शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

‘संविधान होइन, चरित्र संशोधन आवश्यक छ’ : प्रा. डा. सुरेन्द्र केसी

Main News Image

मिडियाबाजी डटकम काठमाडौँ , श्रावण ०८ । विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले संविधान संशोधनभन्दा “चरित्र संशोधन” अहिलेको नेपालको मुख्य आवश्यकता भएको बताएका छन्। राष्ट्रिय प्रेस क्लबमा बिहिबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको कर सामाजिक सञ्जालको दबाबमा खारेज गरेको प्रसंग उठाउँदै अर्थमन्त्रीको औचित्यमाथि प्रश्न उठाए। “पढेलेखेका व्यक्तिले कर नीतिमै गल्ती गर्नु दुःखद हो,” उनले भने।

प्रा. केसीले नयाँ दलाई लामाको घोषणा नेपालमा भए गम्भीर भूल हुने बताए। पृथ्वीनारायण शाहको कालझैँ धार्मिक संवेदनशीलता देखिएको उल्लेख गर्दै हर्क साम्पाङको अभिव्यक्तिले धार्मिक सहिष्णुतामा असर पर्न सक्ने चेतावनी दिए।

उनले आत्मदाहजस्ता घटनाले समस्या समाधान नहुने स्पष्ट पार्दै “आज कुनै नेपालीले नेपालमा भविष्य देखिरहेको छैन” भन्ने धारणा व्यक्त गरे। संघीयतावादी र पहिचानवादी शक्तिहरूलाई जनताले मन नपराएकै कारण उनीहरूको प्रभाव घटेको दाबी गर्दै व्यक्तिवादी चरित्र भएका कारण बालेन शाह सबैभन्दा लोकप्रिय बनेको बताए।

क्षेत्रीय र अन्तर्राष्ट्रिय सन्दर्भमा उनले दक्षिण एसियामा शक्ति सन्तुलन खलबलिन सक्ने सम्भावना बढ्दै गएको उल्लेख गरे। भारतमा देखिएको “कक्रोच विद्रोह” शक्तिराष्ट्रहरूको चलखेल हुन सक्ने उनको अनुमान थियो। साथै, एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हटाइएको विषय भ्रम हो कि भारतप्रति झुकाव हो भन्ने अझै स्पष्ट हुन बाँकी रहेको बताए। प्रा. केसीले चीनसँगको सम्बन्धमा पनि नेपालले अनावश्यक रूपमा तनाव सिर्जना गर्नु बुद्धिमानी नहुने उल्लेख गर्दै “चीनलाई जिस्काएर नेपालले काल खोजिरहेको हो कि भन्ने प्रश्न उठेको छ” भने।

mediabaaji add

सम्बन्धित खबर

राष्ट्रिय खेलाडीहरूको संघर्ष र अस्वीकारिएको योगदान

प्रस्तावना
राष्ट्रको इज्जत, पहिचान र गौरव शब्दहरू केवल इतिहासका पानामा सीमित छैनन् । ती आज पनि खेल मैदानमा पुनः–पुनः जन्मिन्छन् । जब कुनै खेलाडीले राष्ट्रको झण्डा काँधमा बोकेर मैदानमा पसिना...

जिबीलाई समातेर ल्याउन केले रोक्यो सरकार ?

काठमाण्डौँ । सहकारी नेटवर्किङ खडा गरेर लाखौं बचतकर्ताको अर्बौं रुपैयाँ खाएर फरार जिबी राई अहिलेसम्म फेला परेका छैनन् । पटकपटक सरकार फेरिएपनि अहिलेसम्म जिबीलाई खोजेर ल्याउन सकेको छैन । झन् बालेन्द्र साह नेतृत्वको सरकार बनेपछि जिबीको विषय सामसुम भएक...

नेपाल कालोसूचीमा गर्ने दिन घर्किँदै, अर्थमन्त्री वाग्ले आफ्नै पारामा !

रुषा थापा_______________

भक्तपुर ।   माघ महिना आउन आठ महिनामात्र बाँकी छ । आठ महिनाभित्र नेपाल ग्रेलिष्टबाट नहटे कालोसूचीमा पर्नेछ । वालेन्द्र शाह (वालेन) नेतृत्वको रास्वपा सरकार गठन भएको एक महिना पूरा भएको छ । यसबीचम...

राष्ट्रसेवक नै राष्ट्रलाई हानि पुर्याउँदै, सरकार रमिते !

रुषा थापा_____

भक्तपुर । दुई दशकअघि भक्तपुरको सल्लाघारी तीनकुने चौरअगाडि यातायात व्यवस्था सेवा कार्यालयको स्थापना भयो । बागमती प्रदेशको यातायात मन्त्रालयअन्तर्गत सञ्चालित उक्त कार्यालय घर भाडामा लिएर खुलेको थियो । कार्यालयले मासिक डेढ...

बालेन सरकारको चार महिनाः जनतामा आक्रोश र निराशा, देश ब्ल्याकलिष्टमा पर्ने खतरा !

अनुसा थापा_______

भक्तपुर । नेपाल सम्पत्ति शुद्धिकरणको ग्रे–लिष्टमा परेको १८ महिना भयो । २०८१ फागुन ९ गते नेपाल ग्रे–लिष्टमा परेकोमा दुई वर्षभित्र हटाइसक्नुपर्ने प्रावधान छ । ग्रे–लिष्टबाट निकाल्न अब पाँच महिना समय छ । सो अवधिम...

गाउँघरमा घट्दो कृषि जैविक विविधता र बढ्दो खाद्य सुरक्षाको चिन्ता

काठमाडौँ । “यसपाली कोदो कति फल्ने होला आमा ?”
” कहाँ बाबु! बिउ मासिएको त भयो दुई चार वर्ष ।”
“गहुँ त सर्लक्कै हराएर गयो नी! बजारको बिउ एक वर्ष छोडेर अर्...