बिहिबार, १८ असार २०८३
नेपाली

आज पाँच जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह

Main News Image

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज असार १८ गते पाँच जिल्लामा बाढीको जोमिख रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । आज कञ्चनपुर, कैलाली, रुपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरेको हो ।

महाशाखाले भोलि शुक्रबार र पर्सि शनिबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश भई बहने स–साना नदीहरूमा बहाब आकस्मिक बढ्न सक्ने पनि पूर्वानुमान गरेको छ । आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहान सतर्कता तहभन्दा तल रहेको महाशाखाले बताएको छ ।


mediabaaji add

सम्बन्धित खबर

मंगलबार कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका हिमाली भागमा साधारणतया बादल लाग्ने छ ।

गण्डकी,...

उच्च पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहदा पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ। तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती तथा गण्डकी प्रदेशक...

ट्रेड युनियनमा लागेका कर्मचारीलाई निर्वाचनमा नखटाइने

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय स्तरका ट्रेड युनियनमा आबद्ध कर्मचारीलाई आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा नखटाउने निर्णय गरेको छ ।

आयोगका अनुसार निजामती कर्मचारी, शिक्षक तथा अन्य सरकारी संघसंस्थासँग सम्बन्धित राष्ट्रिय स्तरका ट्रेड य...

प्रेस युनियनले सरकारी विज्ञापन रोक्ने निर्णयको देशव्यापी विरोध गर्ने

काठमाडौँ । नेपाल प्रेस युनियनले सरकारी विज्ञापन निजी मिडियामा प्रकाशन-प्रसारण गर्न रोक लगाउने सरकारको निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । 

युनियनका महासचिव दिलीप पौडेलद्वारा जारी परिपत्रमार्फत नेप...

देशका सबै विमानस्थलमा २४ घण्टाभित्रै स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाहकक्ष स्थापना गर्न निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको सरसफाइ सुरक्षित एवं गोपनीयता सुनिश्च...

हिमाली र पहाडी भू-भागमा आंशिक बादल , तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली र पहाडी भूभागमा बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अन...