बिहिबार, १५ असोज २०८३
नेपाली

बाढीपहिरो प्रभावितको उद्धार र राहत तीव्र बनाउन सरकारसँग रास्वपाको आग्रह

Main News Image

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा डुबानबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई थप तीव्रता दिन सरकारसँग आग्रह गरेको छ ।

रास्वपाका सभापति रवि लामिछानेले आइतबार जारी गरेको विज्ञप्तिमार्फत विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

रास्वपाले विपद् जोखिम न्यूनीकरणका लागि सरकारले गरेको पूर्वतयारी तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतका सुरक्षा तथा उद्धार निकायले गरिरहेको उद्धार कार्यप्रति आभार व्यक्त गरेको छ।

mediabaaji add

सम्बन्धित खबर

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ...

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्वको दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका २ घिउखोला नजिक गए राति सुनौलीबाट पूर्वतर्फ आइरहेको भारतमा दर्ता भएको ‘कन्टेनर’ले...

कक्षा १२ को नतिजा प्रकाशनमा गम्भीर त्रुटि भएको भन्दै ११ विद्यार्थी संगठनको आपत्ति

काठमाडौँ । कक्षा १२ को परीक्षाफल प्रकाशनमा देखिएको गम्भीर प्राविधिक त्रुटि तथा केही समयअघि प्रकाशित एसईईको नतिजामा देखिएका कमजोरीहरूलाई लिएर विभिन्न ११ विद्यार्थी संगठनले कडा आपत्ति जनाएका छन् ।

नेपाल विद्यार्थी संघ ९नेविसंघ०, अनेरास्ववियु र...

रसुवा बाढी : मृतकको संख्या ९ सय नाघ्यो, ४ हजार जनाभन्दा बढी सम्पर्कविहीन

काठमाडौँ । भोटेकोसीको भीषण बाढीमा परी बेपत्ता व्यक्तिमध्ये हालसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले जारी गरेको आज बिहान ९ बजेसम्मको विवरणअनुसार अझै ४ हजार २४७ जन...

बैशाख १ देखि काठमाडौँमा रात्रिकालीन बस सेवा सुरु, ८ देखि ११ बजेसम्म सञ्चालन

काठमाडौँ । साझा यातायात ले आगामी वैशाख १ गतेदेखि काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। बेलुका ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने यो सेवा प्रारम्भमा ७ वटा बसमार्फत सञ्चालन गरिनेछ ।

सेवा सुरु गर्नुअघि रुट परीक्षणका क्रममा...

बाढी, पहिरो र कटानका कारण देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक अझै अवरुद्ध

काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र नदी कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा निश्चित समयका लागि स...