ग्यास अभाव हटाउन घरायसी र व्यावसायिक सिलिन्डर फरक बनाउने तयारी, ५० किलोसम्मको प्रस्ताव
काठमाडौँ । पटकपटक दोहोरिने खाना पकाउने एलपी ग्यासको अभाव दीर्घकालीन रूपमा समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले घरायसी र व्यावसायिक प्रयोजनका लागि फरक क्षमताका सिलिन्डर प्रयोग गर्ने तयारी थालेको छ । होटल, रेस्टुरेन्ट तथा रिसोर्टमा ठूलो परिमाणमा ग्यास खपत हुने तर घरायसी उपभोक्ताले प्रयोग गर्ने समान क्षमताका सिलिन्डरमा निर्भर रहनुपर्दा बजारमा अभाव हुने गरेको निष्कर्षसहित मन्त्रालयले नयाँ व्यवस्था अघि बढाउन गृहकार्य थालेको हो ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव जितेन्द्र बस्नेतले घरायसी र व्यावसायिक प्रयोजनका लागि फरक क्षमताका सिलिन्डर बनाउने विषयमा छलफल भइरहेको जानकारी दिए । अहिले एउटै प्रकृति र क्षमताका सिलिन्डर घरायसी तथा व्यावसायिक दुवै प्रयोजनमा प्रयोग हुँदा आपूर्ति व्यवस्थापनमा समस्या देखिएको उनको भनाइ छ ।
बस्नेतका अनुसार प्रारम्भिक प्रस्तावमा घरायसी प्रयोजनका लागि हालकै १४।२ किलो क्षमताको सिलिन्डर कायम राख्ने र व्यावसायिक प्रयोजनका लागि ५० किलोसम्मका सिलिन्डर प्रयोगमा ल्याउने विषय समेटिएको छ । यसका लागि ग्यास उद्योगी तथा नेपाल गुणस्तर तथा नापतौल विभागसँग छलफल भइरहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
बुढानीलकण्ठदेखि गोदावरीसम्म साइकल लेन बनाउने मेयर्स फोरमको निर्णय
काठमाण्डौँ । काठमाडौँ उपत्यका मेयर्स फोरमले बुढानीलकण्ठदेखि गोदावरीसम्म साइकल लेन बनाउने निर्णय गरेको छ । उपत्यकालाई स्मार्ट सिटी बनाउन अन्तरपालिका जोड्ने साइकल लेन निर्माण गर्ने निर्णय गरिएको मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरका मेयर चिरीबा...
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०९२,९३ सम्ममा सरकारी, सार्वजनिक र निजी क्षेत्रको समेत लगानीमा कुल २४ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ सार्वजनिक गरेको छ । सो रणनीतिमा यसअघि प्रस्ताव गर...
नेपाल एयरलाइन्सका दुई पाइलटलाई कारबाही
काठमाडौँ । उडान सञ्चालनसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले नेपाल वायुसेवा निगमका दुई पाइलटलाई ग्राउन्डेड गरेको छ । क्यानले शुक्रबार निगमलाई पत्र लेखेर वाइडबडी विमानका क्याप्टेन विजय...
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । यस्तै, यु...
मुग्लिन-मलेखु सडक स्तरोन्नतिको काम सुरू
काठमाडौँ ।वर्षासँगै चाडपर्वका कारण सामान्य काम मात्रै भएको मुग्लिन–मलेखु सडकको स्तरोन्नतीको कामले तिव्रता पाउन थालेको छ । असारपछि सडक स्तरोन्नतिको काम सुस्त भएको थियो । पानी पर्न छाडेर चाडपर्वसमेत सकिएपछि कामलाई तिव्रता दिन थालिएको हो । नागढ...
बुधबार विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...



