संघर्ष र साधनाबाट स्थापित गायक बेल बहादुर परियार
काठमाडौँ । रेडियो नेपालबाट पहिलोपटक स्वर दिएको दिनदेखि आजसम्म लोक संगीतको बाटो नछोडेका गायक बेल बहादुर परियारले आफ्नो नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ सार्वजनिक गरेका छन् । गए मङ्गलबार बर्दिबासमा आयोजित विमोचन समारोहले उनको निरन्तर साधना र संघर्षलाई पुनः एकपटक उजागर गरेको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीको आयोजनामा गौतम होटल, बर्दिबासमा सम्पन्न कार्यक्रममा मधेश प्रदेशकी पूर्व राज्य मन्त्री सारदा देवी थापा र बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले संयुक्त रूपमा गीतको म्युजिक भिडियो विमोचन गरे । कार्यक्रममा उपस्थित दर्शकले भिडियो अवलोकन गर्दै कलाकारलाई उत्साहजनक प्रतिक्रिया दिएका थिए ।
परियार र प्रतिमा अर्यालको स्वरमा सजिएको गीतले प्रेम, बिछोड र स्मृतिको भावलाई सरल शब्दमा प्रस्तुत गरेको छ । शब्द र संगीतमा परियारकै सिर्जना रहेको गीतलाई राजिव शाहले आधुनिक स्वादमा एरेञ्ज, मिक्स तथा मास्टरिङ गरेका छन् । भिडियोमा सन्जिब ठकुरी र सुजाता भट्टराईले कथालाई जीवन्त बनाएका छन् । निर्देशन मिलन श्रेष्ठले गरेको भिडियोमा कोरियोग्राफी राजाराम सिंखडा र छायाङ्कन सन्तोष तिमल्सिनाको रहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर प्रह्लाद कुमार क्षेत्रीले लोक संस्कृति संरक्षणमा यस्ता सिर्जनाको महत्वपूर्ण भूमिका रहने बताए । उनले स्थानीय कलाकारलाई प्रोत्साहन गर्दै बर्दिबासलाई सांस्कृतिक पहिचानको केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखे ।
प्रमुख अतिथि सारदा देवी थापाले परियारको लामो सांगीतिक यात्रालाई संघर्षशील कलाकारको प्रेरक उदाहरणका रूपमा वर्णन गरिन् । उनले सीमित प्रचार र स्रोतबीच पनि निरन्तर सिर्जनामा लागिरहेका कलाकारलाई समाज र सञ्चार माध्यमले साथ दिनुपर्नेमा जोड दिइन् ।
गीत विमोचन समारोहमा बोल्दै गायक परियारले दर्शक–श्रोताकै माया र विश्वासका कारण आफू आजसम्म गीतसंगीतमै टिकिरहन सकेको बताए ।मिडिया पार्टनरका रूपमा ॐकार टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘पञ्चामृत’ रहेको उनको गीत ‘फूल खसिगो, माया बसिगो’ले लोक संगीतप्रेमीको मन जित्ने विश्वास व्यक्त गरे ।
एक्सप्रेस
सम्बन्धित खबर
जनसांस्कृतिक महासङ्घ नेपालको संयोजकमा भीम कुमाखी चयन
काठमाडौँ । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलनबाट सांस्कृतिककर्मी तथा कवि भीम कुमाखी संयोजक र अष्ट लामा सहसंयोजकमा चयन हुनुभएको छ । सम्मेलनले ५१ सदस्यीय कार्यालय टिम, सचिवालय, केन्द्रीय समिति तथा ४५ सदस्यीय प्राज्ञिक परा...
'मातृभाषा राष्ट्रिय कविता महोत्सव २०८२' सम्पन्न
प्राज्ञ चेतनाथ धमला
काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवस -२०२६को आयोजना गरेको थियोे। कार्यक्रमको सुरुमा काठमाडौँको कमलादी, घण्टाघर ,रत्नपार्क र दरबारमार्ग लगायतका स्थानको परिक्रमा विभिन्न जनजाति र मातृभाषा...
आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै
काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाएका छन्...
नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकलाई मदन पुरस्कार
२१ भदौ, काठमाडौँ । मदन पुरस्कार गुठीले २०८२ को मदन पुरस्कार वीणा जोशी राजभण्डारीको नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकले प्राप्त गरेको छ । आइतबार गठी संस्थाले जोशीको पुस्तकलाई मदन पुरस्कार घोषणा गरेको हो ।
मदन पुरस्कारका लागि उत्कृष्...
'कविता एन्ड द कप'मा कविहरू !
मिडियाबाजी डटकम काठमाडौँ ।
• बागबजारको युनिटी फुड एन्ड क्याफेमा 'Kavita & the Cup' को तेस्रो शृङ्खला सम्पन्न भयो ।
•यस शृङ्खलामा कविता वाचन ,टिप्पणी र विमर्शको अनौपचारिक आयोजना प्रसिद्ध कवि,आख्यानकार र सम्पाद...
छ जना हास्यव्यङ्ग्य स्रष्टा सम्मानित, तीन कृति सार्वजनिक
मिडियाबाजी डटकम काठमाडौँ मंसिर २ ।भक्तपुर । नेपाली हास्यव्यङ्ग्यको सम्वर्धनका निम्ति क्रियाशील रहँदै आएको फित्कौली अनलाइन मिडिया तथा फित्कौली डटकमले विशिष्ट हास्यव्यङ्ग्यकार मुकुन्द आचार्यलाई फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान (२०८२) द्वारा स...



