिठो हो भनी घमन्ड गर्छौँ।अनि हामी बिर्सन्छौँ,भुल्छौँ,त्यो पर्यटक हामीले नाम मात्र सुनेको लन्डन घुमेर नेपाल आएको हो भनेर ।
म पनि टक्क बढो सान र फुर्तिसाथ कोट पाइन्ट लगाएर शसुराली जान्छु क्या ज्वाँइसाब बनेर । हो हुनत मेरा शसुरा बा १दौराशुरुवाल लगाउनुहुन्छ अनी ज्वाँइसाबको कोटपाइन्टमा मख्खीनुहुन्छ,तर मेरा जेठानको अगाडी दौरा शुरुवाल लगाउने हो भने ,उनको महङ्गो कोटलाई पनि मात ख्वाइदिन्थेँ ।किनकी मेरो जेठानलाई थाहाछैनकी दौराशुरुवालको महत्व र महङ्गाइ। यो एउटा प्रतिनिधी उदाहरण हो पोशाकको।
खानपिनमा पनि हामीले आफ्नोपन भुलीसक्यौँ।उ बेला मेरा हजुरबुबाले मकैको रोटी अनी दही मुछेर खाँदा तीन जनाको भाग काम एक्लैले गर्नुहुन्थ्यो तर आज म अजिनो मिसिएको चाउचाउको भरमा खेतमा पानीलगाउन पनि खुइ ! खुइ!गरिरहेको छु ।हरे मेरो खानपिन ,मेरो दुर्दशा।हरेक हाम्रा खानपिनमा रसाएन नमिसाउने हो भने ,मकैको पिठोलाइ आगोको भुङ्रोमा पकाएर खाने स्वाद तागत पिज्जा बर्गरको भन्दा बेसी छ।अरु त के कुरा , हामी हाम्रै भाषालाई पनि कम प्रयोग गर्न थालिसक्यौँ ।कति सुमधुर सुनिने शब्द” आमा “लाइ ममी, मम् आदीमा भनेर बिदेशीलाइ पनी नेपाली भाषामा पनी आमालाई ममी सिकाइरहेका छौँ। त्यस्तै विवाह बन्धनका कृयाकलापमा पनी हामी हाम्रो वस्तुस्थिती भुलिरहेका छौँ।
आजभोलि त विदेश त्यो पनी खाडीमुलुक होइन युरोपेली देश गएका केटा आफ्नी छोरीका लागि ज्वाँइ खोज्ने होडबाजी चलेको छ।हरेक ट्याक्स र सेवा शुल्क तिर्दा यहाँको सरकारी जागिरेको भन्दा कम तलब खाँदा नामर्द बन्ने गरेको छ स्वदेशी ठिटो।।अनि हामी कसरी आफ्नोपन सुरक्षा गर्न सक्छौँ। हरेक बस्तुहरूमा हामीले बिदेशी वस्तुहरू प्रयोग गर्दा हाम्रा वस्तुहरू कक्टेल बनिरहेका छन् ।कुन स्वाद ,कुन रङ्ग,कुन पहिचान?हाम्रा हरेक वस्तुहरु हाम्रो चिनारी मात्र नभएर बहुआयामिक वस्तुहरूसँग परनिर्भर भइरहेका हुन्छन्।जस्तो सगरमाथा हाम्रो चिनारीमात्र नभएर गौरब ,विदेशी भित्र्याउने ,रोजगारी प्रदान गर्ने ,बिदेशी मुद्रा आर्जन गर्ने आधार हो।त्यस्तै हाम्रो भाषा, सँस्कृति ,भेषभुषा ,रहनसहन ,चाडपर्व हाम्रा लागि पहिचान हो चिनारी हो ।
भावी सन्ततिका लागि पनि हामीले आफ्नोपन जोगाइराख्न अत्यावश्यक भइसक्यो । हामी आफैमा सजग सचेत रही सरकारबाट पनी ठोस कार्यक्रम तर्जुमा एवं कडाइका साथ कार्यान्वयन गर्नु हामी सबैको आफ्नोपन जोगाउने दरिलो आधार स्तम्भ हुन सक्दछ।जय!देश।जय !आफ्नोपन ।
एक्सप्रेस
सम्बन्धित खबर
स्वास्थ्य बीमाः हुनेखानेले उपभोग गर्दा राज्य कंगाल, गरिब उपचारबाट वञ्चित, अब चाँहि मापदण्ड बनाउने कि !
रुषा थापा________
भक्तपुर । पछिल्लो समय घरैपिच्छे रोगी भेटिन्छन् । एउटै घरमा विभिन्न रोगबाट पीडितहरु हुन्छन् । ग्याट्रिक, सुगर, प्रेसर त मानिसका निम्ति सामान्यजस्तै रोग बनिसकेको छ । जोकोही यी रोगबाट ग्रसित देखिन्छन् । यसबाहेक क...
राष्ट्रिय खेलाडीहरूको संघर्ष र अस्वीकारिएको योगदान
प्रस्तावना
राष्ट्रको इज्जत, पहिचान र गौरव शब्दहरू केवल इतिहासका पानामा सीमित छैनन् । ती आज पनि खेल मैदानमा पुनः–पुनः जन्मिन्छन् । जब कुनै खेलाडीले राष्ट्रको झण्डा काँधमा बोकेर मैदानमा पसिना...
सरकारी कर्मचारी र जनप्रतिनिधिलाई खातैखात, निजीमा काम गर्नेको सँधै पुर्परोमा हात !
अनुसा थापा
भक्तपुर । सरकारले निजी क्षेत्रमा काम गर्नेको न्यूनतम तलब मासिक २१ हजार पाँच सय रुपैयाँ तोक्यो । संघसंस्था, होटल–रेष्टुरेण्ट, घरायसी काम, पसललगायत हरेक क्षेत्रमा श्रमिक लगाउँदा अनिवार्य तोकेको तलब दिनुपर्ने सरकारको नियम छ ।...
महलजस्तो घर, शरीरभरि गरगहना तर ग्यास नहुँदा भोकभोकै !
रुषा थापा
भक्तपुर । चार दशकअघि मुलुक हरेकजसो वस्तुमा आत्मनिर्भर थियो । खाद्यान्नदेखि काठसम्म हामी आफैंसँगै पुग्दो हुन्थ्यो । हरेक मानिससँग खेतबारी वा जग्गा थियो । आफूलाई चाहिने अन्न वा तरकारी आफैं उत्पादन गर्थे । त्यतिबेला अहिलेजस्तो खाना पक...
अबको शिक्षा प्रणाली कस्तो हुनुपर्छ? रटानबाट सीप, प्रमाणपत्रबाट क्षमता र कक्षाकोठाबाट वास्तविक जीवनतर्फ
हामीले आजका बालबालिकालाई हिजोको संसारका लागि होइन, भोलिको संसारका लागि तयार गर्दैछौँ। तर प्रश्न छ—भोलिको संसार कस्तो हुन्छ? कृत्रिम बुद्धिमत्ता (AI), स्वचालन,...
आमा ! छोरा मान्छेहरु कहिल्यै रुँदैनन् हो ?
एक्कासि बाबालाई आज सन्चो भएन । हिजो असारको १५ गते, खेतमा बेस्सरी भिजेर आउनु भएकोले आज बाबालाई ज्वरो आएको छ अनि खोकी पनि लागीरहेको छ । म घरको जेठो छोरा, सबै जिम्मेवारी मेरै काँधमा छ । बुबापछिको शेष मनै हुँ । ठुली दिदी ब...



