बुधबार, २८ असोज २०८३
नेपाली

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक पशुपति शर्मा

Main News Image

काठमाण्डौँ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध गायक पशुपति शर्मालाई अध्यक्ष निर्वाचित गरेको छ । शर्मा यसअघि वरिष्ठ उपाध्यक्ष थिए । यसैगरी महासचिवमा शिव हमाल पनि निर्विरोध निर्वाचित भएको प्रतिष्ठानको नवौँ महाधिवेसनका निर्वाचन समितिका संयोजक अधिवक्ता राधाकृष्ण पाठकले जानकारी दिएका छन् ।

बिहीबार २२ असोज महोत्तरीको बर्दिबास–३ गौरीडाँडामा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले उद्घाटन गरेको नवौँ महाधिवेसनमा उद्घाटनसत्र समापनसँगै निर्वाचन कार्यक्रम सुरु भएको थियो । प्रतिष्ठानमा ३८ पदाधिकारी र ३७ सदस्यसहित ७५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ ।

सर्वसम्मत भएका र शुक्रबार विद्युतीय मेसिनबाट भएको मतदानको परिणाम शनिबार समापन कार्यक्रममा घोषणा गरिने प्रतिष्ठानको निर्वाचन समितिले जनाएको छ । सातै प्रदेश, ७० जिल्ला र विदेशस्थित शाखासहित १०० वटा समितिबाट एक हजार ५०० प्रतिनिधि महाधिवेसनमा सहभागी छन् । महाधिवेशन नयाँ नेतृत्वको घोषणासँगै शनिबार समापन हुने जनाइएको छ ।


mediabaaji add

सम्बन्धित खबर

दशैंको भावनासँग जोडिएको ‘फर्क ए परदेशी’ सार्वजनिक

काठमाडौँ । नेपालीहरूको महान् पर्व दशैं नजिकिँदै गर्दा परदेशमा रहेका नेपालीलाई घर फर्किन आग्रह गर्ने भाव बोकेको नयाँ गीत ‘फर्क आ परदेशी’ सार्वजनिक भएको छ । दीपक तिरुवा अफिसियलमार्फत सार्वजनिक गरिएको गीतमा लोकप्रिय गायिका शान्ति श्री परियार र दीपक त...

मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी

काठमाडौँ । गायक दुर्गेश थापा र प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’को प्रमोसन गीत ‘ताराबाजी लैलै’ विवादमा परेपछि युट्युबबाट हटाइएको छ ।

गीतमा शिक्षक, विशेषगरी महिला शिक्षक तथा शिक्षण पेसाप्रति अपमानजनक र अमर्यादित शब्द तथा दृश्य प्रस्त...

आईजीपी कार्कीको शब्दमा ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्वजनिक (भिडिओ)

काठमाण्डौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्वजनिक भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच उक्त गीतको प्रथम प्रदर्शनी गरिएको हो ।

नेपाल प्रहरीले निर्वाह गरिरहे...

मोडल आँचल नाथ आत्महत्या प्रकरणमा पाँच जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । टिकटकर तथा मोडल आँचल नाथको मृत्यु प्रकरणमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धानपछि पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ । जिल्ला अदाल...

‘सञ्जोक कार्कीको मेसेजले गर्दा मैले देश छाडेर अस्ट्रेलिया भाग्नु पर्‍यो’ : अभिनेत्री उषा रजक

काठमाडौँ । अभिनेत्री उषा रजकले आफूमाथि भएको निरन्तरको अनलाइन उत्पीडन र मानसिक तनावका कारण देश छोडेर अस्ट्रेलिया जानु परेको दाबी गरेकी छन् । शनिबार फेसबुकमा एक लामो स्टाटस लेख्दै उनले सञ्जोक कार्की नामक व्यक्तिको साइबर ह्यारेसमेन्ट र धम्कीपूर्ण व्य...

‘बा : एक योद्धा’ मा एकसाथ देखिँदै झरना र सुहाना

काठमाण्डौँ । अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलो पटक एउटै पर्दामा देखिने भएका छन् । फिल्म ‘बाः एक योद्धा’मा यी दुवै आमाछोरीको भूमिकामा देखिनेछन् ।  विगत दुई सातादेखि छायांकन भइरहेको यस चलचित्रमा रहेका कलाक...