‘राजनीति अयोग्यहरूको गुटले खेल्ने खेल हो ‘- सुरेश आचार्य (समाजसेवी)
काठमाडौँ । धादिङ जिल्लाको धुनिबेसी नगरपालिका ६ ,मा वि सं२०२९ मा जन्मनुभएका सुरेश आचार्य सानै उमेरदेखि राजनीतिप्रति सचेत हुनुहुन्छ । किशोर अवस्थामा विभिन्न सामाजिक कामहरूमा अग्रसर रहेर पछिल्लो समय युवा अवस्थामा आफू आवद्ध रहेको राजनीतिक दल नेकपा एमालेले स्थानीय चुनावमा दुईपटकसम्म धुनिबेसीको नगरप्रमुख र सङ्घीय चुनावमा प्रदेश सांसद धादिङ जिल्ला १ क मा उम्मेदवारको रुपमा सिफारिस भएतातापनि पार्टीको आन्तरिक चलखेलको कारण टिकट प्राप्त हुन सकेन निरन्तर रुपमा राजनीतिमा सक्रिय समाजका यस्ता व्यक्तित्वलाई राजनीतिले आफ्नै पार्टी भित्र पनि गुट तथा उपगुटको टकरावको कारण कसरी व्यक्तिको भूमिकालाई कमजोर बनाइन्छ र असल व्यक्तिलाई राजनीति सुहाउँदैन र राजनीतिमा पद र कुर्सीको प्राप्ति भन्ने कुरा कत्तिसम्म निर्मम हुन्छ भन्ने कुराको यो एउटा विशेष ज्वलन्त उदाहरण हो ।
जनताबिच रुचाईएको , योग्य व्यक्तिलाई पार्टीमा कसरी दबाएर राखिन्छ भन्ने कुरालाई उहाँले आफ्नो जीवनमा नजिकबाट महसुस गर्नुभएको छ। सदैव जनताको दैलोमा जनताकै समस्याहरू बीचमा रहेर त्यसको समाधान खोज्दै सामाजिक कार्यमा सक्रिय उहाँलाई पार्टीले आन्तरिक कमिटी चयनमा समेत कहिल्यै पनि योग्य सम्झेर उचित स्थान दिएन त्यसैले उनले राजनीतिलाई एउटा गुट उपगुटको फोहोरी खेल र राजनीति योग्य व्यक्तिले भन्दा अयोग्य व्यक्तिहरूको समूहले खेल्ने फोहोरी खेलको रुपमा लिनुभएको छ । किसान , मजदुर तथा सर्वहारा वर्गको हक हितका लागि सदैव मरिमेट्ने आचार्य विशेषगरी राजनीतिलाई समाजसेवाको रुपमा लिन्छन् पद तथा कुर्सीको लागि लोभ नगर्ने उहाँ चुनावी समयमा उम्मेदवारको रुपमा उम्मेदवारी दिने तयारीमा रहेतापनि पार्टीको कमजोर भूमिकाको कारण उहाँले विभिन्न मौकाहरू गुमाउनु भएका छन् । धादिङ जिल्लामा भएका विशाल जनसभा लगाएतका वृहत् कार्यक्रम आचार्यकै अध्यक्ष , सभापतित्वमा सम्पन्न भएका थिए । नेकपा एमाले अध्यक्ष केपी ओली लगायत शिर्ष तहका नेताहरू वहाँको नेतृत्वमा भएको कार्यक्रममा उपस्थित हुनुभएको धेरै उदाहरणहरू छन् । ‘विकासको पूर्वाधार भनेकै इमान्दार सरकार हो’, भन्ने आचार्यको बुझाई छ, ‘राज्यका सबैले अनुशासित भएर कानून पालना गर्ने हो भने मात्रै देश विकासको पथमा अगाडि बढ्छ ।’ नेताहरू अनुशासनहिन बन्नु, सत्ता र पदका लागि लुछाचुँडी गर्नु, राजनीतिक दल अपराधीको संरक्षणस्थल बन्नु, कानुूनको पालना नगर्नु नै देशको विकास र समृद्धि रोक्ने प्रमुख कारण भएको आचार्य बताउनुहुन्छ ।
उपयुक्त समय र स्थानमा सही किसिमले सही जनपरिचालन गरी विकास निर्माणमा जुट्न समस्त राजनीतिकर्मीमा अपिल गर्नुहुने कम्युनिष्ट योद्धा आचार्यले विभिन्न सन्दर्भमा सयौं सभा सम्मेलनको प्रमुख भएर काम गरिसक्नुभएको छ । राष्ट्रिय संगित कर्मि संघ धादिङको वरिष्ठ सल्लाहकार ,नेकपा एमाले धादिङ जिल्ला कमिटी सचिववालय सदस्य हुनुहुन्थ्यो ।
विभिन्न साँस्कृतिक कार्यक्रमहरू, सभा सम्मेलन, भेला गोष्ठीलागयतका राजनीतिक कार्यक्रमहरूमा प्रमुख वक्ता भएर प्रशिक्षण दिने कार्यमा समेत उतिकै सक्रिय रहनुभएका आचार्यले जनवर्गीय संगठनकै माध्यमबाट भारत, चीन, बंगलादेश, इन्डोनेसिया, सिंगापुरलगायतका देशमा प्रशिक्षण दिने तथा लिने कार्यमा सहभागी भएर एक कुशल राजनीतिक व्यक्तित्वको छवि निर्माण गरिसक्नुभएको छ । विभिन्न जनवर्गीय संगठनहरुमा रहेर सक्रिय भूमिकामा कार्यदक्षता प्रस्तुत गरिरहनुभएका आचार्य हाल नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ फापुनका केन्द्रीय कमिटी सदस्यमा क्रियाशील हुनुहुन्छ । देश विकासमा हर समय चिन्तन र क्रियाशील भइरहने आचार्य तत्कालीन नेकपा एमाले धादिङ जिल्ला कमिटी सदस्य एवं मजदुर जिल्ला इन्चार्जका साथै बुटवलमा भएको तत्कालीन नेकपा एमालेको आठौँ महाधिवेशनको प्रतिनिधिसमेत हुनुहुन्थ्यो ।
ट्रक यातायात व्यवसायी संघ नेपालका केन्द्रीय सल्लाहकार रहनुभएका उहाँले विशेष गरेर मजदुरको हकहितका लागि सक्रियता देखाइरहनु भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती अञ्चल कमिटी उपाध्यक्ष नेपाल ट्रेड यूनियन महासंघ ९जिफन्ट० धादिङका संस्थापक अध्यक्ष रहनुभएका उहाँले विभिन्न श्रमिकहरुको हकहितको संरक्षण तथा विभिन्न साँस्कृतिक धरोहरको अध्ययन अनुसन्धानका शिलसिलामा नेपालका धेरै भागको भ्रमण गरिसक्नुभएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि उपयुक्त पर्यटनको सम्भावना बोकेका देवालय, तीर्थालय, नदी, झरणा, जलासय, तालतलैया वन वनस्पतिको अध्ययन भ्रमणका सिलसिलामा ७७ जिल्लाको भ्रमण अध्ययन गर्दै हालपनि त्यस क्षेत्रमा उत्तिकै क्रियाशील रहनुभएको छ । नेपाल पोल्ट्री व्यवसायी भलाई संघको वरिष्ठ सल्लाहकारका रुपमा कार्यानुभव सम्हालिसक्नु भएका आचार्य स्वास्थ्य सरसफाई, रक्तदान लगायतका सामाजिक सेवामा सक्रिय भई समाज र नागरिकप्रतिको जिम्मेवारी वहन गरिरहनु भएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धादिङको अध्यक्ष ४ कार्यकालसम्म र केन्द्रीय श्रम सम्बन्ध विभागको सदस्य, नेपाल ट्रेड यूनियन महासंघ ९जिफन्ट० तत्कालीन बागमती कमिटी सदस्यका रुपमा धादिङ, नुवाकोट र रसुवा जिल्लाको इन्चार्जको रुपमा सफलतापूर्वक दुई कार्यकाल, धादिङ जिल्लाको राजमार्गमा हुने दुर्घटना र त्यसबाट उद्वारका लागि स्थापना गरेको एम्बुलेन्स तथा शव वाहन सेवा समितिको अध्यक्ष रही आठ वर्ष समाजसेवामा क्रियाशील रहनुभएका थिए । यस्ता विभिन्न सामाजिक गतिविधिहरूमा क्रियाशील रहनुभएका आचार्यले आफ्नो आगामी दिन विशुद्ध समाजसेवामा समर्पण गरेर बिताउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सबै दलको देश बनाउने नारा, देश चाँहि नरहने अवस्थामा !
रुषा थापा
भक्तपुर । सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा नेपाल परेको २० महिना भएको छ । २०८१ पmागुन ९ गते मुलुक ग्रे लिस्टमा परेको थियो । ग्रे लिस्टबाट निस्कन अब चार महिनामात्र हामीसँग छ । आउँदो माघभित्र नेपाल ग्रे लिस्टबाट हट्न नस...
एउटै सरकारको दुईटा कानुनः बैंक तथा वित्तिय संस्थालाई मनलाग्दी ब्याज उठाउँदा छुट, व्यक्तिलाई जेल !
अनुसा थापा______
भक्तपुर । सरकार एउटै, कानुन छुट्टै ! प्रसंग हो, ब्याजदरको । बैंक तथा वित्तिय संस्थालाई सरकारले आफैं ब्याजदर तोक्ने अधिकार दिएको छ । बैंक, फाइनेन्स, सहकारी, लघुवित्तले आफैं ब्याजदर तोक्छ । व्यक्तिको हकमा सरकारले...
जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियो : जेनजी अगुवा हमाल
काठमाडौँ । जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त लिली थापासँग भेट गरी जेनजी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन, मानव अधिकारको अवस्था तथा राज्यको जवाफदेहिताबारे विस्तृत छलफल गरेका छन् ।
आयुक्त थाप...
राष्ट्रिय खेलाडीहरूको संघर्ष र अस्वीकारिएको योगदान
प्रस्तावना
राष्ट्रको इज्जत, पहिचान र गौरव शब्दहरू केवल इतिहासका पानामा सीमित छैनन् । ती आज पनि खेल मैदानमा पुनः–पुनः जन्मिन्छन् । जब कुनै खेलाडीले राष्ट्रको झण्डा काँधमा बोकेर मैदानमा पसिना...
हात्ती आयो हात्ती आयो फुस्सा भयो सङ्घीयता
© हरि खतिवडा
काठमाडौँ । नेपालीमा एउटा उखान छ नि “भूँइको टिप्न खोज्दा पोल्टाको खस्यो “हो त्यस्तै बाटोमा लम्किरहेका छौँ हामी ।अरु देशले आफ्नो सँस्कृतिलाई मोडिफाई गर्दै विश्वलाइ आफ्नोपन चखाउँछन् ,हाम...
स्वास्थ्य बीमाः हुनेखानेले उपभोग गर्दा राज्य कंगाल, गरिब उपचारबाट वञ्चित, अब चाँहि मापदण्ड बनाउने कि !
रुषा थापा________
भक्तपुर । पछिल्लो समय घरैपिच्छे रोगी भेटिन्छन् । एउटै घरमा विभिन्न रोगबाट पीडितहरु हुन्छन् । ग्याट्रिक, सुगर, प्रेसर त मानिसका निम्ति सामान्यजस्तै रोग बनिसकेको छ । जोकोही यी रोगबाट ग्रसित देखिन्छन् । यसबाहेक क...



