रामेछापको बस दुर्घटना : मृतकको पोष्टमार्टम हुन सकेन
रामेछाप । रामेछापको मन्थली नगरपालिका ६ स्थिति तामाकोसी नदीमा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाको बुधबार बिहानसम्म पनि पोष्टमार्टम हुन सकेको छैन । बसको सञ्चालक पूर्व अरनिको यातायात प्रालि आधिकारी प्रतिनिधि सम्पर्क र छलफलमा नआउँदा पीडित परिवारको माग सम्बोधन हुन नसकेको कारण पोष्टमार्टमको काम अघि बढ्न नसकेको हो ।
‘समितिका मान्छे सम्पर्कमा आएका छैनन्, कम्तीमा उनीहरूले मृतक र घाइतेको परिवारलाई के कस्तो सहयोग गर्न सक्ने भन्ने कुरा प्रष्ट भनिदिए थप प्रक्रिया अघि बढ्ने थियो’, मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले भने ।
पीडितका आफन्तहरूसँग मंगलबार राति अबेरसम्म स्थानीय प्रशासनले छलफल गरेको थियो। स्थानीयले यातायात प्रालिका प्रतिनिधि अनुपस्थित हुँदासम्म विषय नटुङ्गिने अडान राखेपछि वार्ता त्यतिकै टुङ्गिएको थियो । कम्पनीका अधिकारीहरू नआएका कारण आज पनि थप छलफल अघि बढ्न सकेको छैन। मृतकका आफन्तहरू मन्थली बजारमा अलपत्र अवस्थामा छन्। दुर्घटनामा ज्यान गुमाएका १२ मध्ये ८ जनाको शव मन्थली नगर अस्पतालको पोष्टमार्टम गृहमा राखिएको छ भने ४ वटा शव रामेछाप अस्पतालमा राखिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
काठमाडौंका मेयर बालेनलाई पितृशोक
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनका बुवा रामनारायण शाहको निधन भएको छ । अस्वस्थ भएसँगै आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भइ भेन्टिलेटरमा उपचाररत शाहको सोमबार मध्यान्ह निधन भएक...
१६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिजको संख्या १८ जोडी
म्याग्दी । कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । सङ्घले हालै मुुस्ताङ...
पाठ्यपुस्तक छपाइ ठप्प, आगामी शैक्षिक सत्र प्रभावित हुने जोखिम
काठमाडौँ । सरकारको ढिलासुस्तीका कारण आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइको कार्य पूर्ण रूपमा प्रभावित बनेको छ । सरकारले विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन गर्ने तयारी गरे पनि अन्तिम रूप नदिँदा पाठ्यपुस्तक छपाइको काम प्रभावित बनेको हो ।
हिम्लुङ हिमपहिरो : थप ८ जनाको शव भेटियो, मृतकको संख्या १५ पुग्यो
मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका ५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी हराइरहेकामध्ये बिहीबार थप आठ जनाको शव भेटिएको छ। योसँगै गत असोज ११ गते गएको हिमपहिरोमा परी ज्यान गुमाउने आरोहीको संख्या १५ पुगेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी...
हेटौंडा बजारमा सडक विस्तार सुरु, यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने
हेटौंडा । पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथअन्तर्गत हेटौंडा बजार क्षेत्रमा सुरु भएको सडक विस्तारका कारण यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने भएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले मुख्य बजार क्षेत...
आज विश्व खाद्य दिवस, प्रविधिमार्फत खाद्य सुरक्षा सुनिश्चित गर्न जोड
३० असोज, काठमाडौँ । विश्वभर आज विभिन्न कार्यक्रम गरी विश्व खाद्य दिवस मनाइंदैछ । हरेक वर्ष अक्टोबर १६ मा मनाइने यस दिवसले भोकमरी र कुपोषण अन्त्य गर्दै सबैका लागि पर्याप्त, सुरक्षित र पौष्टिक खाद्य पदार्थको उपलब्धता सुनिश्चित गर्नुपर्ने आवश्यकतामा...



