शुक्रबार, ०८ साउन २०८३
नेपाली

डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह

Main News Image

काठमाडौँ । जेनजेड आन्दोलनका नेता रवि किरण हमालले चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसी २४औँ सत्याग्रहमा बस्नुअघि नै सरकारले तत्काल वार्ता गरी उनका जायज माग सम्बोधन गर्नुपर्ने बताएका छन् । लोकतान्त्रिक शासन व्यवस्थामा नागरिकलाई पटक–पटक अनशन र आन्दोलनमा उत्रिन बाध्य पार्नु राज्यको कमजोरी भएको उनको भनाइ छ ।

डा. गोविन्द केसीले सरकारसँग भएका विगतका सम्झौताहरू कार्यान्वयन नभएको तथा आफ्ना मागप्रति बेवास्ता गरिएको भन्दै बिहीबार दिउँसो ३ बजे कैलालीको धनगढीस्थित कृष्ण मन्दिर धर्मशालाबाट २४औँ सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् ।

हमालले सरकारले डा. केसीले दिएको समयसीमाभित्रै वार्तामार्फत समाधान खोज्नुपर्नेमा त्यसो हुन नसकेकोप्रति दुःख व्यक्त गर्दै शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गर्दा त्यसले झन् व्यापक रूप लिन सक्ने इतिहासले देखाइसकेको बताए। उनले भारतमा सोनाम वाङचुकको सत्याग्रहबाट पनि सरकारले समयमै संवाद र समाधानको महत्त्व बुझ्नुपर्ने उल्लेख गरे ।

डा। केसीले यसअघि साउन ५ गतेसम्म आफ्ना माग सम्बोधन गर्न सरकारलाई समय दिएका थिए। तर सरकारले कुनै चासो नदेखाएपछि आफू पुनः सत्याग्रहमा बस्न बाध्य भएको उनका सहयोगी डा। अमृत जैसीले बताएका छन् । डा. केसीले जारी गरेको विज्ञप्तिमा सरकारको संवेदनहीनताका कारण उत्पन्न हुन सक्ने जुनसुकै जटिल परिस्थितिको जिम्मेवारी वर्तमान सरकारले लिनुपर्ने उल्लेख गर्दै नागरिकको स्वास्थ्य अधिकार र गुणस्तरीय चिकित्सा शिक्षाको संरक्षणका लागि आफू पुनः अनशनमा उत्रिएको जनाएका छन् ।

यसपटक डा. केसीले दशरथचन्द मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा नियमविपरीत तथा स्वार्थ बाझिने गरी गरिएका नियुक्तिहरू तत्काल खारेज गर्न, ऐनका विवादित प्रावधानहरू संशोधन गर्न, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने तथा मापदण्ड नपुगेका निजी मेडिकल कलेजहरूमा सिट वृद्धि गर्ने प्रस्ताव रोक्न माग गरेका छन् । साथै राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को मर्मअनुसार चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउन र विगतमा सरकारसँग भएका सबै लिखित सम्झौताहरू इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्ने उनको माग छ ।

उनले सुदूरपश्चिम तथा सीमावर्ती क्षेत्रका नागरिक स्वास्थ्य, शिक्षा र रोजगारीका लागि भारतमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गरी स्वदेशमै गुणस्तरीय सेवा र पूर्वाधार विस्तार गर्न सरकारसँग आग्रह गरेका छन् । साथै २०८२ भदौमा भएका जघन्य हत्या तथा लुटपाटका घटनाका दोषीलाई कडा कारबाही गर्न, तथा २०४६ सालयता उच्च पदमा रहेका राजनीतिज्ञ र पदाधिकारीहरूमाथि भएका भ्रष्टाचार तथा आपराधिक गतिविधिको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने माग पनि उनले अघि सारेका छन् ।


हमालले लोकतन्त्रको सफलता आन्दोलनको संख्या बढ्नुमा नभई जनताका समस्या समयमै समाधान हुनुमा रहेको उल्लेख गर्दै सक्षम राज्य भनेको संकट सिर्जना भएपछि प्रतिक्रिया दिने होइन, नागरिकलाई आन्दोलन वा अनशनमा बस्नुपर्ने अवस्था आउन नदिने राज्य भएको बताए । उनले सरकारलाई तत्काल डा। गोविन्द केसीसँग संवाद सुरु गरी विगतका सबै सम्झौताहरू कार्यान्वयन गर्न र स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सुधारका मागहरू यथाशीघ्र सम्बोधन गर्न आग्रह गरेका छन् ।

mediabaaji add

सम्बन्धित खबर

श्रम शोषणविरुद्ध डाक्टर सडकमा

काठमाडौँ । युवा तथा प्रशिक्षार्थी चिकित्सकहरूले श्रम शोषणको अन्त्य, उचित पारिश्रमिक तथा सम्मानजनक कार्य वातावरणको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा उनीहरूले ‘युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण बन्द गरौँ’, ‘...

अस्पतालमा जथाभावी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयलको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, ताताबन्दी र अन्य कानुनविपरीत गतिविधि नगर्न निर्देशन दिएको छ । बुधबार जारी विज्ञप्तिमा मन्त्रालयले पछिल्लो समय केही व्यक्तिहरूले अनुमति बिना अस्पताल पर...

चारवटा विद्यालयमा ‘साना डाक्टर कार्यक्रम’ सञ्चालन गर्दै काठमाडौं महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालबालिकाहरुमा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्धन गर्न विद्यालयहरुमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ। यसको प्रारम्भ चारवटा सामुदायिक विद्यालयहरुमा नमूना कार्यक्रममार्फत हुने महानगरपालिकाका कार्यवाहक...

नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त भएकी छन् । शुक्रबार वास्थ्य तथा जनसंख्या मन्त्रालयले रानालाई नयाँ अध्यक्षका रूपमा नियुक्त गरेको हो । निवर्तमान अध्यक्ष सरला केसीको कार्यकाल सकिएपछि उनलाई...

विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो । दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना...

बाजुरामा १८ सय किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

बाजुरा । पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध यहाँका एक हजार ८०६ जना किशोरीलाई खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाभर यही माघ २७ देखि फागुन ३ गतेसम्म नियमित खोपका रूपमा पाठेघर मुखको क्यान्सरविरुद्ध...