इरान र रुसका राष्ट्रपतिबीच टेलिफोन वार्ता
काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको छ । वार्तामा मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वको अवस्थाबारे केन्द्रित छलफल भएको जनाइएको छ । मंगलबार राति भएको कुराकानीका क्रममा पुटिनले युद्ध छिट्टै रोक्दै क्षेत्रीय तनाव कम गर्न आवश्यक रहेको बताएका छन्।
रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका अनुसार उनले द्वन्द्वको समाधान कूटनीतिक माध्यमबाट खोजिनुपर्नेमा जोड दिएका थिए । फोन वार्ताका क्रममा पेजेश्कियानले रुसले उपलब्ध गराएको समर्थन तथा मानवीय सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
मेक्सिको भूकम्प अपडेट : कम्तीमा २ जनाको मृत्यु, १२ घाइते
काठमाण्डौँ । मेक्सिकोमा शुक्रबार ६.५ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । सञ्चारमाध्यम सीबीएसका अनुसार शुक्रबार साँझ मेक्सिकोको दक्षिणी र मध्य भागमा भूकम्पको धक्का महसुस गरिएको हो । जसमा परी गुरेरो राज्यमा ५० वर्षीया महिल...
अमेरिकाले अरब सागरमा खसाल्यो इरानी ड्रोन
काठमाण्डौँ । अमेरिकाले मंगलबार अरब सागरमा एउटा इरानी ड्रोन खसालेको छ । रोयटर्सका अनुसार, इरानको साहेद १३९ नामको ड्रोन अमेरिकी नौसेनाको यूएसएस अब्राहम लिंकन विमानवाहक जहाजको नजिक पुगेको थियो । यूएसएस अब्राहम लिंकन अमेरिकी नौसेनाको आणविक शक्तिले चल्...
यूएईको दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, यस्तो छ क्षति
दुबई । यूएईको दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका छन् । सहरका अधिकारीहरूले यात्रु र कर्मचारीहरूको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको बताएका छन् ।...
इरानमाथिको तेल प्रतिबन्धमा अमेरिकाको अस्थायी छुट
काठमाण्डौँ । अमेरिका र इरानबीचको दशकौँ लामो तनावपूर्ण सम्बन्धमा महत्त्वपूर्ण कूटनीतिक मोड देखिएको छ । स्विट्जरल्यान्डको बर्गेनस्टक रिसोर्टमा कतार र पाकिस्तानको मध्यस्थतामा जारी वार्तामा अमेरिकाले इरानमाथि लगाउँदै आएको कडा आर्थिक प्रतिबन्धलाई अस्था...
चार वर्षदेखि जारी रूस–युक्रेनबीच अस्थायी युद्धविराम शुरू
काठमाण्डौँ । चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर पारेर रूस र युक्रेनबीच शनिबारदेखि छोटो अवधिको अस्थायी युद्धविराम लागू हुने भएको छ । अमेरिकी नेतृत्वमा भइरहेको शान्ति प्रयासहरू अपेक्षित रूपमा सफल हुन नसकेको सन्दर्भमा यो कदम...
शारजाहबाट कराँची उडेको पाकिस्तानी कार्गो विमान सम्पर्कविहीन
काठमाडौँ । संयुक्त अरब इमिरेट्स यूएईको शारजाहबाट पाकिस्तानको कराँचीका लागि उडेको पाकिस्तान के–टू एयरवेजको कार्गो विमान सम्पर्कविहीन भएको छ। विमानसँग सम्पर्क टुटेपछि पाकिस्तानी नौसेना, वायुसेना तथा अन्य सम्बन्धित निकायले खोजी तथा उद्धार अभिया...



