पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन
काठमाण्डौँ । पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ । सुर्खेतदेखि अमेरिकासम्मको यात्रा, संघर्ष र सपनाको गन्तव्य पछ्याउन प्रेरित गर्ने उनको नियात्रा तथा स्मृतिसंग्रह ‘घाटगाउँ’ मंगलबार विमोचन भएको हो । काठमाडौँको चियासागरमा पत्रकार तथा लेखक विवेकले आफ्ना साथी तथा पूर्वसहकर्मीका साथमा ‘घाटगाउँ’ पुस्तक सार्वजनिक गरेका हुन् ।
सुर्खेतको चौकुने गाउँपालिका ९ घाटगाउँमा जन्मिएका उनले अध्ययन तथा संघर्ष गर्दै अमेरिकासम्मको यात्रा तय गरेपछि आफ्नै मातृभूमिको नाममा ‘घाटगाउँ’ पुस्तक लेखेका हुन्। भेरी र कर्णाली नदी मिसिएको दोभान घाटगाउँ पर्यटकीय दृष्टिकोणले सुन्दर गाउँ हो । पाँचपोखरी प्रकाशन गृहबाट प्रकाशित घाटगाउँ पूस्तकमा उनले आफ्नो स्कुले जीवन, उच्च शिक्षा पढ्दाको संघर्ष, रेडियो तथा अनलाइन पत्रकारिताको उतारचढावसँगै पछिल्लो समय पर्यटन अभियानमा होमिदाका आफ्ना चुनौतिपूर्ण भोगाई समेटेका छन् ।
पुस्तक बिक्रीबाट आएको सम्पूर्ण रकम आफ्नै गाउँको सरस्वती माध्यामिक विद्यालयमा पूस्तकालय निर्माणमा खर्च गर्ने पनि उनले बताए । यसका लागि स्कुलमा पनि घाटगाउँ पूस्तक सार्वजनिक गरिएको उनको भनाई छ । ‘सुर्खेतदेखि अमेरिकासम्म पुग्दाको यतार्थ सपना र संघर्षको भोगाई इमान्दार रुपमा पूस्तकमा लेखेको छु’ उनले विमोचन कार्यक्रममा संक्षिप्त रुपमा भने, ‘आफ्नो सपनालाई माया गर्ने हरकोहीलाई यो पूस्तकको भोगाई आफ्नो लाग्छ । त्यसैले पूस्तक बिक्रीबाट आएको सबै रकम घाटगाउँकै सरस्वती माध्यामिक विद्यालयमा पुस्तकालय निर्माणमा खर्च गर्नेछु ।’
विद्यार्थी र युवाअवस्थामा चिया खाँदै देखेका सपना र त्यसलाई पछ्याउँदै संघर्ष गर्दाको क्षण चियापसलमा भेटिने हरेक युवाको साझा भोगाई रहेको भन्दै उनले चियापसलमै पुस्तक सार्वजनिक गरेको पनि बताए । ‘एक कप चिया पिउँदै देखेको सपना र संघर्ष अनि सपना पूरा गरेपछि पनि साथीहरुसँग चिया पिउँदाको आनन्द बेग्लै हुन्छ’ उनले भने ‘काठमाडौँका हरेक चियापसलमा देखिने युवाहरूमध्ये म पनि एउटा हुँ । त्यसैले पनि चियापसलमै पुस्तक सार्वजनिक गर्ने जमर्को गरेको हुँ ।’
एक्सप्रेस
सम्बन्धित खबर
पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक
काठमाडौँ । वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण प्रकाशित भएको छ । शिखा बुक्स प्रालिले प्रकाशनमा ल्याएको सो पुस्तकको स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ, साहित्यकार जयदेव भट्टराई,...
भक्तपुरमा मुक्तक लेखन तथा वाचन कार्यक्रम सम्पन्न !
• दुर्बिन शर्मा 'विवेक'
भक्तपुर ।मुक्तकसागर र प्रोक्सिमा इन्टरनेसनल एकेडेमीको संयुक्त आयोजनामा विद्यार्थीहरूबिच मुक्तक लेखन तथा वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको सञ्चालन एकेडेमीका रा...
पद्मश्री साहित्य पुरस्कारको संक्षिप्त सूची सार्वजनिक, यी हुन् उत्कृष्ट ५ कृति !
काठमाडौँ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान, चितवनले यस वर्षको पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट ५ कृतिको संक्षिप्त सूची सार्वजनिक गरेको छ । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले साउन १५ गते एक विज्ञप्ति जारी गर्दै पुरस्कार चयन...



