इरानी विद्यालयमा मारिएका १६५ बालिकाहरूको सार्वजनिक अन्त्येष्टि
काठमाडौँ । इरानी सहर मिनाबमा रहेको एक बालिका विद्यालयमा अमेरिकी र इजरायली आक्रमणमा मारिएका १६५ बालिकाहरूको सार्वजनिक अन्त्येष्टि भएको छ । मिसाइल आक्रमणमा परी एकैठाउँमा १६५ बालिकाहरूको मृत्यु भएको हो । उक्त सार्वजनिक अन्त्येष्टिमा हजारौँ मानिसहरू भेला भए । बुधबार इरानमाथि अमेरिका–इजरायल आक्रमणको पाँचौं दिन हो। इजरायली र अमेरिकी सेनाले आक्रमणलाई निरन्तरता दिँदै गएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तामासमेत नबस्ने भन्दै इरानी सुरक्षा प्रणाली ध्वस्त पारेरै छाड्ने प्रतिज्ञा लिएको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
कहाँ छन् राष्ट्रपति मादुरो ? उपराष्ट्रपतिले मागिन् जीवित रहेको प्रमाण
काठमाडौँ । अमेरिकी सैन्य आक्रमणपछि भेनेजुएलामा राजनीतिक र सुरक्षा सङ्कट चरम उत्कर्षमा पुगेको छ । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति निकोलस मादुरो र प्रथम महिला सेलिया फ्लोरेसबारे सरकारसँग हाल कुनै सूचना नभएको र उनीहरू कहाँ छन्...
पोल्याण्डको सीमा बलियो बनाउन जर्मनीले सेना पठाउने
काठमाडौँ । जर्मनीले पोल्याण्डको पूर्वी सीमा बेलारुस र रूसी भूभाग कालिनिनग्रादसँग जोडिएको बलियो बनाउन आफ्नो सेनाको एउटा समूह पोल्याण्डमा पठाउने निर्णय गरेको छ। मस्कोविरुद्धको लडाइँमा युक्रेनको बलियो समर्थक पोल्याण्डले ग...
चार वर्षदेखि जारी रूस–युक्रेनबीच अस्थायी युद्धविराम शुरू
काठमाण्डौँ । चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर पारेर रूस र युक्रेनबीच शनिबारदेखि छोटो अवधिको अस्थायी युद्धविराम लागू हुने भएको छ । अमेरिकी नेतृत्वमा भइरहेको शान्ति प्रयासहरू अपेक्षित रूपमा सफल हुन नसकेको सन्दर्भमा यो कदम...
माडागास्करमा जेनजी युवाले ल्यायो नयाँ मोड‘
काठमाडौँ । हिन्द महासागरको टापु राष्ट्र माडागास्करमा राष्ट्रपति एन्ड्री राजोएलिना विरुद्ध युवा पूस्ता जेनजी युवाले गर्दै आएको प्रदर्शन झन्(झन् चर्किंदै गएपछि राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भा...
रिपब्लिकन नियन्त्रित सिनेटमा इरान युद्ध विरुद्ध प्रस्ताव पारित
काठमाडौँ । अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरान विरुद्ध सैन्य कारबाही रोक्न वा जारी राख्नु अघि कंग्रेसको स्वीकृति लिन निर्देशन दिने युद्ध प्रस्तावलाई पारित गरेको छ । अमेरिकी सिनेटमा उनको रिपब्लिकन पार्टीको नियन्त्रण रहेकोले यसलाई ट्रम...
इरान युद्ध लम्बिँदा आर्थिक वृद्धिदर २ प्रतिशतभन्दा तल झर्न सक्ने आईएमएफको चेतावनी
काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले इरान युद्ध लामो समयसम्म जारी रहँदा र ऊर्जा मूल्य उच्च भइरहेमा विश्व अर्थतन्त्र मन्दीतर्फ धकेलिन सक्ने चेतावनी दिएको छ । आईएमएफको ‘वर्ल्ड इकोनोमिक आउटलुक’ प्रतिवेदनअनुसार युद्धले विश्व अर्थतन्त्रमा पुन...



