इरान र रुसका राष्ट्रपतिबीच टेलिफोन वार्ता
काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको छ । वार्तामा मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वको अवस्थाबारे केन्द्रित छलफल भएको जनाइएको छ । मंगलबार राति भएको कुराकानीका क्रममा पुटिनले युद्ध छिट्टै रोक्दै क्षेत्रीय तनाव कम गर्न आवश्यक रहेको बताएका छन्।
रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका अनुसार उनले द्वन्द्वको समाधान कूटनीतिक माध्यमबाट खोजिनुपर्नेमा जोड दिएका थिए । फोन वार्ताका क्रममा पेजेश्कियानले रुसले उपलब्ध गराएको समर्थन तथा मानवीय सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
हङकङमा नेपाली अल्ट्रा ट्रेल रनिङ संघ (HKNUTRA) को आयोजनामा दौड प्रतियोगिता सम्पन्न !
मिडियाबाजी डटकम काठमाडौँ। हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघ (HKNUTRA) को आयोजनामा २२ तारिख आइतबार टाइमोसन कन्ट्री पार्कमा अल्ट्राट्रेल रनिङ सम्पन्न भएको छ । विभिन्न देशका १७६ जना धावकहरूको प्रतिस्पर्धा रहेको दौड प्रतियोगितामा ५० किलोमिटर...
बाढीपीडितका लागि पाकिस्तानले पठायो १०० टन मानवीय सहायता
काठमाडौँ । पाकिस्तानले नेपालका बाढी पीडितहरूका लागि १०० टन मानवीय सहायता पठाएको छ । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण एनडीएमएले पठाएको राहत सामाग्री आइतबार राति काठमाडौं आइपुगेको हो ।
आइतबार राति नै ती सामाग्री त्रिभुवन अन्तर्...
पाकिस्तानका प्रधानमन्त्री साउदी अरब र सेना प्रमुख इरान भ्रमणमा : शान्ति वार्ताको प्रयास
काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ साउदी अरब र सेना प्रमुख असीम मुनिर इरान पुगेका छन् । जसलाई अमेरिका र इरान बीचको शान्ति वार्ता पुनः सुरु गर्ने सम्भावित नयाँ चरणको तयारीको रूपमा हेरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्र...
जर्मनीको बाल तथा मातृ कल्याण केन्द्रमा अन्धाधुन्ध गोली प्रहार, छ जनाको मृत्यु
काठमाडौँ । जर्मनीको उत्तरी सहर स्टेडस्थित एक बाल तथा मातृ कल्याण केन्द्रमा सोमबार दिउँसो भएको अन्धाधुन्ध गोली प्रहारमा परी ६ जनाको मृत्यु भएको छ । आफ्नी तीन महिने छोरीको संरक्षणको विषयलाई लिएर भएको विवादका कारण एक बन्दुकधारीले उक्त विभत्स हत्याकाण...
बेरोजगारी संख्या जापानमा बढ्दै
टोकियो । जापानमा अक्टोबर महिनामा बेरोजगारी दर लगातार तेस्रो महिना २.६ प्रतिशतमा स्थिर रहेको छ । बेरोजगारहरूको सङ्ख्या बढिरहेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार, रोजगारप्राप्त व्यक्तिहरूको सङ्ख्या ६८ लाख...
पश्चिम बंगालमा भीषण आगलागी, मृत्यु हुनेको संख्या १९ पुग्यो
काठमाडौँ । भारतको पूर्वी राज्य पश्चिम बंगालमा दुईटा जोडिएका गोदाममा लागेको भीषण आगलागीमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । धेरै व्यक्ति अझै बेपत्ता भएको सरकारी प्रसारक अल इन्डिया रेडियो एआईआरले जनाएको छ । पश्चिम बंगा...



