‘संविधान होइन, चरित्र संशोधन आवश्यक छ’ : प्रा. डा. सुरेन्द्र केसी
मिडियाबाजी डटकम काठमाडौँ , श्रावण ०८ । विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले संविधान संशोधनभन्दा “चरित्र संशोधन” अहिलेको नेपालको मुख्य आवश्यकता भएको बताएका छन्। राष्ट्रिय प्रेस क्लबमा बिहिबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको कर सामाजिक सञ्जालको दबाबमा खारेज गरेको प्रसंग उठाउँदै अर्थमन्त्रीको औचित्यमाथि प्रश्न उठाए। “पढेलेखेका व्यक्तिले कर नीतिमै गल्ती गर्नु दुःखद हो,” उनले भने।
प्रा. केसीले नयाँ दलाई लामाको घोषणा नेपालमा भए गम्भीर भूल हुने बताए। पृथ्वीनारायण शाहको कालझैँ धार्मिक संवेदनशीलता देखिएको उल्लेख गर्दै हर्क साम्पाङको अभिव्यक्तिले धार्मिक सहिष्णुतामा असर पर्न सक्ने चेतावनी दिए।
उनले आत्मदाहजस्ता घटनाले समस्या समाधान नहुने स्पष्ट पार्दै “आज कुनै नेपालीले नेपालमा भविष्य देखिरहेको छैन” भन्ने धारणा व्यक्त गरे। संघीयतावादी र पहिचानवादी शक्तिहरूलाई जनताले मन नपराएकै कारण उनीहरूको प्रभाव घटेको दाबी गर्दै व्यक्तिवादी चरित्र भएका कारण बालेन शाह सबैभन्दा लोकप्रिय बनेको बताए।
क्षेत्रीय र अन्तर्राष्ट्रिय सन्दर्भमा उनले दक्षिण एसियामा शक्ति सन्तुलन खलबलिन सक्ने सम्भावना बढ्दै गएको उल्लेख गरे। भारतमा देखिएको “कक्रोच विद्रोह” शक्तिराष्ट्रहरूको चलखेल हुन सक्ने उनको अनुमान थियो। साथै, एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हटाइएको विषय भ्रम हो कि भारतप्रति झुकाव हो भन्ने अझै स्पष्ट हुन बाँकी रहेको बताए। प्रा. केसीले चीनसँगको सम्बन्धमा पनि नेपालले अनावश्यक रूपमा तनाव सिर्जना गर्नु बुद्धिमानी नहुने उल्लेख गर्दै “चीनलाई जिस्काएर नेपालले काल खोजिरहेको हो कि भन्ने प्रश्न उठेको छ” भने।
एक्सप्रेस
सम्बन्धित खबर
सुन व्यापारीहरु बेच्ने बेला मूल्य बढ्छ भन्दै हल्ला गर्ने, किन्ने बेला पैसा छैन भन्ने !
रुषा थापा
भक्तपुर । साउन २१ गते बिहीबार सुन प्रतितोला दुई लाख ९६ हजार र चाँदी चार हजार पाँच सय ७० रुपैयाँ पुग्यो । नेपालमा सुनचाँदीको मूल्य सम्बन्धित महासंघले निर्धारण गर्दै आएको छ । सुनबाट गरगहना बनाउने ज्याला तोलाको ४५ हजार र...
सर्वसाधारण र व्यापारीमा छैन नयाँ वर्षको उत्साह, महँगी र मन्दीको चिन्ता !
रुषा थापा_________
भक्तपुर । नयाँ वर्ष शुरु भइसकेको छ । तर, आम नागरिकमा नयाँ सालको उत्साहभन्दा पनि चिन्ता देखिन्छ । २०८३ सालमा झन् महँगी बढ्ने बजारमा व्यापक चर्चा छ । आम सर्वसाधारण भन्छन्–पछिल्लो एक महिनामै सयौं गुणा महँगी बढिसक्यो ।...
जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियो : जेनजी अगुवा हमाल
काठमाडौँ । जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त लिली थापासँग भेट गरी जेनजी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन, मानव अधिकारको अवस्था तथा राज्यको जवाफदेहिताबारे विस्तृत छलफल गरेका छन् ।
आयुक्त थाप...
राष्ट्रसेवक नै राष्ट्रलाई हानि पुर्याउँदै, सरकार रमिते !
रुषा थापा_____
भक्तपुर । दुई दशकअघि भक्तपुरको सल्लाघारी तीनकुने चौरअगाडि यातायात व्यवस्था सेवा कार्यालयको स्थापना भयो । बागमती प्रदेशको यातायात मन्त्रालयअन्तर्गत सञ्चालित उक्त कार्यालय घर भाडामा लिएर खुलेको थियो । कार्यालयले मासिक डेढ...
जनता डुबाउन आफैं कस्सिए अर्थमन्त्री, सेयरमा लगानी गर्नुपूर्व सोचविचार गरौं !
रुषा थापा_____
भक्तपुर । कानूनअनुसार कुनै पनि वस्तु तथा सेवामा उत्पादन लागतको २० प्रतिशतभन्दा बढी नाफा लिन पाइँदैन । अर्थात् एक सय रुपैयाँमा उत्पादन भएको वस्तु बढीमा एक सय २० रुपैयाँमा बेच्न पाइन्छ । त्योभन्दा बढी नाफा लिएमा जर...
हात्ती आयो हात्ती आयो फुस्सा भयो सङ्घीयता
© हरि खतिवडा
काठमाडौँ । नेपालीमा एउटा उखान छ नि “भूँइको टिप्न खोज्दा पोल्टाको खस्यो “हो त्यस्तै बाटोमा लम्किरहेका छौँ हामी ।अरु देशले आफ्नो सँस्कृतिलाई मोडिफाई गर्दै विश्वलाइ आफ्नोपन चखाउँछन् ,हाम...



