बुधबार, ३१ भदौ २०८३
नेपाली

अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो

Main News Image

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित उच्च पदस्थ अधिकारीहरूलाई धम्की दिने प्रकाश पाठकलाई फिलिपिन्सबाट पक्राउ गरेर काठमाडौं ल्याइएको छ । उनलाई इन्टरपोलको सहयोगमा पक्राउ गरिएको हो । पाठकलाई बुधबार नेपाल ल्याइएको हो । 

काभ्रेका पाठकविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिएको थियो। नोटिस जारी भएपछि उनी फिलिपिन्समा भएको खुलासा भएको थियो । फिलिपिन्स प्रहरीले पक्राउ गरेर उनलाई इन्टरपोलमार्फत नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो ।

प्रहरीका अनुसार आफूलाई उग्रवादी संगठनको अध्यक्ष दाबी गर्ने पाठकले सामाजिक सञ्जाल फेसबुकमार्फत अख्तियार प्रमुख राईसहितका अधिकारीहरूलाई धम्की दिएका थिए । उनी भारत र इन्डोनेसिया हुँदै फिलिपिन्स पुगेका थिए।

mediabaaji add

सम्बन्धित खबर

एम्बुलेन्समा गाँजा तस्करी, तस्कर समाउन प्रहरीले चलायो गोली

विराटनगर । मोरङमा एम्बुलेन्स प्रयोग गरी गाँजा ओसार पसार गरेको पाइएको छ । प्रहरीले गाँजा कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको जनाएको छ । आइतबार राति करिब साढे ११ बजे मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले हवाई फायर गरी एम्बुलेन्समा लोड...

सीमावर्ती क्षेत्रमा निर्वाचन सुरक्षा कडाइ : अवैध कारोबार नियन्त्रणमा वृद्धि

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै रौतहटको सीमा नाकामा कडाइ गरिएको छ। निर्वाचनको मिति नजिकिदै गर्दा स्थानीय बासिन्दाका अनुसार, भारतीय भूमिबाट रौतहटतर्फ अवैध रूपमा हातहतियार, गोली, बारुद, पटक...

ट्राफिक सप्ताहको दोस्रो दिन: उपत्यकामा २० हजार हाराहारी सडक प्रयोगकर्तामा सुरक्षा सन्देश

काठमाण्डौँ ।  सडक दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै सञ्चालन भइरहेको ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ अन्तर्गत काठमाडौं उपत्यकामा दोस्रो दिन व्यापक सचेतनामूलक गतिविधि सञ्चालन गरिएको छ। अभियानबाट एकै दिन झण्डै १...

ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

काठमाण्डौँ । २४ घण्टामा दुई हजार २०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ३९ हजार राजस्व दाखिला भएको छ ।   काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १६८, नियमविपरी...

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

काठमाण्डौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् । मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अध्यक्ष श्रेष्ठलाई कागेश्वरी मनहरा नगरपालिकाबाट पक्राउ परेको हो । उनलाई बिमा सम्बन्धी कसुरमा पक्राउ गरिएको...

करिब ११ लाख बराबरको काँचो केरासहित ४ जना पक्राउ

काठमाडौँ । सुनसरीको हरिनगर गाउँपालिका–४ भुटहा बजारबाट प्रहरीले ११ लाख रुपैयाँभन्दा बढीको काँचो केरासहित चार जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाडिका चालक मोरङग रतुवामाई गाउँपालिका–८ का २२ वर्षीय प्रल्हाद दाहाल, मोरङग उर्लाबारी नगरपाल...