देशभरका राजमार्गमा वर्षाको कहर : कान्तिलोकपथ खुल्यो, अरनिको र मेचीसहितका सडक अवरुद्ध
काठमाडौँ । मुलुकभर भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गहरूमा पहिरो जाने, ढुङ्गा खस्ने तथा बाटो हिलो हुने समस्याले यातायात सेवा प्रभावित बनेको छ । नेपाल प्रहरीका अनुसार मकवानपुरको कान्तिलोकपथ भने पहिरो पन्छाएपछि आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।
बुधबार साँझ मकवानपुरको बकैया गाउँपालिका ११ घट्टेपाखास्थित कान्तिलोकपथ सडकखण्डमा सडकमाथिबाट पहिरो खस्दा उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो । वर्षायामको जोखिमलाई मध्यनजर गर्दै विभिन्न राजमार्गहरूमा रात्रि सेवामा प्रतिबन्ध समेत लगाइएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
बुझाइयो कार्की आयोगको प्रतिवेदन, कस-कसलाई भयो कारबाहीको सिफारिस ?
काठमाडौँ । बहुप्रतिक्षित कार्काी आयोगको प्रतिवेदन सरकारलाई बुझाइएको छ । भदौ २३ र २४ गतेका दिन भएका घटनामा मानवीय र भौतिक क्षतिको अनुसन्धान गर्न मन्त्रिपरिषद्ले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । सिंहदरबारमा...
आज कति छ काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ?
काठमाडौँ । देशभर दैनिक चिसो बढिरहेको छ । काठमाडौं उपत्यकामा पनि न्यूनतम तापक्रम घट्दै गएको छ । आज बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७।० डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
देशभर मनसुनी वायुको प्रभाव : पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले विभिन्न स्थानमा वर्षा र मौसम बदलीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानमै अवस्थित रहेको छ ।
हिमाली भूभागमा वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । देशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । देशको पहाडी र हिमाली...
मनसुनमा विशेष सतर्कता अपनाउन आग्रह : २४ घण्टामा विपद्का ४७ घटना, ३ जनाको मृत्यु
काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशभर बाढी, पहिरो, डुबान, चट्याङ र सर्पदंश जस्ता विपद्को जोखिम बढेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आम नागरिकलाई विशेष सावधानी अपनाउन अपिल गरेको छ ।
प्राधिकरणले जनधनको सुरक्षालाई प...
कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा बादल, केही ठाउँमा वर्षा हुने
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महशाखाले जनाएको छ । महशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशको पहाडी र तराई भूभाग...



