भैरहवाको रोयल कालिङ्गा क्यासिनोमा छापा, जुवा खेल्ने पाँच नेपालीसहित ६ जना पक्राउ
काठमाडौँ । रुपन्देहीको भैरहवास्थित रोयल कालिङ्गा क्यासिनोमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सिपुर दाङको विशेष टोलीले छापा मारेर ६ जनालाई पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी भुपेन्द्र बहादुर खत्रीको निर्देशनमा सोही कार्यालयको विशेष टोलीले क्यासिनोमा छापा मारेर पाँच जना जुवाडे र उक्त क्यासिनोका पिट म्यानेजरलाई पक्राउ गरेर स्थानीय जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाएको छ ।
पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएका पिट म्यानेजर भारतीय नागरिक पारस भाटिया हुन् । २५ वर्षीय भाटियाको स्थायी ठेगाना भारतको हरियाणा प्रदेशको फरिदावाद हो । यसैगरी जुवा खेलिरहेको अवस्थामा फक्राउ परेका नेपालीहरूमा म्याग्दी, बेनी नगरपालिका–७, बेनी बजारका ४८ वर्षीय नारायण घर्ती, कास्कीको पोखरा महानगरपालिका–१५ का ४७ वर्षीय रोशन केसी र सोही उपमहानगरपालिका–१७ बिरौटामा ३९ वर्षीय सुदीप आचार्य छन् ।
यस्तै, रुपन्देहीको बुटवल उपमहानगरपालिका–६, नेपालगञ्ज रोडका ४६ वर्षीय रामु श्रेष्ठ र सोही उपमहानगरपालिका–३ सीमानगरका ३६ वर्षीय चन्द्र प्रसाद श्रेष्ठलाई पनि पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बुझाइएको प्रहरीले जानकारी दिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सत्यको खोजमा समर्पित पत्रकार जीवन शर्मालाई ‘खोजी पत्रकारिता सम्मान’
काठमाण्डौँ । खोज पत्रकारितामार्फत सामाजिक न्याय, सुशासन र जनचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएको भन्दै खोज पत्रकार जीवन शर्मा सम्मानित भएका छन्। नेपाली समाजका ओझेलमा परेका सत्य, उत्पीडित समुदायका पीडा तथा भुइँमान्छेका आवाजलाई...
मधेस प्रहरीका घुमुवा तानिए छानबिनमा, तस्करीसँग जोडिएको आरोप
वीरगञ्ज । प्रहरी प्रधान कार्यालयले मधेस प्रदेश प्रहरी मातहत कार्यरत ३१ जना घुमुवा प्रहरीलाई छानबिनका लागि तानेको छ । प्रधान कार्यालय, प्रशासन शाखाको पत्रपछि उनीहरूलाई केन्द्रमा बोलाइएको हो । स्रोतका अनुसार सीमा नाकामा हुने अवैध ओसारपसार व्यवस्थापन...
सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजार ६ सय भन्दा बढी जनशक्ति
काठमाडौँ । सशस्त्र प्रहरी बल हेडक्वार्टरबाट निर्वाचन सुरक्षार्थ एक हजार ६०० भन्दाबढी जनशक्ति जिल्लामा खटिएका छन् । सशस्त्र प्रहरी मुख्यालय हलचोकबाट आज देशका विभिन्न जिल्लामा फौज पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ
काठमाडौँ । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ परेका छन् । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ मङगलबारे बस्ने मान बहादुर दर्जी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय मिलिग्राम सहित शनिबार बेलुकी प्रहरीले पक...
थानकोटमा भिनाजुको चक्कु प्रहारबाट सालोको मृत्यु
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ थानकोटमा एक दुःखद पारिवारिक घटना सार्वजनिक भएको छ । महोत्तरी घर भई हाल थानकोट बस्दै आएका भिनाजु समी अहमद र सालो जाकिर मन्सुरीबीचको सामान्य घरायसी झगडाले उग्र रूप लिँदा मन्सुरीले ज्यान गुमाउनुपरेको छ ।<...
पशुपतिमा चिम्टाले हानेर युवकको हत्या, १ भारतीयसहित २ जना पक्राउ
काठमाण्डौा । पशुपतिनाथ मन्दिर परिसरमा एक युवकको हत्या गरेको अभियोगमा एक भारतीयसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । यही फागुन ६ गते राति पशुपति–१५ शिवालय मन्दिरको उत्तरतर्फबाट दोस्रो मन्दिरभित्र सङ्खुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरी मृतावस्...



