बुधबार, ११ कात्तिक २०८३
नेपाली

भैरहवाको रोयल कालिङ्गा क्यासिनोमा छापा, जुवा खेल्ने पाँच नेपालीसहित ६ जना पक्राउ

Main News Image

काठमाडौँ । रुपन्देहीको भैरहवास्थित रोयल कालिङ्गा क्यासिनोमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सिपुर दाङको विशेष टोलीले छापा मारेर ६ जनालाई पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी भुपेन्द्र बहादुर खत्रीको निर्देशनमा सोही कार्यालयको विशेष टोलीले क्यासिनोमा छापा मारेर पाँच जना जुवाडे र उक्त क्यासिनोका पिट म्यानेजरलाई पक्राउ गरेर स्थानीय जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाएको छ ।

पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएका पिट म्यानेजर भारतीय नागरिक पारस भाटिया हुन् । २५ वर्षीय भाटियाको स्थायी ठेगाना भारतको हरियाणा प्रदेशको फरिदावाद हो । यसैगरी जुवा खेलिरहेको अवस्थामा फक्राउ परेका नेपालीहरूमा म्याग्दी, बेनी नगरपालिका–७, बेनी बजारका ४८ वर्षीय नारायण घर्ती, कास्कीको पोखरा महानगरपालिका–१५ का ४७ वर्षीय रोशन केसी र सोही उपमहानगरपालिका–१७ बिरौटामा ३९ वर्षीय सुदीप आचार्य छन् ।

यस्तै, रुपन्देहीको बुटवल उपमहानगरपालिका–६, नेपालगञ्ज रोडका ४६ वर्षीय रामु श्रेष्ठ र सोही उपमहानगरपालिका–३ सीमानगरका ३६ वर्षीय चन्द्र प्रसाद श्रेष्ठलाई पनि पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

mediabaaji add

सम्बन्धित खबर

ट्याक्टरमा लोड गरिएको ५ सय किलो गाँजासहित ९ जना पक्राउ

काठमाण्डौँ । भोजपुरबाट पाँच क्विन्टल गाँजासहित नौजना पक्राउ परेका छन् । हतुवागढी गाउँपालिका ९ मचुवाबाट ५ सय किलोग्राम गाँजासहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पक्राउ पर्नेमध्ये आमचोक गाउँपालिका ९ बस्ने २९ वर्षीय...

रौतहटको गौरमा कर्फ्यू आदेश जारी

काठमाडौँ । रौतहटको गौरमा दुइ समुदायबीचको झडप हुँदा प्रशासनले स्थिति नियन्त्रणमा लिनका लागि कर्फ्यू आदेश जारी गरेको छ । रौतहटको गौर नगरपालिका वडा नं ६ सपगडा टोलमा विवाहको बाजा बजाउदै गइरहेका जन्तीमाथि फरक समूदायले अवरोध खडा गरेपछि भएको विवादले उग्र...

प्रहरीलाई ठक्कर दिएर भारतीय नागरिक फरार

हेटौँडा । मदिरा सेवन मापसे गरी गाडी चलाइरहेका एक भारतीय नागरिकले ट्राफिक चेकजाँचका क्रममा प्रहरीलाई ठक्कर दिएर फरार भएका छन् । हेटौँडा उपमहानगरपालिका क्षेत्रमा पर्ने राप्ती पुल नजिकै ट्राफिक प्रहरी कार्यालय अगाडि नियमित मापसे चेकजाँचका क्रममा सो घ...

जेनजीमाथि कुटपिट गरेको आरोपमा दुई वडाअध्यक्षपछि एमालेका अर्का नेता पक्राउ

काठमाडौँ । बाराको सिमरामा जेनजीलाई कुटेको आरोपमा प्रहरीले नेकपा एमालेका थप एक नेतालाई पक्राउ गरेको छ । प्रहरीेले एमालेका स्थानीय नेता अरबिन्द साहलाई पक्राउ गरेको हो । जेनजी कुटेको आरोपमा यसअघि नै एमालेबाट निर्वाचित जित...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनस् पक्राउ गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई सोमबार प्रहरीले भक्तपुरस्थित घरबाटै पक्राउ गरेको हो । प्रसाईंलाई अहिले भद्रकालीस्थित जिल्ला प्रहरी...

जथाभावी हर्न बजाउने २०० चालक कारबाहीमा

काठमाडौँ । काठमाडौं उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत शनिबार जथाभावी हर्न बजाउने २०० भन्दाबढी सवारीसाधनका चालकलाई कारबाह...