शनिबार, १७ असोज २०८३
नेपाली

२२ वर्षपछि सांगीतिक यात्रामा संगीता भण्डारी, तीज गीत ‘रानीहार’ सार्वजनिक

Main News Image

काठमाडौँ । हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा तीज गीतको रौनक बढेको छ। यसै क्रममा गायिका संगीता भण्डारी २२ वर्षपछि तीज गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा पुनः फर्किएकी छन् ।

लोकप्रिय गीतकार डीपी खनालको शब्द, चर्चित संगीतकार शंकर थापा ‘स्माइल’को संगीत तथा विषम आचार्यको एरेन्जमा तयार भएको मौलिक तीज गीत ‘रानीहार’ शुक्रबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

गीतले सुनका गरगहना नभए पनि खुसी, उमंग र आत्मीयताका साथ तीज मनाउन सकिने सकारात्मक सन्देश दिएको छ। गीतको भिडियोमा यशु भट्टराई, मिलसा वाग्ले र गायिका भण्डारीको अभिनय तथा नृत्य रहेको छ ।

विशाल थापाको छायांकन र दीपक बिष्टको सम्पादन रहेको भिडियोको निर्देशन तथा कोरियोग्राफी केशव राज भट्टले गरेका हुन्। गीत डश म्युजिक नेपालको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। गायिका भण्डारीले इच्छा, आत्मविश्वास र प्रतिभा प्रस्तुत गर्न उमेर बाधक नहुने सन्देशसहित आफू पुनः गायनमा फर्किएको बताइन् ।


mediabaaji add

सम्बन्धित खबर

पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण

पर्वत । साहसिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको पर्वतमा नेपालकै अग्लो स्थानमा हाइलाइनको सफल परीक्षण गरिएको छ। जिल्ला सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने गरी ‘द क्लिफ’ले...

सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आइतबार पारिवारिक सदस्य, आफन्त, इष्टमित्र तथा शुभेच्छुकहरूको उपस्थितिमा हिन्दु परम्पराअनुसार उनको दाहसंस्कार गरिएको हो । आर्यघाटमा भ...

धुर्मुस भन्छन् _आश्मा न्याय पाउन आफ्नो मातृभूमि फर्किएकी थिइन्, तर राज्यको मुद्दा फेरि विदेशमा सारियो !

काठमाडौँ । कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ ले न्याय पाउने आशामा छोरीसहित मातृभूमि फर्किएको बताएका छन् । उनले दुई महिनासम्म राज्यका विभिन्न निकायसँग परामर्श गर्दा पनि आफ्नो समस्या समाधान हुन नसकेको र फेरि विदेश फर्कन बाध्य भएको...

अमेरिकाबाटै धुर्मुस सुन्तलीले ल्याउने भए हाँस्य सिरियल ‘म त मर्छु क्या हो’

काठमाण्डौँ । चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकामा नयाँ हास्य सिरियल निर्माण गरेका छन् । यहाँको नर्थ क्यारोलाइना राज्यको राले क्षेत्रलाई केन्द्र बनाएर निर्माण गरिएको सिरियलको नाम ‘म त मर्छु कि क्या...

‘लालीबजार’ प्रदर्शनमा रोक : बादी समुदायको अपमान आरोपपछि अदालतको अन्तरिम आदेश

काठमाडौँ । चलचित्र ‘लालीबजार’ प्रदर्शनको पूर्वसन्ध्यामा कानुनी विवादमा तानिएको छ । बादी समुदायको आत्मसम्मानमा चोट पुगेको भन्दै दायर रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले वैशाख २२ गतेसम्म फिल्म प्रदर्शन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

...

यस्तो छ तीन चलचित्रको व्यापार

काठमाडौँ । दसैँको अवसर पारेर यही असोज १३ गतेदेखि प्रदर्शनमा आएका तीन चलचित्रले राम्रो व्यापार गरेका छन् ।

चलचित्र विकास बोर्डको ‘बक्सअफिस सिनेमा’का अनुसार यही असोज २३ गते मध्यरातिसम्म चलचित्र बलिदानले रु चार करोड ४२ लाख व्यापार...