ठमेलमा अवाञ्छित गतिविधिमा सङ्लग्न सात विदेशी नागरिक पक्राउ
काठमाण्डौँ । पर्यटकीय गन्तव्य ठमेलमा अवाञ्छित गतिविधिमा सङ्लग्न सात विदेशी नागरिकलाई पक्राउ गरिएको छ । प्रहरी वृत्त लैनचौरको टोलीले ठमेलमा सर्वसाधारणलाई दुःख दिने र ड्युटीमा रहेका प्रहरीमाथि नै अभद्र व्यवहार गर्ने सात जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ठमेलस्थित फायरचोक क्षेत्रमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पर्यटक एवं सर्वसाधारण पुरुषलाई अनावश्यक रूपमा बाटो छेक्ने र अश्लील क्रियाकलापमार्फत हैरानी दिइरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेमा पाँच युगाण्डा र दुई जना भियतनामका नागरिक रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सातै जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित उच्च पदस्थ अधिकारीहरूलाई धम्की दिने प्रकाश पाठकलाई फिलिपिन्सबाट पक्राउ गरेर काठमाडौं ल्याइएको छ । उनलाई इन्टरपोलको सहयोगमा पक्राउ गरिएको हो । पाठ...
सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै नागरिकलाई जिम्मेवार बन्न आग्रह
काठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले देशमा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै नागरिकलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेका छन् । भिडियो सन्देशमार्फत उनले नेपाल विविधतामा एकताको गौरवमय इतिहास बोकेको सुन्दर देश भएको बताएका...
२४ घण्टामा १५ सयभन्दा बढी सवारीसाधन कारबाहीमा
काठमाडौँ । काठमाडौं उपत्यकाभित्र सडक अनुशासन पालना नगर्ने र ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि ट्राफिक प्रहरीले कारबाहीलाई तीव्र पारेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले पछिल्लो २४ घण्टामा मात्रै उपत्यकाका विभिन्न स्थानमा...
जेनजी आन्दोलनमा प्रहरीको हत्यामा संलग्न थप एक जना पक्राउ
काठमाडौँ । प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले २१ वर्षीय सोङ गुरुङलाई काठमाडौँको धुम्बाराह...
गौरमा पुनः निषेधाज्ञा जारी
रौतहट । जिल्ला प्रशासन कार्यालयले गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क अनुसार गौर नगरपालिकाको पूर्व मुडबलवा गेट, पश्चिम लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयभित्र आज बिहान ८...
करिब १४ लाखको मोबाइलसहित विमानस्थलबाट एक जना पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १३ लाख ८० हजार रुपैयाँबराबरको मोबाइल, ल्यापटपसहित एक जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । सर्लाही लालबन्दी नगरपालिका–१ बस्ने ३४ वर्षीय सञ्जीव खड्कालाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्य...



