मङ्गलबार, १२ साउन २०८३
नेपाली

एलिना चौहान र जिके पोख्रेलको स्वरमा नृत्यप्रधान गीत ‘इन्दिरा’ सार्वजनिक

Main News Image

काठमाडौँ । जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक भएको छ । नृत्य प्रधान गीत  ‘इन्दिरा’ मा एलिना चौहान र जिके पोख्रेलको स्वर रहेको छ । म्युजिक नेपालमा रेकर्ड गरिएको गीतको रेकर्डिङ नकुल कार्की र अनिल अधिकारीले गरेका हुन् । प्रकाश खरेलले सङ्गीत संयोजन र मिक्सिङरमास्टरिङ गरेको गीत म्युजिक नेपालकै युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

कोरियोग्राफीमा जमेका नृत्यनिर्देशक राजाराम सिम्खडाले नृत्य निर्देशनमा देखाएको कलाले दर्शकलाई स्वस्फूर्त ‘नाचौँ नाचौँ’ बनाउँछ । म्युजिक भिडियोमा सर्वाधिक रुचाइएका कलाकारद्वय विमल अधिकारी र स्मारिका ढकालको अभिनय कला र नृत्य दुवैमा कौशल खुलेको देख्न सकिन्छ । अनुभवी छायाँकार राजेश घिमिरेले छायाङ्न गरेको म्युजिक भिडियोको सम्पादन र कलरिङ दीपक विष्टले गरेका हुन् । 

‘लगभग डेढ दशक कला क्षेत्रमा थकाई मारेर प्राध्यापन र पत्रकारितामा रमाउन र हराउन बाध्य थिएँ, प्राध्यापन कर्म छोडेपछि गीत लेखन र कम्पोजमा समय निस्कियो । तिनैमध्येको एक ‘जली’ र नृत्यप्रधान गीत हो,’ पोख्रेलले थपे, ‘गीतको पहिलो स्थायीको ‘टुक्का’ सुन्न थालेपछि दर्शक अन्तिमसम्मै सुन्न लालायित हुनुहुनेछ भन्ने मेरो विश्वास हो ।’ 

‘साङ्गीतिक बजारमा आइरहेका आम गीतभन्दा फरक स्वादको हुनु, ‘म्युजिक इन्डस्ट्रीका एक से एक हस्तीले गायन र अभिनय गर्न स्वीकार्नु र म्युजिक नेपाल जस्तो ‘अर्काइभ च्यानल’ ले अपलोड गर्नु नै ‘इन्दिरा’को शक्तिशाली पाटो हो ।’ पोख्रेलले भने, ‘दुईजना पात्र भट्टराई र ‘इन्दिरा ९चन्द्रमारस्मितारबबितारसरस्वती०’ बीचको भेटघाटपछि मिलनसम्मको कथालाई यस म्युजिक भिडियोमा समेटिएका छ ।’

गीता भुसाल र बाबुराम काफ्लेले उत्पादन गरेको भिडियोका निर्देशक नरेन्द्रराज भट्टराई हुन् ।  


mediabaaji add

सम्बन्धित खबर

कवि एवं गीतकार शिव पलाँसको नयाँ सांगीतिक गजल सार्वजनिक

काठमाण्डौँ । कवि एवम् गीतकार शिव पलाँसको नयाँ सांगीतिक गजल सार्वजनिक भएको छ । मृत्युबोध गरिएको यो गजलमा मान्छेहरुको दोहोरो चरित्र र हराउँदै गएको समवेदनाप्रति व्यंग्य पनि गरिएको छ ।

ध्रुपद गायनका विध्यार्थी केशव बादीको संगीत तथा स्वर रहेको...

मोडल आँचल नाथ आत्महत्या प्रकरणमा पाँच जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । टिकटकर तथा मोडल आँचल नाथको मृत्यु प्रकरणमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धानपछि पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ । जिल्ला अदाल...

गायिका नित्याशिवाले चुमिन् ओप्सना अवार्ड २०२५

मिडियाबाजी डटकम काठमाडौँ मंसिर ७।"ओप्सना फिल्म्स तथा म्युजिक अवार्ड २०२५" मा गायिका नित्याशिवा 'फिदा' चलचित्रको मुटुमै हान्यो मायाले गीतबाट अवार्ड चुम्न सफल भएकी छिन्।

उनले ओप्सना फ...

यस्तो छ तीन चलचित्रको व्यापार

काठमाडौँ । दसैँको अवसर पारेर यही असोज १३ गतेदेखि प्रदर्शनमा आएका तीन चलचित्रले राम्रो व्यापार गरेका छन् ।

चलचित्र विकास बोर्डको ‘बक्सअफिस सिनेमा’का अनुसार यही असोज २३ गते मध्यरातिसम्म चलचित्र बलिदानले रु चार करोड ४२ लाख व्यापार...

आशा भोसलेको निधन

काठमाण्डौँ । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा अस्...

आईजीपी कार्कीको शब्दमा ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्वजनिक (भिडिओ)

काठमाण्डौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्वजनिक भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच उक्त गीतको प्रथम प्रदर्शनी गरिएको हो ।

नेपाल प्रहरीले निर्वाह गरिरहे...