रामेछापको बस दुर्घटना : मृतकको पोष्टमार्टम हुन सकेन
रामेछाप । रामेछापको मन्थली नगरपालिका ६ स्थिति तामाकोसी नदीमा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाको बुधबार बिहानसम्म पनि पोष्टमार्टम हुन सकेको छैन । बसको सञ्चालक पूर्व अरनिको यातायात प्रालि आधिकारी प्रतिनिधि सम्पर्क र छलफलमा नआउँदा पीडित परिवारको माग सम्बोधन हुन नसकेको कारण पोष्टमार्टमको काम अघि बढ्न नसकेको हो ।
‘समितिका मान्छे सम्पर्कमा आएका छैनन्, कम्तीमा उनीहरूले मृतक र घाइतेको परिवारलाई के कस्तो सहयोग गर्न सक्ने भन्ने कुरा प्रष्ट भनिदिए थप प्रक्रिया अघि बढ्ने थियो’, मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले भने ।
पीडितका आफन्तहरूसँग मंगलबार राति अबेरसम्म स्थानीय प्रशासनले छलफल गरेको थियो। स्थानीयले यातायात प्रालिका प्रतिनिधि अनुपस्थित हुँदासम्म विषय नटुङ्गिने अडान राखेपछि वार्ता त्यतिकै टुङ्गिएको थियो । कम्पनीका अधिकारीहरू नआएका कारण आज पनि थप छलफल अघि बढ्न सकेको छैन। मृतकका आफन्तहरू मन्थली बजारमा अलपत्र अवस्थामा छन्। दुर्घटनामा ज्यान गुमाएका १२ मध्ये ८ जनाको शव मन्थली नगर अस्पतालको पोष्टमार्टम गृहमा राखिएको छ भने ४ वटा शव रामेछाप अस्पतालमा राखिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
रसुवागढीको सुरुङभित्र कोही भेटिएनन्, सेनाको उद्धार टोली धुन्चे फर्कियो
रसुवा । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र गरिएको खोजी कार्यमा कोही मानिस फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली फर्किएको छ । बाढीपछि सुरुङको अन्तिम भागमा मानिसहरू फसेको हुनसक्ने आशंका गरिएप...
भोटेकोशी बाढीको उपद्रव : महोत्तरीका सम्पर्कविहीन परिवारमा हरायो चाडपर्वको खुसी
महोत्तरी । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि निरन्तर सांस्कृतिक उत्सव तथा परम्परागत चाडपर्वहरू आइरहे पनि महोत्तरीका सम्पर्कविहीन परिवारका घरमा भने कुनै रौनकता छाउन सकेको छैन। भदौ १० गतेको बाढीयता परिवारका सदस्य बेपत्ता भएपछि ती घरहरूमा आँसु र व...
मुक्तकमैयालाई जग्गा दिन अदालतको आदेश
काठमाण्डौँ । उच्च अदालत तुलसीपुरले मुक्तकमैया तथा भूमिहीन सुकुमवासीले प्राप्त गरेको जग्गाको अंशबण्डा, नामसारी, दर्ता तथा बसोबास व्यवस्थापनका सम्बन्धमा आदेश जारी गरेको छ । न्यायाधीशद्वय मदन पोखरेल र शकुन्तला घिमिरेको संयुक्त इजलासले भूमि प्रश...
उत्तरी गोरखामा हिमपात हुँदा मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक प्रभावित
गोरखा । उत्तरी गोरखाका विभिन्न गाउँमा हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा गए रातिदेखि हिमपात भइरहेको त्यहाँका स्थानीयले जनाएका छन् । हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुब्री गाउँपालिका–७...
टुँडिखेलमा मनाइयो २६३ औँ सेना स्थापना दिवस
काठमाडौँ । नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा महाशिवरात्रि विविध कार्यक्रम गरी मनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना भएको विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभ...
महाशिवरात्रीको दिन बिहान २ बजे नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुल्ला गरिने
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले विभिन्न उपसमितिमार्फत महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा...



