सिरहामा गोली चल्यो : गोलबजारमा १ जनाको मृत्यु , ११ मोटरसाइकल खरानी !
काठमाडौँ । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९ वर्षीय गणेश यादवको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । उनको शव हालसम्म सडकमा नै छ ।
त्यस्तै, गोली नै लागेर एकजना घाइते भएका छन् । उनलाई थप उपचारको लागि नेपाली सेनाले अस्पताल लगेको बरालले जानकारी दिए । सुनसरी घटनापछि तरंगित मधेसका विभिन्न जिल्लामा प्रदर्शन भइरहेको छ । निषेधाज्ञा पनि जारी छ । तर, प्रदर्शनकारीहरू सडकमा आन्दोलन गरिरहेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
महानिरीक्षक सचिवालयले भन्यो_भ्रम फैलाउनेलाई कारबाही गर्छौं
काठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीमाथि ‘राजीनामाको दबाब बढेको’ भन्ने विषयमा प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ। आईजीपी कार्कीको सचिवालयले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीक...
पर्सामा १० वर्षीया बालिका माथि जबरजस्ती करणी
काठमाण्डौँ । पर्सा जिल्लाको सखुवा प्रशौनी गाउँपालिका–५, बलुवा टोलमा एक हृदयविदारक र गम्भीर घटना सार्वजनिक भएको छ । स्थानीय स्रोतका अनुसार, १० वर्षीया बालिका माथि दुई जना मिलेर जबरजस्ती करणी गरेको आरोप लागेको छ । पीडित बालिकाका बुवा का अनुसार, घटना...



