शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

‘संविधान होइन, चरित्र संशोधन आवश्यक छ’ : प्रा. डा. सुरेन्द्र केसी

Main News Image

मिडियाबाजी डटकम काठमाडौँ , श्रावण ०८ । विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले संविधान संशोधनभन्दा “चरित्र संशोधन” अहिलेको नेपालको मुख्य आवश्यकता भएको बताएका छन्। राष्ट्रिय प्रेस क्लबमा बिहिबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको कर सामाजिक सञ्जालको दबाबमा खारेज गरेको प्रसंग उठाउँदै अर्थमन्त्रीको औचित्यमाथि प्रश्न उठाए। “पढेलेखेका व्यक्तिले कर नीतिमै गल्ती गर्नु दुःखद हो,” उनले भने।

प्रा. केसीले नयाँ दलाई लामाको घोषणा नेपालमा भए गम्भीर भूल हुने बताए। पृथ्वीनारायण शाहको कालझैँ धार्मिक संवेदनशीलता देखिएको उल्लेख गर्दै हर्क साम्पाङको अभिव्यक्तिले धार्मिक सहिष्णुतामा असर पर्न सक्ने चेतावनी दिए।

उनले आत्मदाहजस्ता घटनाले समस्या समाधान नहुने स्पष्ट पार्दै “आज कुनै नेपालीले नेपालमा भविष्य देखिरहेको छैन” भन्ने धारणा व्यक्त गरे। संघीयतावादी र पहिचानवादी शक्तिहरूलाई जनताले मन नपराएकै कारण उनीहरूको प्रभाव घटेको दाबी गर्दै व्यक्तिवादी चरित्र भएका कारण बालेन शाह सबैभन्दा लोकप्रिय बनेको बताए।

क्षेत्रीय र अन्तर्राष्ट्रिय सन्दर्भमा उनले दक्षिण एसियामा शक्ति सन्तुलन खलबलिन सक्ने सम्भावना बढ्दै गएको उल्लेख गरे। भारतमा देखिएको “कक्रोच विद्रोह” शक्तिराष्ट्रहरूको चलखेल हुन सक्ने उनको अनुमान थियो। साथै, एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हटाइएको विषय भ्रम हो कि भारतप्रति झुकाव हो भन्ने अझै स्पष्ट हुन बाँकी रहेको बताए। प्रा. केसीले चीनसँगको सम्बन्धमा पनि नेपालले अनावश्यक रूपमा तनाव सिर्जना गर्नु बुद्धिमानी नहुने उल्लेख गर्दै “चीनलाई जिस्काएर नेपालले काल खोजिरहेको हो कि भन्ने प्रश्न उठेको छ” भने।

mediabaaji add

सम्बन्धित खबर

सुन व्यापारीहरु बेच्ने बेला मूल्य बढ्छ भन्दै हल्ला गर्ने, किन्ने बेला पैसा छैन भन्ने !

रुषा थापा

भक्तपुर । साउन २१ गते बिहीबार सुन प्रतितोला दुई लाख ९६ हजार र चाँदी चार हजार पाँच सय ७० रुपैयाँ पुग्यो । नेपालमा सुनचाँदीको मूल्य सम्बन्धित महासंघले निर्धारण गर्दै आएको छ । सुनबाट गरगहना बनाउने ज्याला तोलाको ४५ हजार र...

सर्वसाधारण र व्यापारीमा छैन नयाँ वर्षको उत्साह, महँगी र मन्दीको चिन्ता !

रुषा थापा_________

भक्तपुर । नयाँ वर्ष शुरु भइसकेको छ । तर, आम नागरिकमा नयाँ सालको उत्साहभन्दा पनि चिन्ता देखिन्छ । २०८३ सालमा झन् महँगी बढ्ने बजारमा व्यापक चर्चा छ । आम सर्वसाधारण भन्छन्–पछिल्लो एक महिनामै सयौं गुणा महँगी बढिसक्यो ।...

खेलाडीले सहयोग माग्नु हुँदैन, राष्ट्रले जिम्मेवारी लिनुपर्छ

मदन सिंह भाट

युवा नेता र खेलकुद विश्लेषक 


नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा देशको गौरव, सावित्रा भण्डारी (साम्बा) अहिले जीवनकै सबैभन्दा कठिन संघर्ष सामना गरिरहेकी छिन्। मैदानमा देशका लागि निरन्तर शतप्रतिशत...

जो पहिले आन्दोलनको बलमा आए, तिनै अहिले आन्दोलन गर्नेलाई तर्साउँदै !

अनुषा थापा 

काठमाण्डौँ । मुलुकको कानुनले शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार दिएको छ । सरकारको काम कारबाहीप्रति चित्त नबुझेमा वा आफ्ना न्यायोचित माग राखेर आन्दोलन गर्न पाइन्छ । तर, आन्दोलन शान्तिपूर्ण र अर्काको सम्पत्तिमा क्षति नपुर...

भोगीको दार्शनिक पथ ! भोग दर्शन !

© निर्मल पुरी 'भोगी' 

मिडियाबाजी डटकम काठमाडौँ, मंसिर १३। सामान्य अर्थमा भोग दर्शन ,भोगविलास , आनन्द वा रुचिहरूको लागि बहस गर्ने दर्शन हो । यसलाई मिश्रित दार्श...

वैदेशिक रोजगारी र शिक्षाको नाममा ठगीधन्दा, बालेन सरकारले पनि गर्न सकेन बन्द !

काठमाण्डौँ । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरु ह्वात्तै बढेका छन् । मुलुकमा पर्याप्त रोजगारी नहुँदा वैदेशिक रोजगारी नै नेपालीको भर बनेको छ । तर, वैदेशिक रोजगारीको नाममा ठगीधन्दा मौलाएको छ । विदेश उडाइदिने भन्दै पैसा असुल्ने र अलपत्र पार्ने गिर...