रोहित बने विश्वकै सबैभन्दा बढी छक्का हान्ने खेलाडी
काठमाडौँ । भारतीय क्रिकेटर रोहित शर्मा एक दिवसीय क्रिकेटमा सबैभन्दा बढी छक्का हान्ने खेलाडी बनेका छन् । दक्षिण अफ्रिकाविरुद्ध राँचीमा भइरहेको एक दिवसीय क्रिकेटमा तीन ओटा छक्का प्रहार गरेसँगै रोहित विश्वकै सर्वाधिक छकका हान्ने खेलाडी बनेका हुन् । उनले ३५२ ओटा छक्का हानेका छन् । यसअघि उक्त कीर्तिमान पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीको नाममा रहेको थियो । अफ्रिदीले ३५१ ओटा छक्का हानेका थिए । उनले सन्यास लिइसकेका छन् ।
रोहितले अझै एक दिवसीय खेलिरहँदा यो कीर्तिमानलाई अझै बढाउने छन् । अब रोहितले पाँच ओटा छक्का हान्ने हो भने सबै शैलीको खेलमा गरी सर्वाधिक छक्का हान्ने रेकर्डसमेत बनाउने छन् । विरोट कोहलीसँग मिलेर दोस्रो विकेटका लागि १३६ रनको साझेदारी गर्ने क्रममा रोहितले ५१ बलमा ५७ रन बनाएर आउट भए । रोहितको यो ६० औँ अर्धशतक हो ।
एक्सप्रेस
सम्बन्धित खबर
पाराग्वेलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा
काठमाण्डौँ । पाराग्वेलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको फिलाडेल्फिया स्टेडियममा सम्पन्न राउन्ड अफ १६ को खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
कप्ता...
मेसीको सम्मानमा एक मिनेट खेल रोकेर ताली बजाइने,मेसीको सम्मानमा १० औं मिनेटमा एक मिनेट खेल रोकेर ताली बजाइने
काठमाडौँ । अर्जेन्टिनी फुटबल महासंघ एएफएले राष्ट्रिय टोलीका स्टार खेलाडी लियोनल मेसीको सम्मानमा यसै साता हुने सबै फुटबल खेलमा पहिलो हाफको १०औँ मिनेटमा एक मिनेट खेल रोकेर ताली बजाउने कार्यक्रम घोषणा गरेको छ ।
राष्ट्रिय टोलीबाट दोस्रोपटक सन्न्...
मार्टिनेलीको इन्जुरी समयको गोलमा ब्राजिल विश्वकपको अन्तिम १६ मा, जापान पराजित
काठमाडौँ । अमेरिकामा जारी फिफा विश्वकप अन्तर्गत सोमबार राति भएको निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा पाँच पटकको विजेता ब्राजिलले जापानलाई २,१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको छ । निर्धारित ९० मिनेटको खेल १,१ को बराबरीमा...
नेपालले इङ्गल्याण्डको खेलमा मन जित्यो, आज इटालीविरुद्ध खेल जित्न मैदानमा
काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको समूह चरणको दोस्रो खेलमा नेपालले आज इटालीसँग खेल्दैछ । खेल दिउँसो सवा ३ बजे भारतको मुम्बईस्थित वाङ्खेडेको मैदानमा हुँदैछ । यो खेलमा नेपालले...
जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश
काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा आज भएको खेलमा जर्मनीलाई २–१ को गोल अन्तरले पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो ।
खेलमा...
इंल्यान्डलाई हराउँदै अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकपको फाइनलमा
काठमाण्डौँ । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को रोमाञ्चक सेमिफाइनल खेलमा इंल्यान्डलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टास्थित मर्सिडीजबेन्ज स्टेडियममा भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले इंल्यान्डमाथ...



