सभामुख अर्यालको सवारी साधनद्वारा ट्राफिक नियम उल्लंघन, जरिवाना काटियो
काठमाडौँ । ट्राफिक नियम उल्लंघन गरेको घटनामा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद डीपी अर्याल कारबाहीमा परेका छन् । थापाथली चोकमा लेन मिच्दै अघि बढेको उनको सवारी सिंहदरबार प्रवेश गरेपछि ट्राफिक प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको हो ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरी स्रोतका अनुसार सभामुख सवार गाडीसँगै सुरक्षामा खटिएका तीन वटा अगुवा–पछुवा सवारी साधनलाई समेत कारबाही गरिएको छ । स्रोतका अनुसार भीभीआईपी सवारी भएकाले घटनास्थलमै रोकेर कारबाही गर्न सम्भव नभएपछि ट्राफिक टोली सिंहदरबार पुगेर चिट काटेको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ
कर्णाली । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट झन्डै तीन करोड रुपैयाँ बराबरको अवैध सुनचाँदीका गरगहना र ठूलो परिमाणमा नगदसहित एक जना व्यापारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले यही जेठ १८ गते वीरेन्द्रनगर नगरपालिका ६ राजाचोक नजिकै सञ्...
बाढीले बगाएको बैंकको सेफ फुटाएर पैसा चोर्नेहरु पक्राउ
काठमाडौँ । यही भदौं १० गते विहान रसुवामा आएको बाढीमा बगाएको बैंकको सेफ फुटाएर पैसा चोर्न कार्यमा संलग्न केही व्यक्तिहरुलाई धादिङ प्रहरीले पक्राउ गरेको छ । त्रिशुली नदिले बगाएर ल्याएको बैंकको सेफ फुटाएर एक करोड भन्दा बढि रकम चोरी गर्ने कार्यमा संलग...
डाँडागाउँमा मृत भेटियो जङ्गली हात्ती
झापा । झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित डाँडागाउँमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ । डाँडागाँउका लालबहादुर रसाइलीको खेतमा मंगलबार बिहान जङ्गली भाले हात्ती मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र...
हेलमेटबिना बुलेट हाँकेका सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई निवासमै पुगेर ५ सय जरिबाना
कैलाली । कानुन र नियम सर्वसाधारणका लागि मात्र होइन, उच्च पदमा आसीन विशिष्ट व्यक्तिहरूलाई पनि समान रूपमा लागू हुन्छ भन्ने गतिलो उदाहरण सुदूरपश्चिम प्रदेशमा देखिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सरकारी निवास परिसरभित्रै हेलमेट...
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त गर्ने सरकारको निर्णय
काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलको १३औं महानिरीक्षक आईजीपीमा नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। वैशाख १९ गतेदेखि लागू हुनेगरी उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
सशस्त...
हजुरआमाको हत्या गरेर सुनका गहना लुट्ने नाती पक्राउ
कास्की । कास्कीमा २२ वर्षीय युवक हजुरआमाको हत्या आरोपमा पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३१ बाँसपानीकी ७५ वर्षीया दालकुमारी परियारको यही पुस ३ गते धारिलो हतियार प्रयार गरी हत्या भएको थियो । प्रहरीले घटनामा सङ्लग्न रहेको अभियोगमा मृतकका नाति २...



