बुधबार, ३१ भदौ २०८३
नेपाली

कतारद्वारा स्विट्जरल्याण्डलाई रोक्दै विश्वकपमा ऐतिहासिक पहिलो अंक हासिल

Main News Image

काठमाण्डौँ । सान्ता क्लारा अमेरिका फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा कतारले अन्तिम क्षणमा गोल गर्दै स्विट्जरल्याण्डसँग १–१ को बराबरी खेलेको छ । योसँगै कतारले विश्वकपको इतिहासमा पहिलो पटक अंक हासिल गर्न सफल भएको छ । लेभीज स्टेडियममा सम्पन्न खेलमा स्विट्जरल्याण्डले १७औँ मिनेटमा अग्रता लिएको थियो । कतारी गोलरक्षक महमुद अबुनादाले रेमो फ्रेयुलरलाई फल गरेपछि प्राप्त पेनाल्टीलाई स्ट्राइकर ब्रिल एम्बोलोले सफलतापूर्वक गोलमा परिणत गर्दै टोलीलाई १–० को अग्रता दिलाए ।

पहिलो हाफभरि स्विट्जरल्याण्डले खेलमा दवाव कायम राख्यो । कतारले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन । स्विस टोलीले दोस्रो गोलका लागि थुप्रै अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न असफल रह्यो । खेलको अन्त्यतिर स्विट्जरल्याण्डले जीत निश्चित जस्तै बनाएको थियो । तर इन्जुरी समयमा कतारले नाटकीय पुनरागमन गर्यो । बायाँ विंगबाट आएको क्रसलाई कप्तान बुआलेम खोउखीले हेडमार्फत गोलमा परिणत गरे । पछि फिफाले उक्त गोललाई स्विस डिफेन्डर मिरो मुहेमको आत्मघाती गोल ९इधल न्यब०ि को रूपमा मान्यता दिएको थियो ।


mediabaaji add

सम्बन्धित खबर

पाराग्वेलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा

 काठमाण्डौँ । पाराग्वेलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको फिलाडेल्फिया स्टेडियममा सम्पन्न राउन्ड अफ १६ को खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

कप्ता...

काठमाडौँको जितसहित तालिकाको तेस्रो स्थानमा उक्लियो

काठमाडौँ । काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग ९एनपिएल० मा बिहीबार भएको बागमती डर्बीमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै तेस्रो जित दर्ता गरेको छ । पाँच खेलपछि काठमाडौँले ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा उक्लिए...

यी हुन् भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकप २०२६ खेल्ने २० टिम

काठमाडौँ । सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्ने सबै २० टिमको टुङ्गो लागेको छ । ओमानमा भइरहेको आईसीसी टी२० विश्वकप एसिया-इएपी छनोटबाट नेपाल, ओमान र युएईले विश्वकपमा स्थान बनाएपछि सबै २० टोलीको निर्णय भएको हो...

एनआरएनए अमेरिका बोल्यो : मन्त्री गुप्तालाई कुनै कार्यक्रममा बोलाइएको छैन

काठमाडौँ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका एनआरएनए अमेरिकाले मन्त्री बब्लु गुप्तासँग आफ्नो संस्थाको कुनै पनि औपचारिक सम्बन्ध नरहेको स्पष्ट गरेको छ । संघले आफ्नो नाम जोडेर मन्त्री गुप्ताको सहभागिता रहेको भनी प्रचार गरिएका विवर...

एनपीएलः आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । अपराह्न ४ः०० बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व...

सन्दीप लामिछाने बने नेपालको ओडिआई कप्तान्

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय ओडिआई कप्तानमा स्पिनर सन्दीप लामिछानेलाई नियुक्त गरेको छ । यसअघि ओडिआई र टी–२० दुवैको कप्तानको जिम्मेवारी सम्हाल्दै आएका रोहित पौडेललाई पदबाट हटाउँदै क्यानले सन्दीपलाई ओडिआईको...