सम्राट चौधरी बने बिहारका २४ औँ मुख्यमन्त्री
पटना । सम्राट चौधरी भारतको बिहार राज्यका २४ औँ मुख्यमन्त्री बनेका छन् । चौधरीले बिहारको २४ औं मुख्यमन्त्रीको रूपमा बुधबार बिहान शपथ लिएका छन् । जेडीयू कोटाबाट विजय चौधरी र बिजेन्द्र यादवले पनि उपमुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् । शपथ ग्रहण समारोहमा नितिश कुमार पनि उपस्थित थिए ।
नेपालसँग सीमा जोडिएका कारण पनि बिहारको बारेमा चासो हुने गर्दछ । निवर्तमान मुख्यमन्त्री नीतिश कुमारले पदबाट राजीनामा दिएसँगै भारतीय जनता पार्टीका सम्राट चौधरीले शपथ लिएका हुन् । एनडीए गठबन्धनबाटै मुख्यमन्त्री बनेका नीतिश कुमारले ३० मार्चमा बिहार विधानसभा परिषद् एमएलसीबाट राजीनामा दिएर भारतको माथिल्लो सदन राज्यसभा सदस्यमा उम्मेदवारी घोषणा गरेका थिए । चौधरी उनको सरकारमा उपमुख्यमन्त्री थिए । एनडीए गठबन्धनमा भाजपा ८८ सिटसहित सबैभन्दा ठूलो दल हो । ५७ वर्षीय चौधरी तारापुरबाट विधानसभामा छानिएका हुन् ।
एक्सप्रेस
सम्बन्धित खबर
मोदीले पुटिनसँग भने – हामी युक्रेन युद्धमा तटस्थ रहन सक्दैनौँ, हामी शान्ति चाहन्छौँ
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूस–युक्रेन युद्धमा भारत तटस्थ रहन नसक्ने बताएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शुक्रबार हैदराबाद हाउसमा वार्ता गर्दै मोदीले भारत तटस्थ बस्न नसक्ने भन्द...
भारतीय सेना प्रमुख नेपाल आउँदै, को-कोसँग गर्दैछन् भेट ?
काठमाडौँ । तीन महिना अघि भारतीय सेनाको प्रमुखमा नियुक्त भएका धिरज सेठ नेपाल भ्रमणमा आउन भएका छन् । नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी साउन ३१ गते नेपाल भ्रमणमा आउन लागेको स्रोतले जनाएको छ ।
नेपाली सेनाका प्रधानसे...
अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको ट्रम्पको खुलासा
काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी साढे तीन महिना लामो युद्ध अन्त्यका लागि एक प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको दाबी गरेका छन् । फ्रान्सको एभियानमा जारी जीसेभेन शिखर सम्मेलनका क्रममा सोमबार फ्रान्सेली राष्ट्रपति इमा...
शारजाहबाट कराँची उडेको पाकिस्तानी कार्गो विमान सम्पर्कविहीन
काठमाडौँ । संयुक्त अरब इमिरेट्स यूएईको शारजाहबाट पाकिस्तानको कराँचीका लागि उडेको पाकिस्तान के–टू एयरवेजको कार्गो विमान सम्पर्कविहीन भएको छ। विमानसँग सम्पर्क टुटेपछि पाकिस्तानी नौसेना, वायुसेना तथा अन्य सम्बन्धित निकायले खोजी तथा उद्धार अभिया...
यूएईको दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, यस्तो छ क्षति
दुबई । यूएईको दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका छन् । सहरका अधिकारीहरूले यात्रु र कर्मचारीहरूको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको बताएका छन् ।...
इरानका सर्वोच्च नेता खामेनी मारिएको अमेरिकी दाबी, इरानद्वारा खण्डन
काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनी मारिएको दाबी गरेका छन् । सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्, ‘इतिहासकै सबैभन्दा क्रूर व्यक्तिमध्ये एक खामेनी मारिएका छन् । यो इरानका जनत...



