शनिबार, १० असोज २०८३
नेपाली

पश्चिमी भूभागमा आज र भोलि वर्षाको गतिविधि अझै बढ्ने, अन्यत्र के हुन्छ ?

Main News Image

काठमाण्डौँ । देशका अधिकांश भूभागमा अहिले वर्षा भइरहेको छ । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी र लुम्बिनी आसपासका क्षेत्रमा भने तुलनात्मक रूपमा बढी वर्षा भइरहेको छ।

पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारीदेखि धेरै भारी वर्षासमेत मापन भएको मौसमविद् रोजन लामिछानेले बताए।

काठमाडौं लगायतका अधिकांश ठाउँमा दुई दिनदेखि लगातार पानी परिरहेको छ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली भारत प्रवेश गरेपछि यसको प्रभावले नेपालसम्म पानी पारेको हो ।

mediabaaji add

सम्बन्धित खबर

देशका विभिन्न भूभागमा बदली, वर्षा र हुरीको सम्भावना : सतर्क रहन महाशाखाको आग्रह

काठमाडौँ । नेपालको उपल्लो वायुमण्डलमा विकसित पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पूर्वदेखि पश्चिमसम्म सक्रिय रहेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण मुलुकका विभिन्न क्षेत्रमा मौसममा व्यापक परिवर्तन आउने प्रक्षेपण गरिएको छ । जल तथा म...

आज यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ।

जसको  प्रभावले हाल देशभर अ...

रसुवाबाट फेरि बाढी आएको सूचनापछि काठमाडौं–मुग्लिन सडक बन्द

काठमाडौँ । रसुवाबाट फेरि बाढी आएको सूचना प्राप्त भएपछि प्रहरीले नदी तथा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । चितवन जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै नदीजन्य तटीय क्षेत्रका सम्पूर्ण बासिन्दाल...

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ ।  हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेकाले हाल देशभर सामान्य बदली रही केही स्थानमा मध्यम वर्षा भइरहेको...

कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला

इनरुवा । पूर्वी पहाडि तथा तराईका जिल्लामा भएको लगातार बर्षाका कारणले कोशी नदीमा कोशी ब्यारेज भएर वग्ने पानीको बहावमा बृद्धि भएको छ। कोशी ब्यारेज भएर वग्ने पानीको बहाव १ लाख ८५ हजार १३० क्युसेक प्रतिसेकेण्ड रहेको छ।

पानीको बहाव उच्च भएपछि कोश...

आज पाँच जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज असार १८ गते पाँच जिल्लामा बाढीको जोमिख रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । आज कञ्चनपुर, कैलाली, रुपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम र आसपासका जिल्ला भई बहने स–...