भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा
काठमाडौँ । यस वर्षको तिहार अर्थात् यमपञ्चक पर्व कात्तिक २० गतेदेखि सुरु हुने भएको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले सार्वजनिक गरेको पर्वतालिकाअनुसार मुख्य पर्व भाइटीका कात्तिक २५ गते बुधबार परेको छ भने टीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेट निर्धारण गरिएको छ।
समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार पाँच दिनसम्म मनाइने यमपञ्चकको सुरुआत कात्तिक २० गते शुक्रबार धनत्रयोदशी धन्तेरस र यमदीपदानबाट हुनेछ। त्यसको भोलिपल्ट अर्थात् कात्तिक २१ गते शनिबार काग तिहारका साथै धन्वन्तरि जयन्ती मनाइनेछ ।
यस्तै, कात्तिक २२ गते आइतबार एकाबिहानै नरक चतुर्दशी तथा कुकुर तिहार मनाइनेछ भने सोही दिन साँझ ऐश्वर्यकी देवी महालक्ष्मीको पूजाआजा गरी लक्ष्मीपूजा पर्व मनाइनेछ। कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
बजार अनुमगनलाई तीव्र पार्दै विभाग
काठमाडौँ । चाडबाडको समयमा मात्रै बजार अनुगमन गरेको र अन्य समयमा भने चुपचाप बस्ने गरेको भनेर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागप्रति गुनासो हुने गरेको थियो। तर, विभागका पछिल्ला गतिविधि र बजार अनुगमनलाई आयोजकले...
त्रिविका विद्यार्थीले आईपीएलमा मागे ५० प्रतिशत सहुलियत
काठमाडौँ । मंसिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग एनपीएलका लागि विद्यार्थी संगठनहरूले ५० प्रतिशत सहुतिलयत मागेका छन् । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेलमा त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई...
काठमाडौँको प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी साधनलाई डाईभर्सन
काठमाण्डौँ । कार्याक्रमका कारण काठमाडौँको प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी साधनलाई यतिबेला डाईभर्सन गरिएको छ । उक्त स्थान हुँदै चल्ने सवारी ...
न्याय परिषदले गर्यो उच्च अदालतका ५० न्यायाधीशको सरुवा
काठमाण्डौँ । उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीशहरूको सरूवा भएको छ। बिहीबार बसेको न्याय परिषदको बैठकले न्यायाधीशहरूको सरूवा गर्ने निर्णय गरेको हो ।
प्रकाशन भएको सूची अनुसार उच्च अदालतका ५० जना र जिल्ला अदालतका १५७ जनाको सरूवा भएको हो। त...
आज गुरु पूर्णिमा र व्यास जयन्ती : गुरुप्रति सम्मान प्रकट गरी देशभर मनाइँदै
काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै गुरु पूर्णिमा पर्व मनाइँदैछ । तन्त्रशास्त्र र धर्मशास्त्रका अनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ,...
लुम्बिनी विकास कोष उपाध्यक्षमा नियुक्त आनीको किन विरोध भइरहेको छ ?
काठमाडौँ — करिब पाँच महिनादेखि रिक्त लुम्बिनी विकास कोष उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मालाई ३० असोजमा मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने निर्णय गरेलगत्तै विरोध सुरु भएको छ । आनीको विगत र व्यक्तिगत विवरणसमेतलाई प्रश्न उठाउँदै नियुक्ति रद्द...



