आजदेखि एनपीएलको दोस्रो संस्करण, पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल आज सुरु हुँदैछ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन्। यो खेल आज दिउँसो ४ बजे सुरु हुनेछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशाला नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो संस्करण निम्ति तम्तयार छ। पहिलो संस्करणको फलतासँगै नयाँ उत्साह, ऊर्जा र अपेक्षासहित आजदेखि एनपिएलको दोस्रो संस्करण सुरु हुन लागेको हो।
अघिल्लो संस्करण खुला चौरमा बसेर एनपिएल हेरेका समर्थकले दोस्रो संस्करणको मज्जा भने प्यारापिटमै बसेर लिन पाउनेछन् । यसका अतिरिक्त, त्रिवि क्रिकेट रंगशालमा फ्लड लाइट पनि जडान गरिएको छ। दोस्रो संस्करणका केही खेल फ्लड लाइटमा खेलाइने छ । सहभागी आठ टोलीहरू पनि प्रतियोगिताका लागि तयार देखिएका छन्। विश्व क्रिकेटका चर्चित प्रशिक्षक(क्रिकेटरको सहभागिताले क्रिकेटप्रेमीको उत्सुकता झन् बढेको छ ।
गत वर्ष ‘प्ले(अफ’मा पुगेका चार टोली ९जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज र कर्णाली याक्स० यसपटक पनि धेरैको नजरमा परेका टिम हुन्।
यसबाहेक काठमाडौं गुर्खाज, विराटनगर किंग्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सले पनि यसपालि ‘कमब्याक’ गर्ने लक्ष्यसहित मैदान ओर्लनेछन्। सबै टोली एक(अर्कासँग एक(एकपटक भिड्नेछन् र त्यहीँबाट तय हुनेछ( ‘प्ले(अफ’ यात्रा।
उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपैयाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ। प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ। क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार रुपैयाँ तय गरेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
दसैँलगत्तै एनपिएल, त्रिवि क्रिकेट मैदानको तयारी तीव्र
काठमाण्डौँ । नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको र त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आवश्यक पूर्वाधार निर्माण भइरहेको छ। प्रतियोगिता चाडपर्वको समयमा आयोजना हुँदा दर्शक प्रभावित हुन सक्ने आकलन भए पनि,...
टी-२० विश्वकप छनोट : उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै
काठमाडौँ । टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दैछ । शुक्रबार ओमानमा जारी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि अपराह्न सवा ४ बजे नेपाल र सामोआबीच खेल हुन लागेको हो । दुवै टिमले प्रत...
विश्वकप २०२६ : इराकमाथि सेनेगलको ५–० को फराकिलो जित
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा अफ्रिकी राष्ट्र सेनेगलले एसियाली प्रतिद्वन्द्वी इराकमाथि ५,० गोलको फराकिलो जित दर्ता गरेको छ । क्यानडाको टोरन्टोस्थित रंगशालामा आज बिहान सम्पन्न एकपक्षीय खेलमा जित निकाल्दै सेनेगल...
मेसीले फाइनलमा गोल गर्ने निश्चित छ– एम्बाप्पे
काठमाडौँ । फ्रान्सका कप्तान किलियन एम्बाप्पेले आफ्नो व्यक्तिगत कीर्तिमानभन्दा टोलीको सफलतालाई बढी महत्व दिएको बताएका छन् । सेमिफाइनलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विश्वकप फाइनलमा लियोनल मेसीले गोल गर्नेमा आफू विश्वस्त रहेको बताए।
एम्बाप्...
एनपीएलमा आज दुई खेल, चितवन र विराटनगरलाई प्लेअफको अवसर
काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज पनि दुई रोमाञ्चक खेल हुँदै छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल बिहान ११स्४५ बजे चितवन राइनोज र काठमाड...
स्थगित विश्वकप लिग–२ का खेल वैशाख १२ देखि काठमाडौंमा हुने
काठमाडौँ । नेपालमा हुने तय भएर स्थगित भएको आईसीसी विश्वकप लिग–२ अन्तर्गतका खेल आगामी वैशाख १२ देखि २२ गते अप्रिल २५ देखि मे ५ सम्म काठमाडौंमा सञ्चालन हुने भएका छन् । त्यसलगत्तै वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म अर्को शृङ्खला पनि आयोजना गरिने तालिका स...



