पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन
काठमाण्डौँ । पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ । सुर्खेतदेखि अमेरिकासम्मको यात्रा, संघर्ष र सपनाको गन्तव्य पछ्याउन प्रेरित गर्ने उनको नियात्रा तथा स्मृतिसंग्रह ‘घाटगाउँ’ मंगलबार विमोचन भएको हो । काठमाडौँको चियासागरमा पत्रकार तथा लेखक विवेकले आफ्ना साथी तथा पूर्वसहकर्मीका साथमा ‘घाटगाउँ’ पुस्तक सार्वजनिक गरेका हुन् ।
सुर्खेतको चौकुने गाउँपालिका ९ घाटगाउँमा जन्मिएका उनले अध्ययन तथा संघर्ष गर्दै अमेरिकासम्मको यात्रा तय गरेपछि आफ्नै मातृभूमिको नाममा ‘घाटगाउँ’ पुस्तक लेखेका हुन्। भेरी र कर्णाली नदी मिसिएको दोभान घाटगाउँ पर्यटकीय दृष्टिकोणले सुन्दर गाउँ हो । पाँचपोखरी प्रकाशन गृहबाट प्रकाशित घाटगाउँ पूस्तकमा उनले आफ्नो स्कुले जीवन, उच्च शिक्षा पढ्दाको संघर्ष, रेडियो तथा अनलाइन पत्रकारिताको उतारचढावसँगै पछिल्लो समय पर्यटन अभियानमा होमिदाका आफ्ना चुनौतिपूर्ण भोगाई समेटेका छन् ।
पुस्तक बिक्रीबाट आएको सम्पूर्ण रकम आफ्नै गाउँको सरस्वती माध्यामिक विद्यालयमा पूस्तकालय निर्माणमा खर्च गर्ने पनि उनले बताए । यसका लागि स्कुलमा पनि घाटगाउँ पूस्तक सार्वजनिक गरिएको उनको भनाई छ । ‘सुर्खेतदेखि अमेरिकासम्म पुग्दाको यतार्थ सपना र संघर्षको भोगाई इमान्दार रुपमा पूस्तकमा लेखेको छु’ उनले विमोचन कार्यक्रममा संक्षिप्त रुपमा भने, ‘आफ्नो सपनालाई माया गर्ने हरकोहीलाई यो पूस्तकको भोगाई आफ्नो लाग्छ । त्यसैले पूस्तक बिक्रीबाट आएको सबै रकम घाटगाउँकै सरस्वती माध्यामिक विद्यालयमा पुस्तकालय निर्माणमा खर्च गर्नेछु ।’
विद्यार्थी र युवाअवस्थामा चिया खाँदै देखेका सपना र त्यसलाई पछ्याउँदै संघर्ष गर्दाको क्षण चियापसलमा भेटिने हरेक युवाको साझा भोगाई रहेको भन्दै उनले चियापसलमै पुस्तक सार्वजनिक गरेको पनि बताए । ‘एक कप चिया पिउँदै देखेको सपना र संघर्ष अनि सपना पूरा गरेपछि पनि साथीहरुसँग चिया पिउँदाको आनन्द बेग्लै हुन्छ’ उनले भने ‘काठमाडौँका हरेक चियापसलमा देखिने युवाहरूमध्ये म पनि एउटा हुँ । त्यसैले पनि चियापसलमै पुस्तक सार्वजनिक गर्ने जमर्को गरेको हुँ ।’
एक्सप्रेस
सम्बन्धित खबर
गिरीको गजल ऋण लागेपछि !
बाँच्ने भन्दा नि मर्ने , बनाउँछ ऋण लागेपछि
गह भरि आँसु भर्ने, बनाउँछ ऋण लागेपछि
जन्म घर , माया मोह र बुढी आमा छोडेर
रुदैँ खाडीमा झर्ने , बनाउँछ ऋण लागेपछि
घरबारी सुम्पिएको त्यो ज्याद्रो तमसुक सम्...
'कविता एन्ड द कप'मा कविहरू !
मिडियाबाजी डटकम काठमाडौँ ।
• बागबजारको युनिटी फुड एन्ड क्याफेमा 'Kavita & the Cup' को तेस्रो शृङ्खला सम्पन्न भयो ।
•यस शृङ्खलामा कविता वाचन ,टिप्पणी र विमर्शको अनौपचारिक आयोजना प्रसिद्ध कवि,आख्यानकार र सम्पाद...
अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई
काठमाण्डौँ । सङ्गीतकार, गायक तथा गीतकार अम्बर गुरुङको स्मृतिमा स्थापना गरिएको ‘अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार’ यस वर्ष मूर्धन्य सङ्गीतकार, गायक तथा गीतकार शम्भुजीत बास्कोटालाई प्रदान गरिएको छ । दार्जिलिङको मिरिकस्थितलभ एन्ड सपोर्ट फाउन्डेसन तथ...
राहुलको नयाँ अध्याय लोकार्पण
©निशेष आङ्देम्बे
गजलकार राहुल शंकरकृत गजल सङ्ग्रह 'नयाँ अध्याय' लोकार्पण भएको छ । 'द मार्जिन'ले प्रकाशनमा ल्याएको उक्त कृति ...
पोखरामा 'दर्शन,साहित्य र भाषा' विषयक अन्तरक्रिया सम्पन्न !
मिडियाबाजी डटकम,पोखरा ।
• नेपाल प्रज्ञा-प्रतिष्ठान र गण्डकी साहित्य सङ्गम,पोखराको सहकार्यमा 'वर्तमान सन्दर्भमा मार्क्सवादी दर्शन','नेपाली प्रगतिशील साहित्य लेखन'का प्रवृत्ति र 'गण्डकी प्रदेशको भाषिक अवस्था' विषयक अन्तरक्रिया भएको थियो...
नेपाल प्रज्ञा–प्रतिष्ठानको कुनै पनि पदमा नजाने साहित्यकार रामलाल जोशीको घोषणा
काठमाडौँ । साहित्यकार रामलाल जोशीले नेपाल प्रज्ञा–प्रतिष्ठानको सदस्य–सचिव बन्न आफूले कुनै पहल नगरेको र अन्ततः आफूलाई प्रस्ताव गरिएको पद पनि अस्वीकार गरेको स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालमार्फत विस्तृत धारणा सार्वजनिक गर्दै उनले पछिल्ला दि...



